Pages

Friday 13 April 2012

कालेबुङका कृषकहरुले पहिलो बैशाखको उपहार पाए ‘पसिनाको छाला’


डी के वाइबा:कालेबुङ 13 अप्रेल। घाऊका रंगहरु, बिम्ब गोष्ठि अनि गीतको रीस जस्ता तीनवटा कविता संकलन प्रकाशित गरिसकेका युवा कवि मनोज बोगटीको चौथो कविता संकलन पसिनाको छाला आज यहाँको रामकृष्ण रंगमञ्चम बिधिवत लोकार्पण भयो। यस अवसरमा न त कुनै महान साहित्यकारहरु थिए न त कविहरुकै जमघट थियो। तर, थिए कार्यक्रममा कृषकहरु जसलाई कविले यसचोटिको कविता संकलन समर्पित गरेका छन। गाउँघरमा गाई बाँधेर हत्केलामा ठेला फुटाउँदै परिश्रम फलाउँनेहरु बिचै तिनको कविता संकलन बिमोचन भयो। कलेबुङ कृषक कल्याण संगठनको पाँचौ स्थापना दिवसको अवसरमा खचाखक कृषकहरुको भीड रहेको कार्यक्रममा मुख्य अथिति महकुमा अधीकारी एल एन शेर्पा अनि कृषक कल्याण संगठनका महासचिव बिष्णु छेत्रीले पुस्तको बिमोचन गरिसके पछि कार्यक्रमलाई सम्बोधन गर्दै कवि बोगटीले गाई बॉंध्नेहरू जसको निम्ति यी कविताहरू लेखिए उनीहरूलाई नै समर्पित छन्‌ कविता भने। तिनले कृषकहरूको प्रत्येक दुखेसोलाई कविताको मुटु बनाएका छन। खेतमा माटोको ढेलाहरु फुटाएर पसिना बगाउँनेहरुको ब्याथाले कविलाई छोएको छ जसको कारण नै पसिनाको छला सृजना हुन पुगेको तिनले थप बताए। देशको नीति निर्धारण गर्नेहरुको आँखि ओझेलमा परेका कृषकहरुको नाममा किन कविता सम्बोधन भएको छैन भन्दै ति नीतिहरुबाट छोडिएका कृषकहरुकै स्वर नै पसिनाको छला हुन भनि कवि बोगटेले भने जहाँ कृषकहरु एका एक अनुत्तरित बनेर सुनिरहे। कालेबुङ कृषक कल्याण सह्गठनले प्रकाशन गरिदिएका तिनको चौथो कृति सार्वजनिक गर्दै तिनीले नयॉं वर्षको उपहार कृषकहरूलाई पसिनाको छाला भने। सधैँ साहित्यकारहरूको जमघट गरेर आफ्ना कृतिहरूको विमोचन गर्दै आइरहेका चर्चित युवा कवि वोगटीले चौथो संग्रहको विमोचन कुनै प्रशिद्ध साहित्यकारबाट गरेनन्‌। प्रकाशक विष्णु छेत्रीले सही मानसिकताको स्थापनामा कालेबुङ कृषक कल्याण सङ्गठनले गरिरहेको लडाईँमा कविताहरू मनोज वोगटीका कविताहरू सिपाही रहेको बताइरहेका थिए। शक्तिशाली कविताले विचार निर्माणमा जुन भूमिका पालन गर्छ, यस्तो बलियो कार्य अरु केहीले गर्न नसक्ने भन्दै तिनले कृषक सरोकारको कुरालाई कवितामा उल्लेख गर्दै कृषकहरूलाई सम्बोधन गर्ने पहिलो कवि वोगटी नै रहेको बताए। केवल कृषकहरू मात्र निम्त्याइएको कार्यक्रममा कोही साहित्यकारहरूको उपस्थिति थिएन। छेत्रीले कवि बोगटीको कविता कृषकहरुको दबिएको स्वर रहेको बताउँदै पसिना बगाउँनेहरुको स्वर आज कवितामा बिस्फोट भएको दाबी गरे।

No comments: