कालेबुङ, 22 जनवरी। दार्जीलिङ पहाडका खोला नाला, देवरालीहरुको नाउँ लेप्चाहरुले राखेका हुन अनि प्रत्येक नाउँको पछि धार्मिक आस्था रहेको बताउँदै आज यहाँको रेली खोला पलाटारमा लेप्चा समुदायका मानिसहरुले रेली पाला खोला उत्सव पाल गर्यो । ईण्डिजेनियस लेप्चा ट्राईबल एसुसिएसनको आयोजनमा बिभिन्न स्थानहरुका मोठ 11 वटा लेप्चा संगठनहरुलाई लिएर आयोजना गरैएको कार्यक्रमा लेप्चा समुदायका मानिसहरुको उत्साहजनक सहभागिता रहेको थियो।
यस अवसरमा लेप्चा युथ एसोसिएसनका प्रमुख सल्लाहकार युसुफ सिमिकले कार्यक्रमलाई सम्बोधन गर्दै लेप्चा जातिको गरिबीपन तथा पछुटेपनलाई मध्यनजर राखेर लेप्चा बिकाश परिषद गठन गर्नुपर्ने माग आफुहरुले गर्दै आईरहेको भए पनि यस समबन्धमा सरकारले केवल आश्वासन मात्र दिएको बताउँदै लेप्चा बिकाश परिषद यथाशिघ्र गठन गर्नुपर्ने माग गरे। लेप्चा बिकाश परिषदबारे आफुहरुले कुनै समुदायसंग झगडा नगरेको अनि यसमा अफुहरुको कुनै धर्म अथवा जातिसंग द्वेष नभएको श्पष्तिकरण दिदै लेप्चा बिकाश परिषद गठन भए पछुटे लेप्चा जातिको उन्नती हुने सिमिकले बताए।
यो पठनपाठन शुरु गर्ने काम प्रशासन अनि सरकारले हो। यसमा विलम्ब गर्नुहुँदैन’- तिनले भने। लेप्चा जातिको बिकासको निम्ति केही महिना अघि जीटीएले लेप्चा बिकाश बोर्ड गठन गर्ने प्रस्ताव पारित गरेको सन्दर्भमा लेप्चा युथ एसोसिएसनले उक्त प्रस्तावलाई सकारात्मक बताए। “जीटीए सभाले पनि लेप्चा डेभ्लोम्पमेन्ट काउन्सिल हुनुपर्छ भनेर प्रस्ताव ग्रहण गरेको छ।
यता कार्यक्रमलाई सम्बोधन गर्दै लेप्चा युथ एसोसिएसनका अध्यक्ष दोर्जी टी लेप्चाले पनि जीटीएले ग्रहन गरेको प्रस्तावलाई सकारात्मक रहेको बताउँदै आगमी दिनहरुमा लेप्चा जातिको भाषा संस्कृतिको बिकाशको निम्ति जीटीए सभाले लेप्चा भाषालाई मान्यता दिलाउँन पहल गर्ने आशा व्यक्त गरे।तिनले लेप्चा जति पहाडको जिउँदो ईतिहास रहेको बताउँदै लेप्चा भाषाको मृत्यु भए दार्जीलिङ पहाडको कतिपय ऐतिहासिक तथ्यहरु मेटिने जनाए।
यस अवसरमा लेप्चाहरुको सांस्कृतिक कार्यक्रमहरु पनि सम्पन्न भयो भने जन जागृतिमूलक सडक नाटक पनि कार्यक्रममा प्रदर्शित गरे। कार्यक्रममा इण्डिजिनियस लेप्चा ट्राइबल एसोसिएसनका अध्यक्ष एलएस ताम्साङ, लेप्चा राइस्ट मुम्भमेन्टका प्रतिनिधि डीटी नाम्चु, पद्मश्री सोनाम छिरिङ लेप्चा आदिको बिशेष उपस्थिति रहेको थियो। लेप्चा युथ एसोसिएसनका अध्यक्ष डीटी लेप्चा, प्रमुख सल्लाहाकार युसुफ सिमिक आदि प्रमुख रुपले उपस्थित थियो।
No comments:
Post a Comment