कालेबुङ 2जनवरी “गोर्खाल्याण्डको बिकल्प सिक्किम दार्जीलिङ एकिकरण हो, सिक्किम दार्जीलिङ एकिकरण बिरोधी आमा बिरोधी हो” – उक्त कुरा गोर्खा राष्ट्रिय कङ्ग्रेसले टाँसेको पोष्ट्ररमा लेखिएको छ। यस्ता थुप्रै स्लोगानहरु लेखिएको पोष्टरिङ आज गोर्खा राष्ट्रिय कङ्ग्रेसले यहाँक़ो बिभिन्न स्थानमा गरेको छ। दार्जीलिङ डुवर्स सिक्किममा गाभिए भारतको शक्तिशाली राज्य बनिनेछ भन्ने दाबी गर्दै गोरांकले पोष्टरमा उल्लेख गरेको छ।

तिनले दार्जीलिङ सिक्किम ऐतिहासिक तथ्यहरुको आधारमा पनि एकिकरण सम्भव रहेको कारण यस मुद्दामा जनताले साथ दिए सम्भव हुने दाबी गरे। छुट्टै राज्य गोर्खाल्याण्डको मुद्दालाई बारम्बार प्रत्येक राजनैतिक पार्टीले उठाउँदै आईरहेको भए पनि उक्त मुद्दा पार हुन नसकेको सन्दर्भमा पनि लक्समले गोर्खाल्याण्डको बिकल्प एकमात्र सिक्किम दार्जीलिण्ग़ बिलय हो भनि दाबी गरे। आफुहरुले उठाएको मुद्दा सही भएको बताउँदै यस मुद्दालाई यदि सम्पूर्ण जनताले सहयोग गरे सिक्किम दार्जीलिङ एकिकरणमा बिलम्ब समेत नहुने तिनले जनाए। दार्जीलिङकहिल्यै पनि पश्चिम बङगालको नभएको दाबी गर्दै यसमा पश्चिम बङ्गालले हस्तक्षेप गर्न समेत नसक्ने अमर लक्समले बताए।
No comments:
Post a Comment