
युवा मोर्चा नेताहरुले पहाडमा यस्तो बयान दिएर आतङक सृष्टि गर्ने कार्य गरिरहेको आरोप लगाउँदै यसरी खुलेआम धम्कि दिने कार्यले अन्य राजनैतिक पार्टीका नेताहरु सुरक्षित नबनेको भोटियाले दाबी गरे। यस सम्बन्धमा कुनै घटना भए त्यसको जिम्मेवारी पनि युवा मोर्चाकै दुईनेताहरु हुने भोटियाले बताएका छन।
यस सम्बन्धमा भोटियाले पहाडमा गोर्खा जनमुक्ति मोर्चाले मात्र राजनीति गर्न पाउँछ भन्ने प्रश्न उठाउँदै अन्य राजनैतिक पार्टीहरुले आफ्नो पार्टीको राजनैतिक कार्यक्रम गर्दा कसरी अशान्ति सृजना हुन्छ भनि प्रश्न तेर्साए। भोटियाले युवा मोर्चाका नेताहरूले कुनै पनि राजनैतिक दलका कार्यक्रताहरूले कुनै पनि राजनैतिक कार्यक्रम गर्योय कि मार्छु भन्ने किसिमको धम्की दिइरहेको आरोप लगाउँदै उक्त धम्किको कारण पहाडमा शान्ति श्रृङ्खला भङग हुने आरोप लगाए।
No comments:
Post a Comment