आगलागीमा घर नष्ट
कालेबुङ,

अभाग्यवश
त्यसबेला रेगुलेटरबाट निस्किरहेको ग्यासलाई आगोले पर्किएपछि भान्सा कोठाबाट शुरू
भएको आगजनीको केही बेरमा सम्पूर्ण घरलाई नै खरानी बनाइदिएको छ। घटनास्थलमा दमकलका बहानहरू
पुग्दा घर जलेर पूर्ण रूपमा नष्ट भइसेको थियो। परिवारपक्षका पीडित देवेनका ज्वाइँ पासाङ
छिरिङ लेप्चाले बताए अनुसार सिलिण्डर पड्किने डरले घरबाट कुनैपनि सामान निकाल्न
सकिएन। आगोले घरलाई चपेटमा लिन थालेपछि स्थानीयहरूले आगो निभाउने प्रयास गरेपनि
उक्त प्रयास असफल नै रह्यो। आफूले लगाएका लुगाहरूबाहेक घरबाट उनीहरूले केही सामान
निकाल्न सकेनन्। आफ्नो घर नै नरहेपछि पीडित सदस्यहरूले सम्बन्धित निकाय एवं
सङ्घ-संस्थाहरूप्रति सहयोगको अपील गरेका छन्।
घडी बनाउने, फोटे खिच्ने, सब्जी
बिक्री गर्ने जस्ता कामहरू गरेर परिवार चलाउने देवेनको घर नै नरहेपछि हाल उनीहरूले
सम्बन्धित निकायहरूप्रति सहयोगको आशा साँचेका छन्। समाचर लेखुञ्जेलसम्म पीडित
परिवारलाई भेट्न सम्बन्धित विभागहरूका कुनैपनि अधिकारी घटनास्थलमा पुगेका थिएनन्। यद्यपि
युवा मोर्चाका साङ्गठनिक सचिव प्रभात घिसिङले पीडित परिवारलाई राहत राशीस्वरूप 10
हजार रुपियाँ प्रदान गरेका छन्।
No comments:
Post a Comment