कालेबुङ 22 मार्च। छुट्टै राज्य गठनको माग गर्दै गोजमुमोले आज शहरमा जोडदार नाराबाजी लगाउँदै जुलुस निकाल्यो। पार्टीको पूर्वघोषित कार्यक्रम अनुसार निकालिएको उक्त जुलुसमा पार्टीका बिभिन्न भातृ संगठनहरुको सहभागिता रहेको थियो। गोजमुमो अध्यक्ष बिमल गुरुङले 17 फरवरीको दिन यहाँको मेला ग्राउण्डबाट गोर्खाल्याण्ड आन्दोलनको घोषणा गर्दै 14 अनि 15 मार्च लगायत 21 अनि 22 मार्च सम्पूर्ण गोर्खाल्याण्ड क्षेत्र बन्द हुने घोषणा गरेका थिए। उक्त घोषणा पछि मोर्चा अध्यक्ष बिमल गुरुङ अनि तिनका टोलीले भारतका राष्ट्रपति लगायत गृहमन्त्रीलाई भेट गरेपछि उक्त बन्दको कार्यक्रमलाई फेरबदल गर्दै मौन जुलुस गर्ने घोषणा भएको थियो।
जुलुसले शहर परिक्रमा गरेपछि यहाँको यहाँको डम्बर चौकमा आईपुगेर पथसभामा परिणत भयो। राज्य सरकारले जीटीएको कार्यक्षमता माथी हस्तक्षेप गरेको आरोप लगाउँदै मोर्चा नेताहरुले पहाडमा गोर्खाल्याण्ड मात्र समस्याको समाधान रहेको दाबी गरे। गोर्खाल्याण्डको माग गर्दै निकालिएको उक्त जुलुसमा जीटीए उपाध्यक्ष लोबसाङ लामा, सभासद सामुएल गुरुङ, गोपाल रुचाल, सुनिल प्रधान लगायत मोर्चाका अन्य नेताहरुको सहभागिता रहेको थियो। यस अवसरमा मोर्चा कार्यकर्ताहरुले यहाँको डम्बर चौकमा पनि गोर्खाल्याण्ड गठनको मागमा जोडदार नाराबाजी गरे।
यसको साथै पहाडमा सीआरपी राखेर आतङ फैलाउँन पाउँदैन, सीआरपी गो ब्याक भन्दै मोर्चा समर्थकहरुले नाराबाजी गरे। गोर्खाल्याण्डको माग गर्दै निकालीएको उक्त जुलुस पथसभामा परिणत भएपछि गोजमुमो सांगठनिक सचिव बिजय सुन्दासले सम्बोधन गर्दै पहाडमा सीआरपी राखेर राज्य सरकारले आताङक फैलाउँने प्रयास गरिरहेको आरोप लगाए। तिनले गोर्खाहरुको एकमात्र माग गोर्खाल्याण्ड यथाशिघ्र गठन गरेर समस्याको समाधान गर्नु पर्ने माग गर्दै ममता ब्यानर्जीले गोर्खाहरुलाई न्याय नदिएको आरोप लगाए।
No comments:
Post a Comment