
तिनले चुनावी जनसभालाई सम्बोधन गर्दै 41 नम्बर समष्टिबाट गोजमुमो प्रार्थी कल्याण देवानलाई चुनावी मैदानमा चुनौति दिन उत्रेका सञ्चबीर सुब्बालाई चुनौति दिदै मोर्चा प्रार्थी कल्याण देवानको बिजय निश्चित रहेको दाबी गरिन। यसै क्रममा सञ्चबीर सुब्बाले केहिदिन अघि जीटीए चुनाउ पछि 3 अगष्टको दिनदेखि आफु गोजमुमो पार्टीमा हुने दाबी गर्दै आफुलाई पार्टीबाट निस्काशित गरेको कुरालाई लिएर जनता भ्रमित नहुनपर्ने भनेको बिषयमा कडा प्रतिक्रिया गर्दै मोर्चाले तिनको ढोका बन्द गरेको स्पष्ट बताइन।

तिनले यसै क्रममा सञ्चबीर सुब्बामाथि बर्सिन्दै सुब्बाले पार्टीको आचार सहिता पालन नगरेर पार्टीलाई बदनाम गर्ने काम गरिरहेको आरोप लगाइन। नारी मोर्चा प्रमुख आशा गुरुङले 41 नम्बर निम्बोङ गितडाब्लिङ समष्टि दुर्गम क्षेत्ररहेको बताउँदै यस क्षेत्रको बिकाश गर्न मोर्चाले बिशेष प्राथमिकता दिएर कार्य गर्ने घोषणा गर्दै जनताले बिगतका दिनहरुमा झै अहिले परिस्थितिमा पनि मोर्चा प्रार्थीलाई बिजय गराएर गोजमुमो पार्टी एक रहेको सबैलाई सन्देश दिनुपर्ने बताइन। तिनले यसै सन्दर्भमा निर्दलीय प्रार्थी सञ्चबीर सुब्बा छुट्टै राज्य गोर्खाल्याण्डको निम्ति ईमान्दार भएर आन्दोलनमा ननिस्किएको दाबी गर्दै तिनले चुनाउलाई ध्यानमा राखेर चौकि ताकने कार्य गरेको आरोप लगाइन।
.jpg)
मोर्चा पार्थी कल्याण देवानलाई पार्टीले घुँढा धसेर भए पनि बिजय बनाएरै छाड्ने प्रतिबद्धता जाहेर गर्दै निर्दलीय प्रार्थी सुब्बाले यदि चुनाउमा बिजय बनेर जीटीए सभाको सदस्य बने तिनलाई कुनै पनि बिभाग नदिने पनि आशा गुरुङले स्पष्ट घोषणा गरिन। तिनले 41 नम्बर समष्टिलाई बिकाश गर्न मोर्चा प्रार्थी कल्याण देवानलाई साथ दिन मोर्चा प्रमुख बिमल गुरुङ लगायत आफु पनि यस क्षेत्रमा आउने पनि चुनावी जनसभालाई सम्बोधन गर्दै भनिन। सुब्बालाई चौकिको निम्ति आन्दोलनमा उत्रिएको आरोप लगाउँदै अब तिनले जीटीए चुनावमा पराजयको सामना गरेपछि पञ्चायत चुनाउको टिकट समेत नपाउँने स्पष्ट घोषणा गरिन।
अर्कोतिर 41 नम्बर समष्टिमा मोर्चा प्रार्थी कल्याण देवानले चुनावी जनसभालाई सम्बोधन गर्दै निर्दलीय प्रार्थी सञ्चबीर सुब्बालाई निर्दलीय प्रार्थीका रुपमा खडा गरेर तिनलाई उक्साउँने मानिसहरुले व्यक्तिगत स्वार्थ पूर्तीको निम्ति अहिले गोजमुमो पार्टीलाई नै बदनाम गर्ने कार्य गरिरहहेको आरोप लगाए। जीटीए चुनाउमा मोठ 44 वटा समष्टिहरुमा मोर्चाको जीत बनिसकेको दाबी गर्दै केवल एउटा समष्टिमा चुनाउ हुने भएको कारण यहाँ पार्टीलाई नै कलङ्कित पार्ने कार्य भएको पनि तिनले आरोप लगाए। तिनले आफु चुनावी मैदानमा खडा हुने चाहना नराखेको बताउँदै मोर्चा प्रमुख बिमल गुरुङले प्रार्थीको नाम घोषणा गरेको समय आफ्नो नाम आउँदा आफु अवाक बनेको बताए। तिनले यसै सिलसिलामा सञ्चबीर सुब्बाले स्थानीय जनतालाई गलत प्रचार गरेर दिग्भ्रमित पार्ने कार्य गरिरहेको आरोप लगाउँदै गोजमुमो पार्टीले यस क्षेत्रका जनतालाई मूल बाटोमा दोहर्याउँने कार्य गरेको दाबी गर्दै आफुले जनताको चाहना अनुरुप काम गर्ने बाचा समेत गरेका छन। आफुले चुनाउलाई ताकेर कहिल्यै आन्दोलन नगरेको दाबी गर्दै आगामी दिनमा मोर्चाले पुन गोर्खाल्याण्डको आन्दोलनलाई अघि बडाउँने समेत घोषणा गरे। आफुले निर्दलीय प्रार्थी सञ्चबीर सुब्बालाई नामाङ्कन पत्र फिर्ता लिने अनुरोध गरेको बताउँदै आफ्नो कुरालाई तिनले नमान्नु भनेको मोर्चा अध्यक्षलाई नै अपमानित गरेको थप आरोप लगाए। निर्दलीय प्रार्थी सञ्चबीर सुब्बालाई चुनावी मैदानमा चुनौति दिन आज मोर्चाले आयोजना गरेको जनसभालाई हेम मुखियाले अध्यक्षता गरेका थिए भने जनसभालाई पासाङ शेर्पा, समीर मुखिया आदिले सम्बोधन गरेका थिए।
आजको जनसभामा उपस्थित गोजमुमो समुह्माझ सभापछि अझ बडी कौतुहलता बडेको र सत्यता चाहि के हो भन्ने प्रश्न खडा भएको थाहा लागेको छ।
No comments:
Post a Comment