
ग्रक्रयूमो नेता सुधन प्रधानको अगुवाईमा पार्टी कार्यकर्ताहरुले शहरको बिभिन्न मार्गहरुमा पोस्टरिंङ संगै मानिसहरुमा राजनैतिक सचेतना जगाउन पर्चा बितरण गरे। पोस्टरिंङ् अनि पर्चा बितरण कार्यक्रम सम्पन्न गरिरहेको समय अवधी कालेबुंङ्का संचारकर्मीहरुसंग कुराकानी गर्दै गणतान्त्रिक क्रांतिकारी युवामोर्चा नेता सुधन प्रधानले पहाडको अन्य राजनैतिक दलहरु बिभिन्न सहूलियतहरुमा भुली रहेको अनि अवसरबादी मानिसहरु दल फेर्ने होडमा लागि रहेको समयमा क्रामाकपा गोर्खाल्याण्डको निम्ति निरंतर रुपमा अघि बड़ीरहने बताउदै ,गोर्खाल्याण्ड राज्य गठन कठिन भए पनि सम्भव रहेको बताएका छन.
No comments:
Post a Comment