Pages

Wednesday, 10 October 2012

कालेबुङ, १० अक्टोबर। जीटीए फर्मेशनपछि अब कुरा आउँदैछ पञ्चायत चुनाउको| तर चुनाउ कहिले हुने भन्ने निश्चिकत छैन| विधायक डा. हर्कबहादुर छेत्रीले जनवरी महिनामा हुनसक्ने सम्भावना व्यक्त गरेपनि मार्च महिनातिर मात्र चुनाउ हुनसक्ने सुत्रले बताएको छ| जीटीए चुनाउमा त्रिस्तरीय पञ्चायत चुनाउ हुने कुरा उल्लेख छ| तर पहाडमा त्रिस्तरीय पञ्चायत चुनाउ सम्भव नरहेको धेरै राजनितिज्ञ अनि विज्ञहरू बताउँछन्| आज एक छोटो भेटमा त्रिस्तरीय पञच्यात चुनाउमा पहाडमा लागु गर्नुमा कुनै कानुनी अड्चन नरहेको वरिष्ठ अधिवक्ता अनमोल प्रसादले बताए| ‘पहाडमा त्रिस्तरीय पञ्चायत चुनाउ गराउनुमा कुनै कानुनी अड्चन छैन| तर यसमा राजनैतिक अड्चन छ छैन म जान्दिनँ| किनभने म राजनीतिज्ञ होइन’-अधिवक्ता अनमोल प्रसादले भने|

 उनले यसैअवधी कुनै पनि व्यवस्था सही ढङ्गमा चलाए पहाडको स्र्व्ङिक विकास परिपूर्ण हुने विचार पोखे| उनको भनाइको आशय अनुसार, कुनै पनि क्षेत्रको विकासको हुनुमा ठूलो-सानो व्यवस्था अस्तित्वमा आउनुमा मात्र निर्भर हुँदैन| तर त्यसालाई कसरी चलाइन्छ भन्ने कुरा महत्वपूर्ण हुन्छ| यसैले उनले जीटीए उल्लेख नगरीकन पनि जीटीए सही ढङ्गमा चलाए पहाडको विकास सम्भव रहेको आशय पोखे| उनलेआजको अवस्थालाई डाइनामिक पिरिडयको नाम दिए| अहिलेसम्म संविधान संशोधन नभएकोले जीटीए व्यवस्था अनि चुनाउ दुवामथि वक्तव्य दिन नमिल्ने बताए| अर्कोतिर कालेबुङ आइपुगेका वरिष्ठ अधिवक्ता अनि राजनीतिज्ञ अमर लामाले पहाडमा त्रिस्तरीय पञ्चायत चुनाउ असम्भव रहेको बताए| गोजमुमो छोडेपछि मिडियासित धेर बोल्न नमान्ने लामाले छोँटोमा पहाडमा त्रिस्तरीय पञ्चायत चुनाउ असम्भव रहेको बताएपनि यसबारे कुनै कुरा खुलाउन चाहेनन्|

 उनीहरूअनुसार, त्रिस्तरीय पञ्चायत चुनाउ पहाडमा लागु हुन्छ-हुँदैन अझ स्पष्ट छैन| विज्ञहरूअनुसार, अहिलेको अवस्थामा पहाडमा त्रिस्तरीय पञ्चायत चुनाउ सम्भव छैन| किनभने त्रिस्तरीय पञ्चायत चुनाउ एउटा राज्यमा मात्र सम्भव हुन्छ| त्यसो हुने भने एक सिलगडीको महकुमा परिषद भङ्ग हुनुपर्छ| अनि दोर्सो, कि दार्जीलिङको तीनवटा महकुमालाई जिल्ला घोषित गरिनुपर्छ| यस्तोमा पहाडको स्वार्थको निम्ति सिलगडी महकुमा परिषद गर्नु विज्ञहरू असम्भव देख्छन्| अर्कोतिर, यदि दार्जीलिङको तीन महकुमालाई मात्र जिल्ला घोषित गरेर पञ्चायत ुचुनाउ हुन्छ भने यो अर्को दोस्रो ऐतिहासित भूल हुनेछ भनेर पूर्व सभाधिपति पीआर प्रधानले भनेका छन्| यसै कारण जीटीएमा त्रिस्तरीय पञ्चायत चुनाउ उल्लेख हुँदाहुँदै पनि गोजमुमो राज्य सरकारलाई जब्बरजस्ती गर्न सक्तैन| जुन कुरा विधायक डा, हर्कबहादुर छेत्रीले पनि स्वीकार्दै पहाडमा हुने पञ्चायत चनाउ कुन स्तरीय हुन्छ भन्ने कुरा स्पष्ट खुलाएका छैनन्|

No comments: