यस अवसरमा जीटीएका मुख्य सचिव सौमित्र मोहन, कालेबुङका बिधायक डा हर्कबहादुर छेत्री, जीटीए अध्यक्ष प्रदिप प्रधान, पर्यटन बिभागका भारप्राप्त सभाद दावा लेप्चा, कालेबुङ नगरपालिका अध्यक्ष एल बी परियार, पर्यटन बिभागका मुख्य सचिव सोनाम भोटिया लगायत कालेबुङका सभासदहरुको बिशेष उपस्थिति रहेको थियो। जीटीएको पर्यटन बिभाग मार्फत उक्त रिसोर्ट लगभग 7 करोड रुपियाको लागतमा निर्माण हुने भएको छ भने पहिलो चरणमा बिभागबाट पाँच करोड रुपिया अनुमोदन भएको छ।
यता टुरिस्ट रिसोर्टको आधारशिला राखे पछि जीटीए कार्यकारी प्रमुख बिमल गुरुङले कार्यक्रमलाई सम्बोधन गर्दै “यो निर्माण हुने टुरिस्ट रिसोर्ट सम्पूर्ण कालेबुङवासीको निम्ति हो” भने। तिनले यसै अवधी छुट्टै राज्यको आन्दोलन पछि राजनैतिक लडाईले प्राप्त गरेको जीटीए मार्फत साधरण जनतालाई बिकासको सहुलियत प्रदान गर्न कालेबुङ आएको बताउँदै जनताको निम्ति आएको पैसा दुरुप्रयोग हुँनुहुँदैन भने। तिनले उक्त टुरिस्ट रिसोर्ट मात्र निर्माण गरेर क्षेत्रको बिकास नहुने बताउँदै क्षेत्रको बिकासको निम्ति अनि टुरिष्टहरुलाई आकर्षित गर्न बाटोको प्राथमिक सुबिधा व्यवस्थित हुनपर्ने बताए।
उक्त टुरिष्ट रिसोर्टको आधारशिला राख्न तिनी यहाँको रेली रोड हुँदै मिशनटारसम्म पुग्दा बाटोको जिर्ण अवस्था देखेको बताउँदै उक्त जिर्ण बाटो यहाँको बिभागले आगमी दुई महिना भित्रमा पहिलो नम्बरको बाटो बनाउँनु भनि निर्देश दिए। “यहाँ टुरिष्ट रिसोर्ट बनिनु मात्र होईन बाटो राम्रो छ भने मात्र टुरिष्टहरु आउँछन। त्यसर्थ यहाँसम्म आउँने बाटो बिभागले यथाशिघ्र निर्माण गर्नु। बिकासको कारमा व्यक्तिगत गोजी भर्ने काम हुनुहुँदैन। कन्ट्रयाक्टरहरुले यदि राम्रो कार्य नगरे ब्ल्याक लिस्ट गर्नेछौ। पैसाको निम्ति चिन्ता गर्नु पर्दैन। काम राम्रो हुनपर्छ पैसा अनुमोदन गरिदिनेछौ” बिमल गुरुङले भने।
तिनले सम्बोधनको क्रममा राज्यसरकार प्रति कटाक्ष गर्दै दार्जीलिङ पहाडलाई स्वीजरल्याण्ड बनाउँछु भन्ने सरकारले जीटीए सञ्चालनको निम्ति फण्डको कुनै कमी राख्न नहुने चेतावनी दिए। “दुईसय करोडले स्वीजरल्याण्ड बनिन सक्दैन। यहाँ स्वीजरल्याण्ड बनाउँछु भन्नेले भाषणमा मात्र बोलेर हुँदैन। स्वीजरल्याण्ड बनाउँनको निम्ति करोडौ रुपीया लाग्न सक्छ यसको निम्ति सरकारले पैसाको कुनै कमी राखन पाउँदैन” – जीटीए कार्यकारी प्रमुख बिमल गुरुङले सरकारलाई चुनौति दिदै भने। तिनले ग्रामिण ईलाकाका कृषकवर्गको बिकासको निम्ति आगमी 5 जनवरी देखि 18 जनवरी सम्म कृषि मेला रेलीको मिशनटारमा गर्ने घोषणा गरेका छन।
यसअवसरमा तिनी बिपक्षी पार्टीहरु प्रति बर्सिन्दै कुनै राजनैतिक पार्टीको नाम नलिई टिप्पणी गर्ने दलहरुलाई अब काम गरेर जवाब दिने बताउँदै गोर्खाहरु एकार्कमा दोषारोपण गरेको कारण नै छुट्टै राज्य गोर्खाल्याण्ड पाउँन नसकेको हो भने। तिनले आगमी दिसम्बर महिनाको अन्तसम्ममा राज्यसरकारले जीटीएलाई बिभागहरु हस्तान्तरण गर्छु भनि आश्वासन दिएकोप बताउँदै यथाशिघ्र बिभागहरु हस्तान्तरण गर्ने कार्य गर्नु भनि माग दोहोर्याभए। यस अवधी तिनले सुवास घिसिङको प्रसंग झिक्दै पहिले रेलीको मिशनटारमा आफु सुवास घिसिङसंग आएको अनि उक्त समय घिसिङले रेलीको मिशनटारमा पर्यटन बिकास नहुने बताउँदै उक्त क्षेत्र घोडा कुद्ने ठाउँ हो भनेर टिप्पणी गरेको बताए।
आज सुवास घिसिङको बयानलाई चुनौति दिदै आफुले उक्त क्षेत्रमा पर्यटनको बिकास गर्ने जमर्को गरेको पनि जनाएका छन। यसै सिलसिलामा तिनले डेलोबाट रेलीसम्म रोप्वे निर्माणको निम्ति पनि आवश्यक पहल भईसकेको जानकारी गराउँदै उक्त कार्य यथाशिघ्र शुरुहुने घोषणा गरेका छन। तिनले भारत स्वाधिन भएको आज 65 वर्ष पुग्दा पनि पहाडको बिकास नभएको दाबी गर्दै 65 वर्षमा बिकास नभएको जीटीएको माध्यमबाट आगमी दुईवर्ष भित्रमा बिकास गरेर देखाउँने पनि घोषणा गरे।
No comments:
Post a Comment