रातीको समय सबै छरछिमेकहरुले गुहार लगाएर कादो भोटियाको ज्यान बँचाउन सके पनि तिनको मूलघर अनि भान्साघर दुवै जलेर खरानी भएको छ। मस्त निन्द्रामा सुतिरहेको समयमा सल्किएको आगोले उग्र रुप लिए पछि तिनी घरभित्र नै आगोको चपेटमा परिसकेका थिए भने छिमेकीहरुले आखिरमा तिनलाई खिडकीबाट निकालेर ज्यान बँचाए। दैनिक मजदूरी गरेर जीवन धान्ने कादो भुटिया यस घटनापछि आश्रयहीन बनेका छन। घटनाको समयमा तिन किचनबाट केही सामाग्रीहरु उद्धार गर्न सकिएको भए पनि मूलघरभित्र भएका बसै सम्पत्ति जलेर नष्ट भएको छ।
उक्त आगलागीको घटना थाह पाए पछि आज क्षेत्रका सभासद कल्पना तामाङले आज बिहान पीडित कादो भुटियालाई भेटेर उपचारको निम्ति पाँच हजार रु प्रदान गरेकी छन भने तिनको राहत र पुनर्वासको निम्ति जीटीएबाट हुने सहयोग दिलाउन पहल गर्ने आश्वासन दिएकी छन। यता घटनापछि पुलिस अनि पञ्चायतकर्मीहरुले पनि घटनास्थलको निरीक्षण गरेर जानकारी लिए।
No comments:
Post a Comment