
ठिक सोही अवस्थामा तृणमूल नेता छेवाङ भोटिया माथी प्राघातक हमला भएर राजनैतिक परिस्थित अस्थिर बनेको कारण आखिरमा केन्द्र सरकारले सीआरपीएफ पहाडमा ल्याउँने निर्णय गरेको छ। केही दिन अघि यहाँको एउटा होटल परिसरमा तृणमूल नेता छेवाङ भोटिया हमलाकाण्डले अशान्त बनेको कालेबुङ शहरमा कानुन व्यवस्थालाई कायम राख्न आखिरमा सरकारले सीआरपीएफ ल्याउँने निर्णय गरेको छ।

यस अघि दुई प्लाटुन आईआरबीका जवानहरु अनि एक प्लाटुन र्यारपिड एक्सन फोर्सका जवानहरु आईपुगेको कालेबुङ शहरमा थप दुई कम्पनी सीआरपीएफका जवानहरु पहाडमा पठाउँने केन्द्रको मिनिस्ट्रि अफ होम एफियर्सले निर्देश दिएको एसपी कूणाल अग्रवालले जनाएका छन। यता आज कालेबुङ शहरको प्रशासनिक व्यवस्था के कस्तो छ भन्ने जानकारी लिन आज पुलिसका डीआईजी दमयन्ति सेनले पनि कालेबुङ शहरको दौडाह गरिन।
डीआईजी सेनले कालेबुङ शहरमा तृणमूल नेता छेवाङ भोटिया हमलाकाण्ड पछि बिग्रन्दै गईरहेको कानुन व्यवस्थालाई बनाएर राख्न के कस्ता पदक्षेप ग्रहण गर्नुपर्ने भन्ने बिषयमा जिल्ला पुलिस अधिक्षक कूणाल अग्रवाल अनि कालेबुङ थानाका अस्थायी प्रभारी शेराप लेप्चासंग बैठक समेत गरिन। तिनले उक्त बैठकमा कानून व्यवस्था बनाएर राख्न पुलिस प्रशासन तयार बन्नु पर्ने अनि पुलिस बलहरु अझ कति तैनाथ गर्न पर्छ भन्ने बिषयमा पनि जानकारी लिए।
यता डीआईजी शेनले तृणमूल नेता छेवाङ भोटिया हमला काण्डका आरोपीहरु के कति पक्रा परे भन्ने बिषयमा पनि जानकारी लिएका छन भने प्राथमीकिमा नाउँ भएका आरोपीहरुलाई यथाशिघ्र पक्राऊ गर्ने निर्देश दिएको पनि थाह लागेको छ।
अर्कोतिर दार्जीलिङ पहाडको बर्तमान राजनैतिक परिस्थितिले निम्ताएको संकटको कारण राज्य सरकारको अनुमोदनमा नै सीआरपीएफका जवानहरु तैनाथ गरिने हो होईन भन्ने बिषयमा सोधिएको प्रश्नको जवाबमा भने एसपी अग्रवालले यहाँको तृणमूल स्तरको अवस्था के कस्तो छ भन्ने केन्द्रले जानकारी लिएर नै आखिरमा सीआरपीएफ तैनाथ गर्ने भएको हो भनि स्पष्टिकरण दिएका छन।
यसै सिलसिलामा केहिदिन अघि कालेबुङको ईष्टमेनरोडमा एकजना महिलाको हत्या भएको सन्दर्भमा प्रश्न गर्दा एसपी अग्रवालले यसबिषयमा पनि जाँच अभियान चलिरहेको जानकारी दिएका छ। उक्त हत्याको मा
No comments:
Post a Comment