
बिषय बिशेषज्ञहरुले कार्यक्रममा ठूलो अँलैची खेति गर्दा के कस्ता कार्यहरुमा ध्यान दिन आवश्यक छ भन्ने बृस्तित जानकारी गराए। कार्यक्रमकओ पूर्वार्द्धमा प्रशिक्षणार्थीहरुलाई खेति बिषयमा सैधान्तिक ज्ञान दिईयो भने उत्तरार्द्धमा व्यवहारिक ज्ञान दिईयो। यस अवसरमा स्पाइसेस बोर्डका सहनिर्देशक आर. रामालिङ्गमले जैविक किटनाशक बनाउने प्रविधि अनि ठूलो अलैंचीको बजार व्यवस्थापनबारे जानकारी गराए।
उक्त प्रशिक्षण शिविरमा अलैंचीको खेती कसरी गर्ने, जैविक कीटनाशकहरू के के प्रयोग गर्नु पर्ने अनि रोगको निवारणहरू के के हुन्-यी विषयहरूमा प्रशिक्षण दिइयो भने प्रशिक्षणार्थीहरुले सैद्धान्तिक अनि व्यवहारिक दुवै ज्ञान लिए। सोहि अवसरमा स्पाइसेस बोर्डले दिने विभिन्न सहुलियतहरूबारे बोर्डका फार्म म्यानेजर आर.जे. मण्डलद्वारा विस्तृत जानकारी दिईयो।
मट्टितेलको गुणस्तरमाथी माकपाको प्रश्न: बिभागले डाक्यो बैठक
कालेबुङ, 8 जनवरी। प्राथमिक सहुलियत र सुबिधा जनताले पाउँनुपर्छ भन्ने माग उठाउँदै आईरहेका माकपा नेता तरा सुन्दासले मट्टितेलको गुणस्तर खराब रहेको अनि जनताले सरकारी नियम अनुसार सही मात्रमा नपाएको आरोप लगाएपछि आज यहाँको खाद्य भवनमा एउटा बैठक सम्पन्न भयो।
महकुमा खाद्य नियन्त्रक ध्रुव बराईलिले डाकेको बैठकमा कालेबुङका मट्टितेल डिलर, होलसेलर लगायत स्वय आरोप लगाउँने माकपा नेता सुन्दासको पनि उपस्थिति रहेको थियो। उक्त बैठकमा बिभिन्न स्थानहरुमा बितरण गरिने मट्टितेलको गुण्स्तर बिषयमा माकपा नेता सुन्दासले प्रश्न उठाउँदै यस सन्दर्भमा बिभागाले यथाशिघ्र पदक्षेप ग्रहण गर्नुपर्ने माग गरे।
तिनले सरकारी आदेश अनुरुप एक व्यक्तिले महिनामा 9 सय मिली लिटिर मट्टितेल पाउँनुपर्ने आदेश पत्र देखाउँदै कालेबुङ क्षेत्रमा भने 7 सय मिलीलिटर भन्दा धेर डिलरहरुले नदिएको पनि आरोप लगाए। यस सम्बन्धमा बिभागका खाद्य नियन्त्रक अधिकारी ध्रुव बराईलिले बिभागले नै पर्याप्तरुपमा मट्टितेल पाउँन नसक्दा कम्ति बितरण गरेर सबैलाई पुराउँने कार्य गरेको स्पष्टिकरण दिए।
यसरी नै माकपा नेता तारा सुन्दासले मट्टितेलमा कतिठाउँ पानी वितरण भइरहेको आरोप लगाए। सोहि सिलसिलामा तिनले अझ आरोप लगाएअनुसार, बजारदेखि अलग्गै ठाउँमा तेल राख्ने व्यवस्था मिलाइनुपर्ने माग गर्दा विभागले गङ्गाविसन सोमानिलाई जमिन उपलब्ध गराएको छ। पछिबाट गङ्गाविसनको होलसेलरको लाइसिन्स रद्द भयो।
तिनले कतिपय बितरकहरुले स-साना ढ्वाङहरूमा तेल लिँदा त्यही नै पानी परेको हुनसक्छ भन्दै यससम्बन्धमा निगारानी राखिने प्रतिश्रुति दिए। अर्कोतिर जमिन सम्बन्धि लागेको आरोपमा तिनले उक्त भूमि अनि भूमि सुधार विभागसित सम्बन्धित विषय रहेकोले यसबारे खाद्य सर्वराह विभागलाई भन्नु केही छैन भने।
No comments:
Post a Comment