मङपूमा रवीन्द्रनाथको जन्म दिवस पालन, मन्त्री गौतम देवले दोहोर्याएर गए पुरानै कुरा
यसको साथै बिगत वर्षको तुलनामा मानिसहरुको पनि उपस्थिति निकै न्यून रहेको थियो। कार्यक्रममा मुख्य अथितिका रुपमा उपस्थित रहेका मन्त्री गौतम देवले आज पनि बिगत बर्ष झै रवीन्द्र संग्राहलयमा बिजुली बत्ति जडान गरिदिने घोषणा गर्दै रात्री चौकिदारको पनि नियुक्ति गर्ने घोषणा दोहोरयाए ।
तिनले दुवै घोषणा गरे पनि कहिले सम्म बिजुली बत्ति जडान गर्ने अनि रात्री चौकिदारको नियुक्ति गर्ने भन्ने समय सिमा भने तोकेनन। बिगत वर्ष 8 अगष्टको दिन आयोजित कवि गुरु रविन्द्रनाथको पुण्यतिथि कार्यक्रममा बोल्दै तिनले सात दिन भित्र बिजुली बत्ति अनि रात्री चौकिदारको नियुक्ति गर्ने दिएको बचन पुरा नगरे पछि आज सोहि कुरा तिनले पुन दोहर्याए तर, यसपल्ट भने समय सिमा भने नतोकेर पछिल्लो लाजबाट बाँच्ने प्रयास गरेका छन। बिगत बर्ष सात दिन भित्र बिजुली बत्ति जडान गरिदिने घोषणा गर्ने मन्त्रीले यस वर्ष त्यसै मञ्चमा उभिएर त्यहीँ घोषणा गर्दा अधिकांश मानिसहरुले तिनको कुरालाई पत्तै दिएनन।
मन्त्री देवले कुनै संकोच नमानी सोहि कुराको घोषणा गर्दा कार्यक्रम स्थलमा उपस्थित मानिसहरुले मन्त्रीले जनतालाई यसवर्ष पनि केवल आश्वासन मात्र दिएका हुन भन्ने चर्चा चल्यो भने मन्त्रीको उक्त घोषणामा मानिसहरुको ताली बजाएर स्वागत गर्नको साटो अप्रत्यक्ष रुपले व्यङगको हाँसो हाँस्दै उडाईदिए।
डी के वाइबा, कालिमन्युज, मङपू 8 मई: पश्चिम बङगालको सुचना एंव सांस्कृतिक बिभागको आयोजनामा आज यहाँको रवीन्द्र संग्राहलयमा विश्व कवि रवीन्द्रनाथको 152 औ जन्म जयन्ति पालन गरियो। यस अवसरमा उत्तर बङगाल बिकास मंत्री गौतम देव मुख्य अतिथिका रुपमा उपस्थित रहेका थिए भने बिधायक रोहित शर्मा बिशिष्ट अतिथिका रुपमा उपस्थित थिए। कार्यक्रमको अध्यक्षता सिन्कोना निर्देशक डा जी सी सुब्बाले गरेका थिए भने कार्यक्रममा कोलकोता सिलगडी आदि स्थानहरुबाट कलाकारहरुको बिशेष उपस्थिति रहेको थियो।
कवि गुरु रवीन्द्रनाथको जन्म दिवस सरकारी कार्यक्रम रहेता पनि उक्त कार्यक्रमलाई गोजमुमो पार्टीले बहिष्कार नगर्ने घोषणा गरेको थियो तर मङपूमा आयोजित कार्यक्रममा केवल बिधायक बाहेक गोजमुमोका अन्य शिर्षस्थ नेताहरुको भने कुनै उपस्थिति रहेको थिएन।
