Pages

Thursday, 14 February 2013

Morcha to meet governor

TT;; VIVEK CHHETRI Darjeeling, Feb. 14: A Gorkha Janmukti Morcha team will meet Bengal governor M.K. Narayanan in Calcutta tomorrow in an indication that the hill party is exploring all avenues to end the current impasse with the state government. Roshan Giri, the general secretary of the Morcha, said:

 “Our delegation will meet the governor and they will take up all the present issues.” The team will have Harka Bahadur Chhetri, Trilok Dewan and Rohit Sharma, the Morcha MLAs of Kalimpong, Darjeeling and Kurseong, respectively, as well as Amar Singh Rai, the chairman of Darjeeling municipality and the civic chief of Kalimpong L.B. Pariyar. 

 Sources said the meeting is scheduled between 5pm and 6pm. Gurung plans to hold a big public meeting in Kalimpong on Sunday. “If the Morcha finds no comfort from the governor at tomorrow’s meeting, Gurung might immediately announce his decision to step down at the Kalimpong meeting. Else, he might wait for sometime as there are signs that the Congress is cosying up with Gurung and has advised him not to step down from the post of the chief executive of the GTA Sabha,” said a source in the hills.

 The meeting with the governor comes at a time when the relations between Bimal Gurung and chief minister Mamata Banerjee have hit a low. The latest trigger was the state government’s announcement of a Lepcha development board under it, and not the GTA which the Morcha wants. Publicly,

 Gurung has not blinked before the government but the meeting is an indication that the Morcha does not want to close all doors that could bring about a truce. “If the meeting… ends on a positive note, it could help calm frayed nerves,” said the source.

मन्त्रीलाई कलोझण्डा देखाउँनेहरु बिरुद्ध मुद्दा दर्ता

कालेबुङ 13 फरवरी। लेप्चा जातिको आमरण अनशन समापन गरेर सिलगडी फर्किरहेका उत्तर बङगाल बिकाश मन्त्री गौताम देवलाई कालो झण्डा देखाएर बिरोध गर्नेहरु बिरुद्ध पुलिसले मुद्दा दर्ता गरेको छ। मंत्री देवलाई कालो झण्डा देखाएको बिरोधमा पुलिसले जीटीए सभासदहरु क्रमैले सामुएल गुरुङ, काजिम छिरिङ भोटिया अनि कल्पना तामङ बिरुद्ध मुद्दा दर्ता गरेको छ। यसको साथै गोजयुमो प्रचार प्रसार सचिव बिनय घिसिङ, प्रभात घिसिङ, अमरधोज उर्फ बुड्डा मंगर, पाल्देन तामङ बिरुद्ध पनि मुद्दा दर्ता गरेको छ। पुलिसले आईपीसीको धारा 143, 341, 352, 427, 511, 506 अन्तरगत आरोपीहरु बिरुद्ध मुद्दा दर्ता गरेको छ भने सबै आरोपीहरुलाई बेल बोण्डमा छोडेका छन। जानकारी अनुसार आज उक्त आरोपीहरुले यहाँको न्यायलयमा आत्मसमर्पण गर्न गएका थिए। न्यायलयमा आत्मसमर्पण गर्न गए पनि न्यालयको कतिपय तक्निकी कारणहरुले गर्दा उक्त कार्य नभएको सुत्रले जनाएको छ।

Wednesday, 13 February 2013

उत्तर बङगाल बिकाश मन्त्री गौतम देवको बिरोधमा कालो झण्डा देखाईयो

बङगाल सरकारको बिरोधमा आज कालो झण्डा देखाईएको हो – बिनय तामङ 

 कालेबुङ 12 फरवरी। लेप्चा समुदायका मानिसहरुले शुरु गरेको आमरण अन्शन समापन गरेर फर्केका उत्तरबङगाल बिकाश मंत्री गौतम देवले आज पहाडमा प्रथम पल्ट बिरोधको सामना गर्नुपर्योग। यहाँको थाना डाँडा स्थित त्रिकोण पार्क अनि टाउनहल परिसरमा लेप्चा समुदायका मानिसहरुले गत छ दिन देखि जारी राखेको आमरण अनशन फिर्ता गरिदिने राज्यकी मुख्यमंत्री ममता ब्यानर्जीले सन्देश पठाए पछि आज उक्त सन्देश ल्याएर कालेबुङ आईपुगेका थिए।

