
यस अवसरमा सिन्कोनाको ईतिहासंग जडीत सन 1871 देखि सन 1974 सम्म हस्तलिखित अङ्ग्रेह बाबुहरु हस्तलिखित दस्तावेज पनि प्रदर्शनीमा राखिएको छ। दार्जीलिङ पहाडमा चिया पछि दोस्रो सर्वबृहत उद्योग सिन्कोना बिषयमा उक्त प्रदर्शनी हेरे पछि ईगल्याण्डबाट आएका फेडरिक हेनरीले कुराकानी गर्दै दार्जीलिङ पहाडमा सिन्कोना खेतीको ईतिहास यति लामो छ भन्ने आजसम्म आफुलाई ज्ञात नभेको जनाए।
तिनले मङपूमा अङ्ग्रेजहरुले सन 1865 मा निर्माण गरेको सिन्कोना कारखाना अहिले जिर्ण अवस्थामा रहेको थाह पाउँदा दुखी बनेको बताउँदै उक्त युगौ पुरानो कारखानालाई विश्वधरोहरको मान्यता दिलाउँने सरकारी पहल हुनपर्ने सुझाव दिए। तिनले दार्जीलिङ पहाडमा सिन्कोना निर्देशालय अधिनस्थ भईरहेको औषधीय पौधाहरुले आफुलाई आकर्षक पारेको बताउँदै यहाँ हुने औषधीय पौधाहरुको खेतीले औषधीय पौधाहरुबारे रिसर्च गर्नेहरुलाई धेरै लाभ पुग्ने बताए।
नानीहरुको प्रदर्शनी कार्यक्रममा धेरै नानीहरुले सहभागिता जनाएका थिए भने कुकुरहरुको प्रदर्शनी पनि रोचक भएको थियो। यसै अवसरमा शहरमा नारीहरु माझ स्कुटी र्याजली सम्पन्न भएको थियो।अर्को तिर होम्स ग्राउण्डबाट हेलिकप्टर मार्फत मानिसहरूले कालेबुंङ् शहरको दृश्य हेरेर मनोरन्जन लिए भने साझा पख मेला टारमा गोर्खा जनमुक्ति बिधार्थी मोर्चा केन्द्रिय समितीको आयोजनामा पारम्परिक ढंगामा फेशन शो सम्पन्न भयो।
उक्त फेशन शो प्रतियोगितामा बिभिन्न क्षेत्रका बिधार्थीहरूले भाग लिएका थिए। प्रतियोगिताको निर्णायकको रुपमा जीटीए चिफ़ बिमल गुरुंङ्का छोरा अभिनाश गुरूंङ्,कालेबुंङ् लोक संस्कृति संस्थानका सयोजक राजेन गुरुङ् लगायत अन्य दुई जाना निर्णयक रहेका थिए।
No comments:
Post a Comment