कालेबुङ, १० अक्टोबर। 11 नोभेम्बर 2000 सालको दिन जलढका थाना अन्तर्गत तीन कटहरे जङगलमा पुलिस अनि अज्ञात आन्दोलनकारीहरु माझ भएको झडपको मुद्दा 12 वर्ष पछि पहाडॅको राजनीतिमा चर्चित बन्दै गईरहेको छ। जीएलओ प्रमुख छत्र सुब्बा जेलबाट छुटेपछि पुन: चर्चामा आएको उक्त मुद्दाको आज यहाँको सेसन कोर्टमा सुनवाई रहेको थियो। यस अवधी मुद्दासंग जडित सबै उपस्थित रहे पनि एकजना भने हाजिर नहुँदा अदालतले अर्को मिति तय गरेको छ।
उक्त मुद्दाको सुनवाई यहाको एसीजीएम कोर्टबाट धेरै लामो समय पछि बल्ल तल्ल सेसन कोर्टमा पुगेको थियो भने आज पहिलो पल्ट सेसन कोर्टमा उक्त मुद्दाको सुनवाई रहेको थियो। यस अवधी एकजना आरोपी अपस्थित नहुँदा सुनवाई टरेको छ। यहाँको अदालतमा आज तीनकटहरे काण्डको चर्चित आरोपिहरु छत्र सुब्बा, अमर लामा, नोर्देन लामा आदिको उपस्थिति रहेको थियो। एकजना आरोपि उपस्थित नभए पछि न्यायलयले आउँदो सुनवाई 19 अक्टोबरको दिन तय गरेको छ।
स्मरण रहोस जलढका थाना अन्तर्गत पर्ने तीन कटहरे 28 नम्बर समष्टीमा पर्ने घनघोर जङ्गलबीचको एक ग्रामीण क्षेत्र हो।
यहॉं 2000 मा छत्र सुब्बाले जीएलओको क्याम्प राखेको आरोप छ भने उक्त क्षेत्रमा तिनले जंगीहरुलाई सशस्त्र तालिम दिईरहेको गम्भिर आरोप लागेको छ। उक्त जंगलमा जंगीहरुले तालिम गरिरहेको सुईको पाएर पुलिसले धावा त्यस क्षेत्रमा धावा बोल्दा घटना स्थलमा एकजना जंगी अनि एकजना होमगार्डको मृत्यु भएको थियो। घटनाको आरोप सोझै छत्र सुब्बा माथि लागे पनि यसबारे अझ सम्म पुष्टि हुन सकेको छैन। सोही सिलसिलामा यस मुद्दा बिषयमा घटनाका मुख्य आरोपी छत्र सुब्बा, वर्तमान गोजमुमो नेता नोर्देन लामा, अधिवक्ता अमर लामा, एनटी मोक्तान आदि लगातार रुपले न्यायलय धाउन परिरहेका छन भने मुद्दाको छिनाफाना भने कहिले हुने भन्ने कुनै स्पष्ट रहेको छैन।
No comments:
Post a Comment