यस वर्षको उच्चरत माध्यमिक परिक्षा यहाँको एसयुएमाआई, कुमुदुनी बिद्याश्रम, कन्या उच्चतर माध्यमिक बिद्यालय, प्रणामी बालिका विद्या मन्दिर अनि सन्त फिलोमिना बिद्यालयमा सञ्चालन भईरहेको छ। आज पहिलो दिनको परिक्षा भाषा बिषयमा सम्पन्न भयो। परिक्षालाई मध्यनजर राखेर परिक्षा केन्द्रहरुमा सुरक्षा व्यवस्था कठोर रहेको थियो। कालेबुङ शहरमा सञ्चालन भईरहेको उच्चतर माध्यमिक परिक्षा सम्बन्धि उच्चतर माध्यमिक परिक्षा सञ्चालक केन्द्रका सचिव नभरत्न प्रधानले परिक्षा शान्तिपूर्ण सञ्चालन भईरहेको जानकारी गराएका छन। अहिले कालेबुङ शहरमा सीआरपीएफका जवानहरुले बिभिन्न स्थानहरुमा गस्ति लगाएको कारण विद्यार्थीहरुमा असुरक्षा महसुस भएको कारण अध्ययनमा समस्या भईरहेको बताउँदै सीआरपीएफले जताभावी छापामारी अभियान नचलाई दिने अपिल गरेका छन।
Wednesday, 13 March 2013
उच्चतर माध्यमिक परिक्षा शुरु
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment