न्यायलयले जमानत
नदिएपछि,पिताको १३ दिने क्रिया गर्न नपाँउने भयो रुद्र आचर्यले

स्मरण रहोस २००६ सालमा युजिआरएफ पार्टीको भतृ संगठन युनाईटेड गोर्खा
रेभ्युलेसनरी आर्मी(UGRA)ले
गोर्खालयाण्ड राज्य प्राप्तीको निम्ति शसस्त्र आन्दोलनको घोषणा गरेको समय देखी
रुद्र आचर्य भुमिगत रहेका थिए|लामो समयसम्म भुमिगत बनेका आचर्यले गत २१ अप्रेलको
दिन कालेबुङ न्यालयमा आत्मा समपर्ण गरेका थिए|तिनले आत्म समपर्ण गरे पछि न्यालयले
५ दिनको निम्ति न्याहिक हिरासतमा पठाएको थियो भने यसै अवधी ३ अप्रलेको दिन तिनको
बाबुको मृत्यु भएको थियो|बाबुको मृत्य पछि पुन: तिनको जमानतको निम्ति अर्जी चडाएको
थियो तर अदालतले केवल २४ घण्टाको मात्र जनानत स्वीकार गरेको थयो|२४ घण्टाको
जमानतमा छुटेका आचर्यले आफनो पिताको अन्तिम संस्कार सकेर घरमा कोरामा बसेका
थिए|त्यसै समय पुन: पुलिसले कोरा स्थलबाटनै उठएर लगे|आज अदालतमा सेतो लुगा बेरेर
आएका आचर्यले बाबुको क्रिया गर्नको निम्ति जमानतको आशा गरेका थिए,तर अदालतले तिनको
जमानत याचिका रद्ध गरेर पुन:९ मईको दिन अदालतमा हजिर गराँउने निर्देश दिए पछि तिनी
चकनाचुर भए| यता यस सम्बन्धमा युजिआरएफ प्रमुख अजय दहालले पनि असन्तुषट ब्यक्त
गरे|तिनले पितृ शोकमा परेका ब्यक्तीलाई न्यायलयले जमानत दिनु पर्थ्यो भन्दै,यस्तो
पिडाको क्षणमा संगठनहरु मानवताको आधारमा अघि आउनु पर्ने अह्वान गरे|
No comments:
Post a Comment