शहरमा अहिलेघरी बाईक सवारीहरुले बिभिन्न कम्पनीका बाईकहरुलाई आधुनिकीकरण गरेर ध्वनी प्रदुषण फैलाउँदै शहरमा जथाभावी गुड्ने गरिरएका छन। जसको कारण उच्च ध्वनीको कारण मानिसहरुले ध्वनी प्रदुषणको शिकार भईरहेका छन। यसको साथै शहरको नजीक अस्पताल क्षेत्रमा उच्च ध्वानी भएका बाईकहरुको कारण बिरामीहरुले ध्वनी प्रदुषणको समस्या धेर जसो भोक्न परिरहेको छ। उक्त कुराहरुलाई मध्यनजर राखेर बाईकहरुलाई आधुनिकीकरण गरी उच्च ध्वानी निकाल्ने बाईकहरु बिरुद्ध आखिरमा ट्राफिक पुलिसले कानुनी कार्वाही शरु गरेको छ।
यसको साथै बाईक कुदाउँदा हेलमेट लगाउँनै पर्ने ट्राफिक नियम भएको भए पनि उक्त नियमलाई कुनै पर्वाह नगरी तथा लाईसेंस समेत नबोकि बाईक हाँक्नेहरु बिरुद्ध पनि ट्राफिक पुलिसले आजदेखि कडा कानुनी कार्वाही शुरु गरेको छ। ट्राफिक पुलिसले आज चलाएको अभियानमा मोठ 45 वटा बाईकहरु बिभिन्न कारणहरुमा पक्रा परेको थियो भने सबैलाई ट्राफिक पुलिसले कानुनी कार्वाही गर्दै मुद्दा दर्ता गरेको छ। अर्कोतिर शहरमा बड्दो ट्राफिक जामको समस्यालाई समाधान गर्न मालवाहक ट्रकहरुलाई बिहान 7 बजेदेखि 9 बजेसम्म अनि बेलुकी 2 बजेदेखि 4 बजेसम्म शहरमा पस्न नपाउँने ट्राफिक ओसी प्रविण गुरुङले बताएका छन।
No comments:
Post a Comment