
सोहि समय आरोपी दुईले बिद्युत बिभागको वाहन रोकेर एकाएक कर्मचारीवर्गमाथी हातपाई सुरु गरे। बिद्युत बिभागका आपतकालीन सेवामा खटिएका कर्मचारीवर्गलाई तिमीहरुले कुटपिट गर्नुको साथै हातियार देखाएर वाह्नको चाबी समेत खोसेको आरोप पिडीतहरुले लगाएका छन। तिनीहरुले वाहनको चाबी खोसेर आरोपी सदेश गिरीले एकाएक वाहन हाँक्न थाले पछि ईष्टमेन रोड स्थित चौवन डाँडा नजिक मुन्न छेत्रीको घरमा वाह्न सिधै ठोकिन पुगेर वाहन संगै घर क्षतिग्रस्त बनेको छ।
उक्त घटनामा परेर घर संगै वाहन क्षतिग्रस्त बन्नुको साथै आपतकालीन सेवाका कर्मचारीवर्ग क्रमैले बुद्ध तामङ, भवनी शर्मा अनि किरण तामङ कुटपिट गरेको कारण घाईते बनेका छन। पिडीतहरुको शरिरको बिभिन्न भागहरुमा चोड लागेको छ। तिनीहरुलाई उपचारको निम्ति यहाँको महकुमा अस्पतालमा भर्ना गरिएको छ भने अहिले अवस्था सामान्य रहेको जानकारी प्राप्त भएको छ। बिद्युत बनाउँन हिडेका आपतकालीन सेवाका कर्मचारीवर्गलाई कुटपिट गरेको जानाकारी स्थानीय कार्यलमा प्राप्त भए प्छि पुलिस बिभागमा तत्काल सम्पर्क गरेर घटना स्थलमा पुलिसले दौडाह गरेर पिडीतहरुलाई उद्धार गरेर महकुमा अस्पतालमा आईएको थियो भने घटना स्थलबाट आरोपी आशिष राई पुलिसको पञ्जामा परेर पनि सुईकुच्चा टोकेको गाउँलेहरुले बताएका छन।

तिनले उक्त समय वाहनमा सवरा सबै मातेका थिए भन्ने आरिप लगाउँदै त्यस समय चालकको स्थानमा भने बिद्युत बिभागका कुनै व्यक्ति नभएर आरोपी सदेश गिरी नै रहेको जनाईन। यस समबन्धमा तिनले तत्काल समाजका मानिसहरुलाई बोलाएर घटनाबारी जानकारी दिएको बताउँदै समाजका व्यक्तिहरु पनि घटनाको प्रत्यक्षदर्शीहरु रहेको बताईन। तिनले आरोपी दुईले वाहनको चाबी खोसेर वाहन जब्बरजस्ति कुदाईरहेको भन्ने कुरा बिभागीय कर्मीहरुबाट नै थाह पाएको बताउँदै उक्त आरोपीहरु गाउँमा राम्रा व्यक्तिहरु होईनन समेत भनि जनाए।
सोहि सिलसिलामा घटनास्थलमा उपस्थित मानिसहरुले पनि आरोपीहरुको व्यवहार पहिल्यैबाट गाउँमा ठिक नरहेको जनाउँदै तिनीहरु बिरुद्ध पुलिसमा अघिदेखिनै धेरैवटा मुद्दाहरु चलिरहेको पनि बताएका छन। यता पिडीत महिला मुन्न छेत्रीले जुनसुकै कारणले आफ्नो घर क्षतिग्रस्त बनेपनि घर पुन: निर्माण गरिदिनुपर्ने माग गरिन। यता यस सम्बन्धमा थाना आईसी प्रसाद प्रधान संग सम्पर्क गर्दा तिनले घटनाको कुनै प्राथमिकी दर्ता नभएको बताउँदै पुलिसले कसैलाई प्क्राऊ समेत नगरेको जानकारी दिएका छन। यता घटना स्थलमा उपस्थित गाउँलेहरुले भने पुलिसको बयानलाई खारेज गर्दै आफ्नै आखाँ अघिबाट सिनेमाको नाटकिय सिन जस्तै आशिष सुब्बा पुलिस वाहनबाट भगेको बताउँदै सदेश गिरी भने पक्राऊ परेको बताएका छन।
यता घटनाको जानकारी प्राप्त्र भए पछि वाहनका मालिक नारयण थापा घटना स्थलमा पुगेका थिए भने तिनले पिडीत परिवार, समाजका मानिसहरु अनि प्रशासनको अघि पिडीत परिवारको घर निर्माण गरिदिने लिखित बयान दिएका छन। यता यस सम्बन्धमा बिद्युत बिभागका अधिकारीसंग समपर्क गर्दा भने कुनै सम्पर्क हुन सकेन। उक्त घटनाको कारण बिद्युत बिभागको रात्री आपतकालीन सेवा माथी पनि प्रश्न चिन्ह खडा भनेको छ। किन भने जनतालाई सुबिधा उपलब्ध गराउँन हिडेका कर्मचारीहरु माथीनै यसरी हतियार देखाएर कुटपिट गर्छ भने कसले सुरक्षा प्रदान गर्ने हुने भनि क्रमचारीवर्गले प्रश्न उठाएका छन।
No comments:
Post a Comment