कालेबुङ, 9 अक्टोबर। गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनका सदस्यहरुको मासिक वेतन निर्धारित गरेर राज्य सरकारलाई पठाएको धेर समय बित्न नपाई बिपक्षी राजनैतिक दलले मोर्चा माथी राजनैतिक हमला शुरु गरेको छ। गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन प्रमुख देखि लिएर सम्पूर्ण सभासदहरुको जीटीएमा वेतन निर्धारीत गरेर राज्य सरकारलाई पठाएकोमा अखिल भारतीय गोर्खालिग पार्टीका महासचिव प्रताप खातीले तिखो प्रतिक्रिया गर्दै गोजमुमो पार्टीले छुट्टै राज्य गोर्खाल्याण्डको नाममा जनतालाई ढाँटेर वास्तवमा राज्य होईन नोकरी चाहिएको थिएछ भन्ने वेतन निर्धारण गर्ने कार्यले स्पष्ट पारेको जनाए। तिनले वेतन निर्धारण गरेर जनताको निम्ति कार्य नगरेको अभियोग लगाउँदै अहिले गोजमुमो पार्टी नेताहरुको चरित्र एक पछि अर्को गर्दै जनता अघि देखा परिरहेको बताएका छन। तिनले यहाँ जनतालाई छुट्टै राज्यको सपना देखाएर आफुहरु भने सरकारी नोकरीको ताकमा बसेको कुरा अझ वेतन निर्धारणको कार्यले स्पष्ट बनेको बताउँदै बङगालका क्याबिनेट मन्त्रीहरुको मासिक वेतन केवल आठ हजार रुपीया रहेको अवस्थामा जीटीए सभासदहरुको वेतन भने आधालाख निर्धारण गर्नु हाँस्यस्पद रहेको तिनले बताउँदै मोर्चा नेताहरुको खिल्ली उडाए। यसै सिलसिलामा तिनले गोजमुमो पार्टीका नेताहरुले पैसाको प्रलोभनमा फँसेरनै छुट्टै राज्यको मुद्दालाई त्यागेर जीटीए स्वीकार गरेको पनि आरोप लगाएका छन। तिनले गोजमुमोले आन्दोलनकालमा गठन गरेको जीएलपी भोकभोकै बनिसकेको आरोप लगाउँदै मोर्चाले उनीहरूको निम्ति कार्य नगरेर मोर्चा नेतृत्वहरू आफूहरू कसरी धेर पैसा कमाउन सक्छन् भन्ने विचार बोकेको जीटीएको सत्तामा बसेको समेत आरोप लगाएका छन।
No comments:
Post a Comment