डी के वाइबा: कालेबुङ, 2 जून: जीटीए समष्टि बिभाजनको क्रममा गोजमुमो पार्टी भित्रै रहेको विवाद विस्फोट बनेपछि अन्तत: केन्द्रिय नेताहरुको हस्तक्षेपमा उक्त विवाद साम्य बनेको छ। मोर्चाले पार्टी भित्रको विवाद साम्य बनाउँन सके पनि समष्टि बिभाजनको कुरालाई लिएर क्रामाकपाले प्रिक्रिया गर्दै उक्त कार्यमा पार्टीको राजनैतिक स्वर्थ लुकेको दाबी गरेको छ। जीटीएको समष्टि बिभाजन कार्यमा प्रशासन सित मिलेर राजनैति स्वर्थ पूर्तिको निम्ति गोजमुमो पर्टीले जनआकाक्षा बिरुद्ध काम गरेको क्रामाकपाले आरोप लगाएको छ। क्रामाकपा महासचिव तारामाणि राईले आज पत्रकारहरु सित कुराकानी गर्दै समष्टि बिभाजनको बिरोधमा बिभिन्न स्थानहरुबाट गोजमुमो कार्यकर्ताहरुले बिरोध गरेको कार्यले नै पार्टीले जन भावना बिरुद्ध काम गरेको पुष्टि भएको दाबी गर्दै यस कार्यमा प्रशासन सित नेताहरुको मिलीभगत रहेको दाबी गरे।

हाई पावर कमिटिको रिपोर्ट सार्बजनिक हुन अघि नै जीटीएको चुनाव ४५ वटा समष्टिम हुने कुराले तराई तराई-डुवर्सलाई यसपल्ट पनि ठूलो धोका हुनगएको बताएको छ करामाकपा महासचिव तारामाणि राईले दाबी गरे। यसै सिलसिलामा यदि मोर्चाले दावी गरेको तराई-डुवर्सका मौजाहरू जीटीएमा गोजमुमोकै भनाइअनुसार अन्तर्भुक्त भए जीटीए कानून विरूद्ध 45 वटा समष्टि बढेर ६० -७० हुनु सम्भव छ ? भनि तिनले प्रशन तेर्साए। तिनले मोर्चाले दाबी गरेको कुराहरु असम्भव रहेको बाताउँदै जीटीएमा दागोपापको भन्दा धेर मौजाहरु भए पनि छैटौं अनुसुचिमा रहेको मौजाहरु भन्दा जीटीएमा दुईवटा मौजाहरु कम्ति रहेको तिनले यसै अवधी पत्रकारहरुलाई जानकारी गराएका छन्।तिनले हाइपावर कमिटी केही समयसम्म तराई-डुवर्सका मानिसहरूलाई थमथमाउन मात्र गठन गरेको दाबी गर्दै यदि गोजमुको इमान्दार हुँदो हो त तराई-डुवर्सको छिनाफाना नभइ चुनाउ गर्ने थिएन अनि तराई-डुवर्सको अन्तर्भुक्ति र जीटीए चुनाउ समान्तर रूपमा हुन्छ भन्ने दोधारे कुरामा हस्ताक्षर गर्नेथिएन भनि राईले थप दाबी गरेका छन्।
No comments:
Post a Comment