मणि ट्रस्टले च्यारिटेबल डायोलिसिस्
सेन्टर निर्माण गर्ने
कालेबुङ,

उनले 12 फरवरीभित्र केन्द्र स्थापनाको कागजी प्रक्रिया
पूर्ण हुने बताउँदै यस केन्द्र च्यारिटीको रूपमा सञ्चालन हुने बताए। यसबाहेक भविष्यमा
कालेबुङमा नै च्यारिटेबल अस्पताल, डायोगोनिस्टिक सेन्टर, मेडिकल कलेज आदि स्थापना
गर्ने ट्रस्टको सोच रहेको उनले सिंहले बताए। उनले अझ भेन अनुसार बैठकाम अझ धेरावटा
योजनाहरूमाथि चर्चा भएको छ। ट्रस्टले पहिलेदेखि नै कालेबुङमा असहायहरूलाई दैनिक
रूपमा भोजन वितरण गर्ने गरेको छ भने दैनिक रूपमा शहरका विभिन्न सार्वजनिक
ठाउँहरूमा जम्मै दैनिक पत्रिकाहरू उपलब्ध गराउने गरेको छ।
ट्रस्टले यस अभियानलाई
निरन्तरता दिँदै अब फरवरी महिनाको दोस्रो सातादेखि दार्जीलिङको चौरस्तामा पनि
दैनिक पत्रिकाहरू उपलब्ध गराउने अनि त्यहाँका असहायहरूलाई पनि भोजन वितरण गर्ने
भएको सिंहले बताए। उनले अझ भने अनुसार प्रधानमन्त्री रोजगार उत्पादन कार्यक्रम
अन्तर्गत स्वरोजगार युवा-युवतीका निम्ति ब्याङ्कबाट ऋण दिने व्यवस्था छ। यस
सम्बन्धी ट्रस्टले युवाहरूलाई सतचेतना प्रदान गर्दै आइरहेको छ। तर केही
व्याङ्कहरूले यस योजना सम्बन्धि मानिसहरूलाई ऋण प्रदान नगरेको आरोप लगाउँदै
ट्रस्टले यस दिशामा पनि काम गर्ने निर्णय लिएको सिंहले बताए।
No comments:
Post a Comment