 मुख्यमंत्रीको सन्देश ल्याएर कालेबुङ आईपुगेका मंत्री देवले लेप्चा समुदायका मानिसहरुले शुरु गरेको आमरण अनशन जुस पिलाएर समापन गरेर सोझै सिलगडी फर्किरहेको समयमा तिनले बिरोधको सामना गर्नु पर्योल। यहाँको आठ माईल स्थित देवलाई गोजमुमो पार्टी कार्यकर्ताहरुले व्यापक मात्रमा भेला भएर बिरोध गर्दै कालो झण्डा देखाए। मोर्चा कार्यकर्ताहरुले अचानक सडकमा निस्केर कालो झण्डा देखाउँदै बिरोध प्रदर्शन गर्न थालेपछि केही बेरम्म तिनको वाहन अघि बडन समेत सकेन।

 अन्तमा उक्त बिरोधहरुको सम्मुखिन बनेका उत्तर बङगाल बिकाश मंत्री गौतम देवलाई पुलिस प्रशासनले सक्रियता अप्नाउँदै सुरक्षित निकाले। यता कालेबुङमा बिरोधको सामना गर्न परेका मन्त्री देवलाई 31 ए राष्ट्रिय राजमार्ग चित्रेमा पनि कालोझण्डा देखाएर मोर्चा समर्थकहरुले जोडदार बिरोध प्रदर्शन गरे। उक्त प्रदर्शन अवधी कुनै अप्रिय घटना नहोस भनेर पुलिस प्रशासनले कठोर सुरक्षा व्यवस्था अप्नाएको थियो। 

आज यसरी अचानक पहाडमा मन्त्री गौतम देवको बिरोधले गोजमुमो अनि तृणमूल कङ्ग्रेस पार्टीको सम्बन्ध बिच्छेद बनेको स्पष्ट बनेको छ। यता उक्त कालोझण्डा देखाएर बिरोध गरिनुको घटना बारे गोजमुमो सहसचिव बिनय तामङले यसरी स्पष्टिकरण दिएका छन। “गोजमुमो पार्टी लेप्चा जातिको बिकाशको बिरोधमा छैन। मोर्चाले लेप्चा बिकाश परिषदको पनि बिरोध गर्दैन।

 आज बङगालकी मुख्यमन्त्री ममता ब्यानर्जीले दार्जीलिङको चौरास्तामा आएर गोर्खाहरुको अपमान गरिन अनि कालेबुङमा गौतम देव आएर गोर्खाहरुको छत्तिमा टेकेर अपमान गर्ने कार्य गर्दैछ। यहाँ बङगाल सरकारले बारम्बार गोर्खाहरुलाई अपमान गर्ने कार्य भएको कारण यो कालो झण्ड देखाएर सरकारको बिरोध गरिएको हो” बिनय तामङले स्पष्ट भने।

लेप्चा समुदायका मनिसहरुद्वारा जारी आमरण अनशन समाप्त लेप्चा जातिको सर्वाङ्गीन बिकाशको निम्ति सरकारले हरसम्भव सहयोग गर्नेछ – गौतम देव

कालेबुङ 12 फरवरी। लेप्चा राईट मुभमेन्टको आयोजनामा शुरु भएको आमरण अन्शन आज छैटौ दिन समापन भयो। ईण्डिजेनियस लेप्चा ट्राईबल एसोसिएसन (ईल्टा) अध्यक्ष एल एस तामसाङले औपचारिक लेप्चा समुदायका मानिसहरुले सुरु गरेको आमरण अनश्न समापन गरेको घोषणा गरे भने उत्तर बङगाल बिकाश मन्त्री गौतम देवले अनशनकारी निमसिङ लेप्चालाई जुस पिलाएर आमरण अन्शन तोडे। सोहिक्रममा ईल्टा अध्यक्ष एल एस तामसाङले पनि जुस पिलाएर अन्शनलाई समापन गरे। लेप्चा बिकाश परिषद गठनको चर्चाले पहाडमा चुलीएको राजनैतिक अन्योलताको कारण लेप्चा समुदायका मानिसहरुले आरणन अन्शन सुरु गरेका थिए।

