सरकारले ज़ीटीएलाई अवहेलना गरेको बजेट सत्रले प्रमाणीत गरेको छ। जीटीएलाई स्वीजरल्याण्ड बनाउँछु भन्ने मुख्यमन्त्री ममता ब्यानर्जीले बारम्बार पहाड हाँसेको दाबी गरे पनि बजेट सत्रमा जीटीएको नाउँ उल्लेख नहुनु बिडम्बना नै हो। किन बजेट भाषणमा जीटीएको कुनै उल्लेख भएन ?” माकपा नेता तारा सुन्दासले भने। तिनलए यसै सिलसिलामा मुख्य मंत्री ममता ब्यानर्जीलाई आमा अथवा दिदी भनेर सम्बोधन गर्नेहरुले बजेट सत्रमा जीटीएको कुनै नाउँ उल्लेख नहुँदा समेत मौन बस्नु थप हाँस्यस्पद रहेको बताए।
तिनले राज्य बिधानसभामा जीटीएलाई अलग्ग राखेर बजेट कसरी प्रस्तुत गरियो भन्ने प्रश्न गर्दै बङगाल सरकारल दार्जीलिङ पहाडलाई लिएर एकपक्षिय नीति अप्नाउँने कार्य गरेको आरोप लगाए। पहाडको बिकाश गरेर स्वीजरल्याण्ड बनाउँछु भनि घोषणा गर्ने ममता ब्यानर्जीको सरकारले बजेट सत्रमा जीटीएलाई अलग्ग राखेर बजेट प्रस्तुत गरेको घटना एकदमै निन्दनीय रहेको बताउँदौ यसबर्षको राज्यको बजेट अधिवेशन पहाडवासीको निम्ति घातक रहेको सुन्दासले दाबी गरे।
No comments:
Post a Comment