उक्त वाहन टिस्टा तर्फ आईरहेको समयमा अघि भएको वाहनलाई उछिनेर अघि निस्कने होडमा बिपरित दिशाबाट आईरहेको वाहन देखेर आफ्नो वाहनलाई नियन्त्रण गर्न असमर्थ बनेपछि वाहन सिधै टिस्टा नदीमा झरेको प्रत्यक्षदर्शीहरुले जनाए। दुर्घटना भएको जानकारी पाउँन साथ टिस्टा रेस्क्यु ग्रुपका बिकास थापा, भानु गुरुङ, समिर तामङ, बिजय प्रधान आदिले राफ्टिङको सहयोगमा वाहनमा सवार बिकास राईलाई गम्भिर अवस्थामा उद्धार गरेर महकुमा अस्पतालमा उपचारको निम्ति भर्ना गरेको छ। तिनको टाउकोमा गम्भिर चोट लागेको कारण अवस्था खुबै चिन्ताजनक रहेको छ भने वाहनको चालक रामु राईको कुनै पत्तो लाग्न सकेको छैन।
Thursday, 1 November 2012
टिस्टा नदीमा वाहन झर्दा एकजना निखोज एकजना गम्भिर घाईते
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment