
मलाई तपाईँहरुले सम्वर्द्धना जनाउँनु पर्दैन। यहाँ थुप्रै कल कारखाणाहरु निर्माण गर्नुछ। बिद्यालय, महाबिद्यालय निर्माण गरेर पहाडमा शैक्षिक स्तर बडाउँनुछ। यहाँका प्रत्येक बेरोजगार युवाहरुलाई रोजगारको अवसर प्रदान गर्नु बाँकी नै छ।

गोजमुमो कालेबुङ महकुमा समितिको आयोजनमा आयिजित सम्वर्द्धना एंव सद्भावना कार्यक्रममा बिमल गुरुङ मुख्य अथितिका रुपमा उपस्थित रहेका थिए। गोर्खाल्याण्ड क्षत्रीय प्रशासनको मुख्य कार्यकारीको पदभार ग्रहण गरेपछि पहिलोपल्ट कालेबुण्ग़ आईपुगेका गुरुङ आज हँसिलो मुद्रामा रहेका थिए। यस अवसरमा तिनले पहाडमा गोर्खाल्याण्ड क्षत्रीय प्रशासनको माध्यमबाट तुप्रै बिकास कार्यहरु गरेर सबैलाई देखाईदिने घोषणा गरेका छन।
कहिले सक्नु दुईसय करोड ?
गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनका कार्यकारी प्रमुख बिमल गुरुङले केन्द्र सरकारबाट प्राप्त हुने बार्षिक दुईसय करोड रुपिया कहिले बिकास कार्य गरेर सक्नु ? भन्ने प्रश्न गर्दै उक्त धनराशीलाई प्रयोग गर्न केवल हातमा सात महिना बाँकी रहेको बताए। अहिलेको समय खुबै मह्त्वपूर्ण रहेको बताउँदै यस मह्त्वपूर्ण समयलाई कसैले खेरो फाल्न नहुने तिनले बताउँदै यस समयलाई त्यसै खेरो फाल्न नहुने समेत तिनले बताए। तिनले तराई दुवर्सको भाग्य गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको माध्यमबाट बनाउँन पर्ने घोषणा गर्दै अब सबैले यस कार्यमा सह्योग गर्नुपर्ने पनि बिमल गुर्तुङले आह्वान गरेका छन।
गो.क्षे.प्र. सञ्चालनको निम्ति आरोप होईन सहयोग गरौँ
गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन सञ्चालनको निम्ति सबैको कर्तब्य रहेको बिमल गुरुङले बताएका छन। तिनले कार्यक्रममा उपस्थित सबैलाई सम्बोधन गर्दै गो.क्षे.प्रलाई व्यवस्थित तरिकाले सञ्चालन गर्न यस क्षेत्रमा वसोवास गर्ने प्रत्येक नागरिकहरुको कर्तब्य रहेको तिनले अझ बताएका छन। दार्जीङ पहाडबाट थुप्रै बिद्वानहरु जन्मिसकेको बताउँदै देशको निम्ति थुप्रै महान हस्तिहरु जन्माउँने दार्जीलिङ पहाडमा विश्वविद्याल समेत नभएको जनाउँदै यस दिशातर्फ पनि कार्य गर्ने तिनले बताएका छन। कुनै क्षेत्रमा राम्रो कार्य गर्नको निम्ति मानिसहरु सभासदहरुको भर पर्न नहुने बताउँदै राम्रो कार्यको निम्ति सबैले आफुलाई सुझाव दिन सक्ने बताउँदै उक्त सुझावलाई लिएर आफु चर्चा गर्न समेत तयारी रहेको जानकारी गराए। यसै सिलसिलामा तिनले कुनै पनि राजनैतिक पार्टीहरुको नाम नलिई अब आरोप प्रत्यारोप गारेर समय नष्ट गर्न भन्दा गो.क्षे.प्रलाई राम्रो बनाएर अघि बड्न सहयोगको हातहरु अघि बडाउँनुपर्ने अह्वान समेत गरे। तिनले गो.क्षे.प्र आफुहरुले यदि व्यवस्थित तरिकाले सञ्चालन गर्न नसके यसलाई बिपक्षी पार्टीहरुले चालाउँनको निम्ति ठाउँ छोडिदिने समेत कार्यक्रममा घोषणा गरे।
