जोग चामलिङको अध्यक्षतामा सम्पन्न लिची ग्राउण्डमा सम्पन्न भएको सभालाई स्थानीय नेतृत्वहरूले सम्बोधन गरेका थिए। तर, उक्त सभामा पार्टी प्रमुख गुरुङले भने कार्यकर्ताहरुलाई सम्बोधन गरेनन्। गुरुङले केवल समष्टीवासीको गुनासो अनि समस्याहरु मात्र सुने भने उक्त सभालाई मोर्चा नेता सामुएल गुरुङले सम्बोधन गरेका थिए। सभालाई सम्बोधन गर्दै सामुएल गुरुङले भने, ममता ब्यानर्जी सपनामा बाँच्दैछिन्। निद्राबाट ब्युँझेपछि मात्र उनलाई पाहाडको यथार्थ थाहा हुन्छ। स्थानीय तृणमूल नेतृत्वहरूले अहिले ढोँडको आगो मात्र तापिरहेको अनि यस आगोले धेर समयसम्म ताप दिन नसक्ने उनले बताए।
उनले भनेअनुसार मोर्चालाई षडयन्त्रमा पारेर राज्यसभाले जिटिए चलाउनमा बाधा दियो। यदि राज्य सरकारको षड्यन्त्रलाई समयमा नै नबुझेर मोर्चा जिटिएमा नफर्किएको भए तृणमूल नेतृत्वहरूले जिटिए सञ्चालन गर्ने योजना बुनिसकेका थिए। यो स्थितिमा मोर्चा ब्याकफुटमा जाँदै जिटिए ग्रहण गर्नु समय सान्दर्भिक अनि राजनैतिक सकरात्मक निर्णय रहेको बताए। मोर्चाले जिटिएमा फर्किएर कुनै भुल नगरेको दावी गर्दै अलग राज्य गोर्खाल्यान्डको मागलाई मोर्चाले विराम नलगाएको कुरा दोहोर्यालए। जिटिए समझौतामा अलग राज्य गोर्खाल्यान्डको मागलाई मोर्चाले यथावत राखेको छ जो ममता ब्यानर्जीको निम्ति सधैँ ठुलो बाधा भएर बस्ने उनले जनाए।
कार्यक्रमलाई नारी मोर्चा नेत्री बन्दना योञ्जन, काजिमछिरिङ भोटिया, तोपदेन भोटिया, कुमार चामलिङ आदिले सम्बोधन गरेका थिए भने कार्यक्रममा तारा लोहार लेप्चा, सभासद् कल्पना तामाङ, दावा लेप्चा आदि प्रमुख रूपले उपस्थित थिए।
No comments:
Post a Comment