
आज कालेबुङ कोर्टमा प्रस्तुत गरिएको बन्दी सभासदहरु विनय तामाङ, कल्याण देवाङ अनि निमा तामाङ विरुद्ध मुद्दा नम्बर 136/13को धारा 143/447/436/427/120बी 34 आइपीसी अन्तर्गत मुद्दा दर्ता गरेको छ। तीनजनै मोर्चा सभासदहरुलाई कालेबुङ कोर्टमा प्रस्तुत गरिएपछि पुन जलपाइगढी संशोधनगृह पठाइएको छ। रिहाइको मांग गर्दै 10 दिनसम्म आमरण अनशनमा बसेका सभासद बिनय तामाङले पत्रकारहरूसित कुराकानी गर्दै चाँडै आफूहरूको रिहाइ प्रक्रिया अघि बढ्ने आशा व्यक्त गरे। मुख्यमन्त्री ममता व्यानर्जीले विधायक डा. हर्कबहादुर छेत्रीलाई दिएको आश्वा सनको आधारमा मोर्चाका बन्दी नेतृत्व अनि कार्यकर्ताहरु चाँडै जलमुक्त हुनसक्ने तिनको भनाइ छ।
मुख्यमन्त्रीको आश्वाढसनको आधारमा नै आफूले अनशन फिर्ता लिएको तिनले बताए। यद्यपि, यो न्याययिक मामिला रहेकोले आफूले यसलाई सम्मान जनाउने मत प्रकट गरेका छन्। यसै अवधि पत्रकारहरुसंगको कुराकानीमा विनय तामाङले मोर्चाको धरातल भत्किन नसक्ने प्रतिवद्धता जाहेर गरे। पाहाडमा मौकावादीहरू धेर रहे पनि मोर्चा मजबुद स्थितिमा रहेको उनले दावी गरेका छन्। अर्कोतिर, सभासद् निमा तामाङ्ले पाहाडमा शान्ति श्रृंखाला कायम राख्नु पर्ने अपिल गरेका छन्।
No comments:
Post a Comment