कालेबुण्ग़ 5 अक्टोबर। पश्चिम बङगाल अग्निसमन बिभाग, गृहबिभाग अनि हिलएफियर्स बिभागको स्ट्याण्डिङ कमिटिका तीनजना सदस्यहरु कालेबुङ आईपुगेका छन। उक्त प्रतिनिधि टोलीमा कमिटिका अध्यक्ष शितल कुमार सरदार लगायत सदस्यहरु क्रमैले अनिल अधिकार अनि जयदिप हवलदार रहेका छन। कालेबुङ आईपुगेका उक्त प्रतिनिधी टोलीले आज यहाँको 9 माईल स्थित अग्नि समन बिभाग कार्यलयको भ्रमण गरेर जानकारी लिए। उनीहरुले उक्त बिभागको दौडाह गर्दै बिभागमा रहेका समस्याहरुको पनि जानकारी लिएका छन। यस अवसरमा कमिटिका अध्यक्ष शिलत कुमार सरदारले पत्रकारहरुसंग कुराकानी गर्दै यहाँको अग्नि समन बिभागमा रहेका समस्याहरु बुझ्न आएको जानकारी गराए। तिनले यस अवसरमा पत्रकारहरुलाई उत्तर बङगालमा फायर सर्भिसेस कार्यलयको स्थापना आवश्यक रहेको जनाउँदै यस सम्बन्धमा बिभागीय मन्त्रिसंग कुराकानी गर्ने जनाएका छन।
तिनले उत्तर बङ्गालमा फायर सर्भिसेसको कार्यलय नभएको कारण अनेकौ समस्या भोग्न परिरहेको थप बताउँदै समस्या समाधानको निम्ति आफुहरुले पहल गरिउरहेको अझ जनाएका छन। यसै सिलसिलामा तिनले पहाडको बिभिन्न क्षेत्रहरुमा थप तेह्रवटा अग्निसमन बिभाग कार्यलय निर्माण गर्नको निम्ति राज्यसरकरालाई प्रस्ताव पठाईसकेको अझ जनाए। यसै अवधी कमिटिका अध्यक्ष सरदारले हाऊजिङ योजना अनुरुप पहाडमा कति कार्य भएको छ भन्ने बिषयमा जानकारी लिन पनि आएको जनाउँदै पहाडमा मोठ 18 सय घरहरु आर्थीक बिपन्न परिवारहरुको निम्ति निर्माण कार्य भईरहेको जनाए। तिनले उक्त निर्माणाधीन घरहरु बारेमा पनि जानकारी बटुल्न बिभिन्न स्थानहरुमा गएर निरिक्षण गर्ने बताउँदै आर्थीक बिपन्न परिवारका मानिसहरुलाई उक्त घर निर्माणले धेरै लाभ पुग्ने अझ बताए। कालेबुङ आईपुगेका उक्त प्रतिनिधी टोलीका सदस्यहरुले यहाँको अग्निसमन बिभागका अधिकारी सुकराज सुब्बासंग कुराकानी गर्दै बिभिन्न समस्याहरुको जानकारी लिए । यता बिभागका अधिकारी सुब्बाले उक्त प्रतिनिधी टोलीसंग कुराकानी गर्दै बिभागमा हाल मोठ 20 वटा रिक्त पदहरु धेरै दिनदेखि रहेको कारण कार्यमा तुप्रै समस्या सृजना भईरहेको जनाए। उक्त बिषयमा पनि प्रतिनिधी टोलीले समस्या समाधानको निम्ति यथोचित पहल गर्ने आश्वासन दिएका छन।
No comments:
Post a Comment