डी के वाइबा: कालेबुङ 26 मार्चः भारतीय गोर्खाहरु अनुप्रवेशकारी हुन भन्दै अनुप्रवेशकारी गोर्खाहरुले दार्जीलिङ छोड्नुपर्छ भनि केहिदिन अघि तराई डुवर्सका क्षेत्रहरुमा देखापरेको पोष्टर काण्डको भारतीय गोर्खा परिसंघले जोडदार बिरोध जनाएको छ। आज यहाँको भागोप कार्यलयमा आयोजित पत्रकार सम्मेलन डाकेर गोर्खाहरुले दार्जीलिङ छोड्नु भनि पोष्टरिङ गरेर असमाजिक तत्वहरुले शान्ति शृङखला भङग गर्ने प्रयास गरिरहेको भागोपका राष्ट्रिय कार्यकारी अध्यक्ष रेभरेन डा एनोसदास प्रधानले जनाए। तिनले जब जब भारतमा गोर्खाहरुले राजनैतिक हक र अधिकारको कुरा गर्छन तब तब नै गोर्खाहरुलाई बिदेशीको आरोप लगाउँने काम हुँदै आईरहेको बताउँदै यस्ता सम्प्रदायिक कुरा गरेर शान्तिमय वातावरण बिगार्ने प्रयास गरिरहेको आरोप लगाए। प्रजातन्त्रिक भारतमा कसैले पनि सम्प्रदायिक कुरा गरेर हिंसा फैलाउँनु संविधान बिरोधी रहेको बताउँदै यस्ता समाज र देश बिरोधी तत्वहरुलाई सरकारले पक्राऊ गरेर कानुनी कार्वाही गर्नुपर्ने प्रधानले माग गरे। सोहि क्रममा भागोप जोन दुईका अध्यक्ष प्रभाकर देवानले पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै गोर्खाहरु बिदेशीहुन भन्दै बिदेशीहरुले भारतमा छुट्टै राज्यको माग गरेर अशान्ति सृजना गर्न खोजिरहेको तर्क राखेर गोर्खा बिरोधी संगठन जनचेतना मञ्चले कोलकताको उच्च न्यायलयमा मुद्दा दर्ता गरेको तिनले जानकारी दिए। गोर्खाहरु भारतमा सन 1950 को सन्धिको आधरमा आएर बसोवास गरिरहेको आरोप लगाउँदै बिदेशी गोर्खाहरुको मतदाता सूचिबाट नाम समेत हटाउँने माग गरेर मुद्दा दायर गरेको तिनले जानकारी गराए। यस्ता गोर्खा बिरोधी संगठनहरुले सम्प्रादायिक दंगा फैलाउँने प्रयास गरिरहेको आरोप लगाउँदै यस्ता संगठनहरुलाई सरकारले प्रतिबन्द लगाउँनुपर्ने तिनले माग गरे। गणतान्त्रीक भारतमा सन 1950 को सन्धिको आधारमा गोर्खाहरु आएर बसिरहेको आरोप लगाउँदै बिदेशी नागरिकहरुले अहिले यहाँको पञ्चायत चुनाव, नगरपालीका, बिधानसभा लगायत लोकसभा चुनावमा समेत खडा बनेर भारत देशको सहुलियतहरु उपभोग गरिरहेको आरोप लगाउँदै भोटानबाट मोठ छ लाख अनि अन्य सबै गोर्खाहरु नेपालका नागरीकहरु हुन भन्ने दाबी गरेर उच्च न्यायलयमा मुद्दा दर्ता गरेको तोनले थप बताए। जनचेतना मञ्चले न्यायलयमा दर्ता गरेको मुद्दामा गोर्खाहरुको मतदाता सुचि समेत संसोधन सक्ने तिनले जनाए। यस बिषयहरुमा आजनै मानिसहरु सचेत बनेर बुद्धिलगाएर काम गर्न आवश्यक रहेको प्रभाकर देवानले थप जनाए।गरेर गोर्खाहरुको नाम हटाउँनुपर्ने माग गरेको तिनले जानकरी गराउँदै यस्ता सम्प्रादायिक दंगा फैलाउँन खोज्ने संगठनहरुबाट गोर्खाहरु होशियार बस्नु पर्ने तिनले आह्वान गरे। तिनले गोर्खाहरु खाँटी भारतीय नगरिक रहेको दाबी गर्दै गोर्खाहरुको बदनाम गर्ने संग़ठनहरुलाई सरकारले यथाशिघ्र कर्वाही नगरे हिंसा भड्किन सक्ने सम्भावना रहेको जानकारी गराए। जनचेतना मञ्चले दायर गरेको मुद्दामा यदि न्यायलयले सुनवाई गर्दा कतै कतिपय नेपालका नगरिकहरुले भारतीय नगरिक्ता लिएको प्रमाण प्राप्त गरेर मतदाता सूचिबाट नाम हटाउँने निर्देश दिएको खण्डमा भारतका असली नगारीकहरु प्रभावित बन्न
Pages
▼
No comments:
Post a Comment