 आमरण अनशनको छैटौ दिन मोठ 321 जना अनशनकारीहरुले अनशन जारी राखेका थिए भने तीन हजार भन्द अधिक लेप्चा समुदायका मानिसहरु साकेतिक हडतालमा बसेर आमरण अन्शनकारीहरुको मनोबल बृद्धि गराईरहेका थिए। राज्यकी मुख्य मन्त्री ममता बानर्जीले लेप्चा बिकाश बोर्ड जीटीए अधिनस्थ गठन नगरेर राज्य अधिनस्थ गठन गर्ने आश्वासन दिएको कारण आज लेप्चा समुदायका मानिसहरुले छ दिनदेखि जारी राखेको आमरण अन्शन फिर्ता लिए।

 मुख्यमन्त्री ममता ब्यानर्जीले लेप्चा समुदायहरुले जारी राखेको आमरण अन्शन फिर्ता गरिदिने अपिल गर्दै हिज साँझ टेलिफोनिक कुराकानी गरेका थिए। सोहिक्रममा आज मुख्यमन्त्रीको सन्देश ल्याएर उत्तर बङगाल बिकाश मन्त्री गौतम देव कालेबुङ आईपुगेका थिए। मुख्यमन्त्री ममता ब्यानर्जीको सन्देश ल्याएर कालेबुङ आईपुगेका मन्त्री गौतम देवले यहाँको टाउन हलमा लेप्चा राईट मुभमेन्ट, ईण्डिजेनियस लेप्चा ट्राईबल एसोसिएसनका प्रतिनिधीहरुसंग केही समय सम्म बैठक गरे। 

बन्द कोठामा केहीबेर सम्म बैठक चलेपछि बाहिर आएर मन्त्री गैतम देवले सम्बोधन गर्दै मुख्यमन्त्री ममता ब्यानर्जीले लेप्चा समुदायका मानिसहरुलाई जारी राखेको आमरण अन्शन फिर्ता गरिदिने अपिल गरे। तिनले लेप्चाहरुको समस्या बारे मुख्यमन्त्री मामता ब्यानर्जी अवगत रहेको बताउँदै मुख्यमन्त्रीले लेप्चा बिकाश बोर्ड राज्यको अधिनस्थ गठन गर्ने लेप्चा समुदायका मानिसहरुलाई आश्वासन दिएको सन्देश दिए। मुख्य मन्त्री ममता ब्यानर्जीका सन्देश लेप्चा समुदायका मानिसहरुलाई सुनाए पछि अन्तमा आज छ दिनदेखि जारी रहेको आमरण अन्शन स्मापन भयो। 

 आमरण अनशन स्थलमा सबैलाई सम्बोधन गर्दै उत्तरबङगाल बिकाश मंत्री गौतम देवले लेप्चा जातिको समस्या बारे राज्य सरकार अवगत रहेको बताए। “हिज मुख्य मन्त्रीले मलाई टेलिफोनिक कुरा गरिन। यस सम्बन्धमा निकै लामो चर्चा भयो। तिनले लेप्चाहरुको समस्याबारे जानकारी लिएकी छिन। लेप्चा जातिको भाषा, साहित्य, संस्कृतिको बिकाशको निम्ति स्रकारले लेप्चा बिकाश परिषद गठन गर्ने निर्णॅय लिईसको छ। उक्त लेप्चा बिकाश परिषद राज्य सरकारको अधिनस्थ हुनेछ अनि यसले नै लेप्चाहरुको सर्वाङगिन बिकाशमा महत्वपूर्ण सहयोग पुग्नेछ भन्ने कुरामा सरकार आशावादी रहेको छ” गौतम देवले भने।

 यसै क्रममा तिनले लेप्चा भाषाको अध्ययन अध्यापनको निम्ति सरकारी निम्न पाठशालाहरुमा लेप्चा भाषाको प्रयोग गर्ने शिक्षा बिभागलाई निर्देशन दिईसको बताउँदै लेप्चा भाषाको प्रयोग चाँडै हुने घोषणा गरे। तिनले यता पत्रकारहरुसंग कुराकानी गर्दै लेप्चाहरुको आमरण अनशन समापनको निम्ति मुख्यमन्त्रीले लेप्चा समुदायका नेतृत्वहरुसंग कुराकानी गर्न पठाएको अवगत गराए। “लेप्चा बिकाश परिषद गठनको निम्ति सरकारले अघिबाटै प्रस्ताव पारित गरेको छ।

