
भोटिया हमलाकाण्डको आरोपमा आज पक्रा परेका आरोपी दिपेश दहाल बारे दार्जीलिङ जिल्ला पुलिस अधिक्षक कूणाल अग्रवालले पत्रकार सम्मेलन डाकेर आधिकारीक पुष्टि गरे। “छेवाङ भोटिया हमलाको आरोपमा आज कालेबुङ पुलिसले छापा मारेर प्राथमिकीमा नाउँ भएका दिपेश दहाललाई पक्राऊ गरेको छ” – पुलिस अधिक्षक अग्रवालले भने। आज पक्रा परेका उक्त आरोपीनै मुख्य अभियुक्त हुन भनि प्रकारहरुले सोधेको प्रश्नको जवाबमा पुलिस अधिक्षक अग्रवालले यसबारे न्यायलयमा पेश गरेर सोधपुछ गरेर नै थाल लाग्नेछ भने।
तिनले यसैसिलसिलामा अगावै पक्राऊ परेको बिजय छेत्री छेवाङ भोटिया हमलाकाण्ड्को मुख्य अभियुक्ति हो भन्ने दाबी गर्दै तिनले न्यायलयमा भोटिया हमलाकाण्डको आरोप न्यायलयमा स्वीकार गरेको दाबी गरे। दार्जीलिङ पुलिसका अधिक्षक कूणाल अग्रवालले हमलाकाण्डका आरोपीहरुलाई पक्राऊ गर्न पुलिसले हरसम्भव प्रयास गर्ने बताउँदै छापामारी अभियान जारी राख्ने अझ जानकारी दिएका छन। यता तृणमूल नेता छेवाङ भोटिया हमलाकाण्डका मुख्य आरोपीहरु पक्राऊ गर्न अहिले कालेबुङ शहरमा दैनिक र्याापिड एकसन फोर्स अनि आईआरबीका जवानहरुले गस्ति लगाईरहेका छन।

यसभन्दा अघि पुलिसले पाँचजना आरोपीहरु क्रमैले मनोज सिह, बिजय छेत्री, अनिल छेत्री, दिलीप पाशवान अनि बिकाश रुमटेललाई पक्राउ गरिसकेका छन। पुलिसले घटनाको रहस्य पत्तो लगाउँन पक्रा परेकाहरुलाई सोधपुछ जारी राखेको छ भने दुईजना आरोपीहरुलाई पुलिस हिरासतमा राखेर घटनाको वास्तविकता पत्तो लगाउँने प्रयास गरिरहेको छ।
तृणमूल नेता छेवाङ भोट्या हमलाको आरोपमा पुलिसले पाँच आरोपीहरु पक्राऊ गरिसकेको भए पनि भने प्राथमीकिमा नाउँ भएका मुख्य आरोपीहरुमा गोजयुमो अध्यक्ष बारुद थापा सचिव बिनय घिसिङ अनि प्रभात घिसिङ फरार रहेका छन। उक्त फरार आरोपीहरुलाई पक्राऊ गर्न पुलिसले बिभिन्न स्थानहरुमा छापामारी अभियन तिब्र बनाएको छ। यता हमलाकाण्डका मुख्य आरोपीहरु कालेबुङ शहर छोडेर अन्य स्थानहरुमा भाग्न सक्ने सम्भावनालाई मध्यनजर राखेर पुलिसले बिभिन्न थानाहरुलाई पनि तैनाथ राखेको छ।
No comments:
Post a Comment