भाई भतिजावादलाई प्रश्रय दिनेछैनौँ
बिगत दिनहरुमा दार्जीलिङ पहाडमा सुवासले दागोपाप सञ्चालन गर्दा कुनै पनि रोजगारको निम्ति भाई भतिजावादलाई प्रश्रय दिने कार्य गरेको सङ्केत गर्दै गो.क्षे.प्रमा रोजगारको निम्ति भाई भतिजावादलाई बडवा नदिने गो.क्षे.प्र कार्यकारी प्रमुख बिमल गुरुङाले घोषणा गरेका छन। “गो.क्षे.प्रमा कसैलाई कुनै पनि रोजगारमूलक कार्यको निम्ति सुटुक्कै भर्ना गर्नेछैन। रोजगारको निम्ति मेरोमा सिफारिस लिएर आउँने कसैले कार्य नगर्नु। यदि कुनै बिभागमा भर्ना हुन छ भने त्यसको निम्ति सार्बजनिक जन सूचना प्रकाशित गर्नेछौ। हामी आफ्नो मान्छेलाई काखी च्याप्ने कार्य गर्दैनौ” – बिमल गुरुङले भने।
गो.क्षे.प्र सभासदहरुलाई तीस लाख बजेट

फेसबुकले नकारात्मक कार्य गर्दैछ
कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा गो.क्षे.प्र कार्यकारी प्रमुख बिमल गुरुङले फेसबुकको चर्चा गर्न समेत चुकेनन। अहिले युवाहरु फेसबुकतिर जथाभावी टिप्पणी गर्ने गरिरहेको बताउँदै यसलाई राम्रो कार्यको निम्ति प्रयोग गर्न सक्नुपर्ने तिनले बताए। “आज भोलि हाम्रा मानिसहरु फेसबुकमा बिमल गुरुङको बद्ख्वाईँ गर्ने गरेको छ। मेरो चरित्र माथि अनेकौ प्रश्नहरु फेसबुकमा गरिरहेका छन। यस्तो पटक्क राम्रो कार्य होईन। फेसबुकमा राम्रो बिषयहरुमा तर्क गर्नुपर्छ। यसले समाजमा नकारात्मक कार्यहरुलाई निम्ताउँनु हुँदैन” – बिमल गुरुङले भने।
क्लुनी महाबिद्यालयलाई सांसद कोषबाट बस
गो.क्षे.प्रको प्रमुख कार्यकारी एव मोर्चा प्रमुख बिमल गुरुङले आज यहाँको रामकृष्ण रङ्गमञ्चमा आयोजित सम्वर्द्धना एंव सद्भावना कार्यक्रमलाई सम्बोधन गर्दै आफुहरुले दार्जेलिङ पहाडमा शिक्षालाई पहिलो प्राथमिकता दिएको बताए। गुणस्तर शिक्षा व्यवस्थाको निम्ति आफुहरुले हरसम्भव प्रयास गर्ने बताउँदै आर्थीक बिपन्न परिवारका ननीहरुलाई राम्रो शिक्षा प्रदान गर्न सहयोग गर्न समेत पछि नपर्ने तिनले घोषणा गरे। यसैक्रममा कालेबुङको क्लुनि महिला महाबिद्यालयलाई केहीदिन भित्रमा सासदकोषबाट बस दिने घोषणा गरे। यस सम्बन्धमा सांसद संग अघिबाट कुराकानी भईसकेको बताउँदै बिद्यालयमा अध्यनरत बिद्यार्थीहरुलाई आफ्नो पक्षबाट उक्त पहिलो सौगात रहेको तिनले थप बताएका छन।
No comments:
Post a Comment