यसको साथै बिगत वर्षको तुलनामा मानिसहरुको पनि उपस्थिति निकै न्यून रहेको थियो। कार्यक्रममा मुख्य अथितिका रुपमा उपस्थित रहेका मन्त्री गौतम देवले आज पनि बिगत बर्ष झै रवीन्द्र संग्राहलयमा बिजुली बत्ति जडान गरिदिने घोषणा गर्दै रात्री चौकिदारको पनि नियुक्ति गर्ने घोषणा दोहोरयाए ।
तिनले दुवै घोषणा गरे पनि कहिले सम्म बिजुली बत्ति जडान गर्ने अनि रात्री चौकिदारको नियुक्ति गर्ने भन्ने समय सिमा भने तोकेनन। बिगत वर्ष 8 अगष्टको दिन आयोजित कवि गुरु रविन्द्रनाथको पुण्यतिथि कार्यक्रममा बोल्दै तिनले सात दिन भित्र बिजुली बत्ति अनि रात्री चौकिदारको नियुक्ति गर्ने दिएको बचन पुरा नगरे पछि आज सोहि कुरा तिनले पुन दोहर्याए तर, यसपल्ट भने समय सिमा भने नतोकेर पछिल्लो लाजबाट बाँच्ने प्रयास गरेका छन। बिगत बर्ष सात दिन भित्र बिजुली बत्ति जडान गरिदिने घोषणा गर्ने मन्त्रीले यस वर्ष त्यसै मञ्चमा उभिएर त्यहीँ घोषणा गर्दा अधिकांश मानिसहरुले तिनको कुरालाई पत्तै दिएनन।
मन्त्री देवले कुनै संकोच नमानी सोहि कुराको घोषणा गर्दा कार्यक्रम स्थलमा उपस्थित मानिसहरुले मन्त्रीले जनतालाई यसवर्ष पनि केवल आश्वासन मात्र दिएका हुन भन्ने चर्चा चल्यो भने मन्त्रीको उक्त घोषणामा मानिसहरुको ताली बजाएर स्वागत गर्नको साटो अप्रत्यक्ष रुपले व्यङगको हाँसो हाँस्दै उडाईदिए।
यता पत्रकारहरुले सोधेको प्रश्नको जवाब दिदै मन्त्री गौतम देवले मुख्य मन्त्री ममता ब्यानर्जीले मङपूको रवीन्द्र संग्राहलयमा नेपाली अकादमी खोल्ने घोषणा गरिसकेको भए पनि त्यो दार्जीलिङ पहाडको निम्ति खोलिने भएको बताउँदै यसबारे मुख्य मन्त्रीलाई नै राम्रो जानकारी भएको कारण आफुले केहि टिप्पणी नगर्ने बताए। यद्यपी रवीन्द्र संग्रहालय ऐतिहासिक तथ्यहरुले भरिएको संग्रहालय रहेको कारण यहाँ रवीन्द्रनाथ माथी शोध केन्द्र स्थापना गर्ने सर्कारको योजना रहेको तिनले जानकारी दिए।
कार्यक्रमा मुख्य अतिथिका रुपमा उपस्थित मन्त्री गौतम देवले विश्वकवि रवीन्द्र नाथको सालिगमा माल्यार्पण गरेपछि शुरु भएको कार्यक्रममा अनुराधा रसाइली, सरोजनी बराइली अनि माया चक्रवर्तीले नेपाली अनि बंगला भाषामा रवीन्द्र संगीत प्रस्तुत गरेर सबैलाई मक्ख पारिन भने सिलगडीबाट आएका नृत्य कलाकारहरुले रवीन्द्र संगीतमा नृत्य प्रस्तुत गरेर सबैलाई मोहित पारे। कर्यक्रममा रङली रङलीयट खण्ड बिकाश अधिकारी एस्तर लेप्चा, अतिरिक्त जिल्लापाल, सुचना एवम सांस्कृतिक विभाग अधिकारी पी० डी० बल आदिको पनि उपस्थिति रहेको थियो।
No comments:
Post a Comment