 उक्त परिषद गठनको निम्ति सरकारी अध्यादेश यथाशिघ्र जारी हुनेछ त्यसपछि गठन प्रक्रिया शुरु गरिनेछ” – गौतम देवले अझ भने। यता लेप्चा बिकाश परिषद गठनको निम्ति कुनै समय सिमा निर्धारित गरिएको छ भनि सोधिएको प्रश्नको जवाब दिदै समय सिमा भने निर्धारण नगरेको जानकारी गराए। “लेप्चा जातिको बिकाशको निम्ति सरकारले भरपूर सहयोग गर्नेछ। यसको गठनको निम्ति समय सिमा निर्धारण नगरे पनि मुख्य मन्त्री ममता ब्यानर्जीको काम गर्ने तरिका आफुलाई राम्ररी थाह भएको कारण यसको गठन यथाशिघ्र गठन गरिनेछ” तिनले अझ भने।

 यता दार्जीलिङ पहाडमा गठन भएको जीटीए अधिनस्थ नै लेप्चा बिकाश परिषद हुनपर्छ भन्ने मोर्चाको भनाईप्रति प्रश्न गर्दा तिनले यस सम्बन्धमा चाडै लेप्चा समुदायका मानिसहरु संग कोलकोतामा मुख्यमंत्री संग बैठक बस्ने अनि बैठका नै चर्चा गरेर यसको गठनको बिषयमा अन्तिम रुप दिने तिनले जनाए। अर्कोतिर ईल्टा अध्यक्ष एल एस तामसाङले सम्बोधन गर्दै “हामी मुख्यमन्त्री ममता ब्यानर्जी अनि मन्त्री गौतम देवको बिश्वास गर्दै लेप्चा बिकाश परिषद यथाशिघ्र गठन हुनेछ भन्ने कुरामा विश्वस्त छौ।

 यसको साथै दार्जीलिङ पहाडको तीनवटा महकुमा क्षेत्रमा लेप्चा भाषाको अध्ययन पनि यसै सत्रदेखि सञ्चालन हुनेछ भन्ने हामी बिश्वास गर्छौ” भने। तिनले यस समबन्धमा मुख्यमंत्री ममता ब्यानर्जीले लेप्च समुदायका मानिसहरुसंग चाँडै कुराकानी गर्न कोलकोता निम्ताउँनेछ भन्ने पनि अपेक्षा राखे। तिनले लेप्चाहरुको सर्वाङीन बिकाशको निम्ति ममता ब्यानर्जीले भरपूर सहयोग प्रदान गरेको बताउँदै लेप्चाहरुको सहयोगको निम्ति आभार प्रकट समेत गरे।

Nod to Lepcha board - Govt passes resolution hours after Lepchas call off fast

TT;; Feb. 12: The Mamata Banerjee government today passed an order in Writers’ to establish a development board for the hill Lepcha community, hours after they broke their fast in Kalimpong in the presence of minister Gautam Deb who was shown black flags by the Gorkha Janmukti Morcha. The resolution says the Mayel Lyang Lepcha Development Board will undertake all necessary work for the protection and promotion of the Lepcha language and historical and cultural landmarks of the community. 

 The board will also work to promote and support artisans and farmers of the community, the resolution said. The board, which will be registered under the West Bengal Societies Registration Act, 1961, will be able to take loans from national and international financial institutions to achieve the goals of the board. It will also be able to obtain funds from various government departments for development projects meant for the Lepchas, believed to be the original inhabitants of the hills.

 A senior official at Writers’ Buildings said: “It is now clear that the state government wants to set up a board similar to the GTA. The board will also enjoy some of the facilities like the GTA.” The board will have two separate wings — the general and the executive. But members of both the bodies will be nominated, unlike the GTA where the majority of members are elected. The general body will have 31 members, of whom four will be government officials and the rest nominated by the government from among the Lepchas. 

 The general body would be the apex body of the board. It will have the power to pass audited accounts and budget estimates. It will transact any business suggested by the executive body. The general body will be headed by a chairperson nominated by the state government from the Lepcha community. The four state officials will be the member secretary and three ex-officio members. For the post of member secretary, the state will appoint a senior bureaucrat on deputation. 

 The executive body will have 11 members, of which two would be government officers and the rest, including the chairman and the vice-chairman, Lepchas nominated by the state. Senior officials at Writers’ Buildings said the state government has made it clear that it would have proper control over the board as all Lepcha members would be nominated by the state. 

 The state cabinet had approved the proposal of setting up of the board on February 2 soon after the chief minister’s visit to Darjeeling where Morcha supporters had raised Gorkhaland slogans after Mamata said “Darjeeling is a part of us”. Today, in the presence of north Bengal development minister Deb, the Lepchas ended their six-day-old hunger strike in Kalimpong. 

