डी के वाइबा, कालेबुङ 21 जनवरी । केन्द्रमा तेलेँगना राज्य गठन बिषयमा जोडतोडले चर्चा सुरु भएपछि दार्जीलिङ पहाडमा छुट्टै राज्य गोर्खाल्याण्डको आन्दोलनले राजनैतिक पारा तताउँन सुरु गरेको छ। गोर्खा जनमुक्ति मोर्चाले छुट्टै राज्य तेलेँगना गठन गरे पहाडमा बिस्फोट हुने चेतावनी दिईसकेको छ भने सरकारलाई दबाव दिदै जुलुस निकाल्न समेत थालेको छ।
यता तेलेँगनाको चर्चा शुरु हुन साथ क्रामाकपाले भने गोर्खाल्याण्ड गठनको माग गर्दै बिभिन्न स्थानहरुमा पोष्टरिङ सुरु गरेको छ। गोर्खाल्याण्डको माग गर्दै गोजमुमो पार्टीले भन्दा अघिबाटै पोष्टरिङ गर्न शुरु गरेको क्रामाकपाली आज पुन: शहरको बिभिन्न स्थानहरुमा पोष्टरिङ गर्यो्।
यस अवधी आज क्रामाकपा कालेबुङ आञ्चलिक समितिले यहाँको न्यायलय परिसर, नगरपालिका कार्यलय परिसर लगायत अलगडा, पेदोङमा पोष्टरिङ गरेको छ। राष्ट्रप्रति समर्पित गोर्खा जातिलाई भेदभाव र हेलचेक्र्याई किन भन्ने प्रश्न गर्दै गोर्खाल्याण्डलाई किनारा लगाउनु गोर्खाहरु माथी घोर अन्याय गर्नु हो भनि क्रामाकपाले पोष्टरमा उल्लेख गरेको छ।
यसको सातहि “केवल पैसा, सहुलियत र मनोरञ्जनमा मात्र गोर्खाल्याण्डलाई साटन दिदैनौ” भनि क्रामाकपाले पोष्टरमा पार्टीको अडान स्पष्ट पारेको छ भने ‘टालटुले जम्मै व्यवस्था त्यागौ, गोर्खाल्याण्डको माग तिब्र पारौँ’ भनि थप पोष्टरमा क्रामाकपाले आह्वान गरेको छ।

“अहिले गोर्खाल्याण्ड भन्दा पछि उठेको माग तेलेङगनाबारे सरकारले निर्णय लिने पक्षमा रहेको छ। यता छुट्टै राज्य गोर्खाल्याण्ड माग्नेहरु भने एकार्कमा हिलो छेप्ने कार्य गरिरहेका छौ। यो समय एकार्कमा हिलो छेपाई गर्ने होईन। हिजको मनमुटाऊहरु बिर्सेर हामी एक भएर गोर्खाल्याण्ड राज्य गठनको निम्ति अघि बड्नुपर्छ” – मोहन पौड्यालले भने।
सन 2002 मा तीनवटा राज्यहरु गठन हुँदा गोर्खाल्याण्ड माग्नेहरुको आपसी मेल मिलापको कमी रहेको बताउँदै यस वर्ष पुन: त्यस्तो भूल गर्न नहुने अनि गोर्खाल्याण्ड प्राप्तिको निम्ति सबै एकबद्ध हुनपर्ने आह्वान गरे। यस साथै प्रवक्ता पौडयालले ‘तेलेँगना राज्य गठन भए गोर्खाल्याण्ड गठन हुनपर्छ’ भन्ने गोजमुमो पार्टीको भनाई प्रति असहमति प्रकट गर्दै ‘तेलेँगना गठन नभए पनि गोर्खाल्याण्ड गठन हुनै पर्छ” भने।
