कालेबुङ 14 मार्च। कालेबुङको मेला ग्राउण्डबाट गोजमुमो अध्यक्ष बिमल गुरुङले छुट्टै राज्य गोर्खाल्याण्ड गठनको निम्ति गत 17 फरवरीको दिन निर्णायक आन्दोलनको घोषणा गर्दै बिभिन्न कार्यक्रमको घोषणा गरे पनि अहिले उक्त कार्यक्रमहरुमा फेरबदल गरिएको छ। मोर्चा अध्यक्ष बिमल गुरुङको नेतृत्वमा दिल्ली हिडेका प्रतिनिधि टोलीले राष्ट्रपतिलाई भेट गरेपछि आन्दोलनको रुपरेखामा मोर्चाले फेरबदल ल्याएको छ।
यसै क्रममा गोजमुमो पार्टीले निर्णायक आन्दोलनको घोषणा गर्दै आज अनि भोलिको दिन आगावै दुईदिन सम्पूर्ण पहाड बन्दको घोषणा गरेको भए पनि उक्त घोषणा स्थगित राकेर आज मोर्चाले पहाड बन्द गर्नुको साटो मौन जुलुसमा नै चित्त बुझाएको छ। राष्ट्रति अनि गृहमंत्रीले मोर्चालाई आन्दोलन नगर्ने अपिल गरेको कारण राष्ट्रपतिकै अनुरोधमा मोर्चाले निर्णाल्यक भनिएको तेस्रो चरणको आन्दोलनलाई परिवर्तित गर्दै मौन जुलुस गरेर अहिलेघरी चित्त बुझाईरहेको छ।
यसै सिलसिलामा मोर्चाको आज बन्दको कार्यक्रम नभए पनि मौन जुलुस भने शहरमा सम्पन्न भएको थियो। छुट्टै राज्य गोर्खाल्याण्डको माग गर्दै गोजमुमो पार्टीले आज शहरमा मौन जुलुस निकालेको थियो। यहाँको पार्टी कार्यलयबाट शुरु भएको उक्त मौन जुलुसले डम्बर चौक हुँदै दशमाईल फाटक पुगेर शहर परिक्रमा गरेको थियो। यस अवधी उक्त मौन जुलुसमा मोर्चाको बिभिन्न भातृ संगठनहरुले सहभागिता जनाएको थियो।
गोर्खाल्याण्ड राज्य गठनको माग संवैधानिक माग रहेको कारण सरकारले छुट्टै राज्य गोर्खाल्याण्ड गठन गरेर भारतभरी छरिएर बसेका गोर्खाहरुको राष्ट्रिय राजनैतिक सुरक्षा प्रदान गर्नुपर्ने पथसभालाई सम्बोधन गर्दै मोर्चा नेतृत्वहरुले माग गरे। गोजमुमो कालेबुङ महकुमा समितिका सचिव कुमार चाम्लिङले पथसभालाई सम्बोधन गर्दै छुट्टै राज्य गोर्खाल्याण्ड गठन यथाशिघ्र गर्नुपर्ने माग गरे। तिनले अहिले राज्य सारकारले बिभिन्न षडयन्त्र रचेर गोर्खाल्याण्डको आन्दोलनलाई दबाउँन खोजिरहेको पनि आरोप लगाएका छन।
No comments:
Post a Comment