सबै राजनैतिक पार्टीहरुले गोर्खाल्याण्डको कुरा गरिरहेको छ अनि यसको निम्ति सबै राजनैतिक पार्टीहरु एक भने हुन सकेको छैन। सबैले सामुहिक आन्दोलनको कुरा मात्र गर्छ तर क्रामाकपाले सामुहिकताको कुरा टेबलमा सिमित राखेर नहुने ठानेको छ। यहाँ सामुहिक आन्दोलन टेबलमा होईन सडकमा हुनपर्छ” – किशोर प्रधानले भने।
तेलेंनाले तातिएको गोर्खाल्याण्ड आन्दोलन बारे गोजमुमो पार्टीको राजनैतिक कसरत शुरु
यता मोर्चाले पनि तेलेंगगना गठन गरेर गोर्खाल्याण्ड गठन नगरे पहाडमा डलेलो सल्कने चेतावनी सरकारलाई दिईसकेको छ। तेलेंगनाको मुद्दाले तातिएको दार्जीलिङ पहाडको सत्तासिन दल गोजमुमोले अहिले जनताको विश्वास कायम राख्न राजनैतिक कसरत सुरु गरिसकेछ भने क्रामाकपा अनि गोटाफोले भने गोर्खाल्याण्ड बाहेक अन्य कुनै पनि बिषयमा सम्झौता नगर्ने अडान राखेर अभियान चलाईरहेको छ।
अन्य राजनैतिक दलहरुले चालिरहेको अभियानलाई चुनौति दिदै अनि जनताको साथ मोर्चाले आफ्नो पक्षमा कायम राख्न अहिले आफ्नो राजनैतिक कसरत तिब्र पार्दै राजनैतिक कार्यक्रम अघि बडाउँन थालेको छ। यसै सिलसिलामा अज गोजमुमो कालेबुङ महकुमा समितिको अगुवाईमा सम्पूर्ण शाखाहरुलाई लिएर यहाँको पार्टी कार्यलयमा पार्टीको अन्तरिक सभा सम्पन्न भयो।
उक्त आन्तरिक सभामा बिभिन्न समष्टि कमिटिका प्रतिनिधीवर्ग लगायत सभासदहरुको पनि उपस्थिति रहेको थियो। यस सम्बन्धमा जान्न चाहँदा गोजमुमो कालेबुङ महकुमा समिति सचिव कुमार चामलिङले गोर्खाल्याण्डको आन्दोलनलाई अघि बडाउँने दिशामा पार्टीको आन्तरिक सभा सम्पन्न भएको जानकारी गराउँदै भावि कार्यक्रमहरुबारे चर्चा गरिएको जनाए। केन्द्रमा तेलेंगना गठन बिषयलाई लिएर सरकार गम्भिर बनिरहेको अवस्थामा गोजमुमो पार्टी चुप नबस्ने बताउँदै तेलेंगना संगै गोर्खाल्याण्ड गठन गर्नुपर्ने माग गरे।
अर्कोतिर गोजमुमो पार्टीको भातृ संगठन युवा मोर्चाले पनि गोर्खाल्याण्डको मागलाई अघि बडाउँदै सरकारलाई दबाव दिन भोलिदेखि राँके जुलुस निकाल्ने भएको छ। “गोर्खाल्याण्डॅको आन्दोलनलाई गोजमुमो पार्टीले कहिल्यै छोडेको छैन अनि छोड्ने पनि छैन। आन्दोलनको बाटोमा युवा मोर्चा अघिबाटै हिडीरहेको छ। यसकारण अब सरकारलाई दबाव दिन हामी कर्यक्रम गर्दै जानेछौ” – गोजयुमो कालेबुङ महकुमा समितिका प्रवक्ता बिनय घिसिङले भने। तिनले राँके जुलुस केवल सांकेतिक मात्र रहेको बताउँदै अब युवा मोर्चाले आन्दोलनलाई अघि बडाउँन बिभिन्न स्थानहरुमा जनसभाहरु पनि गर्ने जानकारी गराए।
No comments:
Post a Comment