 Lepcha leaders later said they had got an “assurance” from the chief minister over phone last night that the proposed board would be formed at the earliest. Deb reached Kalimpong Town Hall around 10.30am and offered a glass of juice to the fasting Lepchas. Morcha assistant secretary Binay Tamang, who was in Kalimpong today, expressed his party’s displeasure after the fast was broken. “Do the Lepchas want to live under their mother or stepmother? And what is the guarantee that the state government will deliver…. They (the Lepchas) have become victim to the state government’s conspiracy, not us,” he said. 

 Tamang, however, repeated that the Morcha was not against Lepchas getting any benefits for the community. The most influential Lepcha leader in Kalimpong today raised the question of permanency of the board if it was formed under the GTA. Indigenous Lepcha Tribal Association president L. Tamsang said a board under the government would be a permanent entity, but it would not be so if it was formed under the GTA. “If it (the board) is under the state government, it will be permanent. But the GTA may (tomorrow) say we don’t want the GTA. 

What will happen to the socio-economic development (of the Lepchas) then?” he asked. Asked if the Lepchas were willing to explain this position to the Morcha, Lepcha Rights Movement convener Bhupendra Lepcha replied in the affirmative. “We will meet and talk to them and explain our position,” he said. Leaders of the Lepcha Rights Movement, which had spearheaded the hunger strike, said the chief minister has personally told them last night over phone that the board would be formed under the state government. “The chief minister told our leaders in a telephone conversation that the board will be formed under the state government,” Bhupendra said. 

 Morcha leader Tamang said his party was opposed to the Mamata Banerjee-led government’s divisive moves in the hills. “Our party president (Bimal Gurung) will come to Kalimpong on February 16 and the next day he will address a public meeting there. Our future course of action will be announced there,” he said. “It is the government action and intention we are opposed to. Let me remind you, the GTA passed a resolution on December 14 last year to form the Lepcha development board. 

We don’t have a recording of it, but even the chief minister had earlier agreed with us that the board would have to be under the GTA. But she now proposes to form the board by encroaching on our powers,” Tamang said. 

 When Deb was leaving the hills for Siliguri around noon, his car was stopped twice — at 8 Mile near Kalimpong town and Chitray, 14km from the town on NH31A, by black-flag waving Gorkhaland supporters. Tamang was among the group of 150-odd Morcha crowd that tried to block the minister’s car at 8 Mile. In both places protesters lay on the road to block Deb’s car. Some of the agitators banged on Deb’s car with sticks.

 Policemen cleared the way for Deb by physically removing the protesters lying on the road. Tamang later said: “We did not protest when he (Deb) was going up to meet the Lepchas because we wanted to prove that we are not against them. However, we agitated while he was returning to protest the manner in which they (the state government) stamped on us first in Darjeeling and today in Kalimpong,” he said. 

 “We had earlier said that if the GTA Sabha’s resolution (to bring the board under the GTA’s purview) is not accepted by the state government, we would go to the Supreme Court. We are not going to court against the Lepcha development board but against the state government for violating the memorandum of agreement and also the GTA Act,” Tamang said. Late tonight, seven Morcha members were arrested for obstructing Deb’s convoy, but released on bail. Among them were three GTA members from Kalimpong — Kazmi Bhutia, Kalpana Tamang and Samuel Gurung.

Saturday, 9 February 2013

लेप्चा बिकाश परिष यदि छुट्टै राज्यको निम्ति बाधा भए हामी यसलाई छोडीदिनेछौ – दोर्जी टी लेप्चा

 कालेबुङ 9 फरवरी। “लेप्चा बिकाश परिषदको गठनले के छुट्टै राज्य प्राप्तिको निम्ति बाधा सृजना हुन्छ ? यदि छुट्टै राज्य गटःअनको निम्ति लेप्चा बिकाश परिषद बाधा हुन्छ भने हामी यसलाई त्यागिदिनेछौ” – उक्त कुरा आज लेप्चा युवा संगठनका अध्यक्ष दोर्जी टी लेप्चाले एक पत्रकार सम्मेलनमा बोल्दै भनेका हुने। तिनले आज लेप्चा बिकाश परिषदको बिषयमा सबैलाई अवगत गराउँन युवा संगठनले जनसभा गर्ने अघिबाटै तय गरेको बताउँदै जनसभाकै दिन गोजमुमो पार्टीले बन्द डाकेको कारण उक्त जनसभा हुन नसकेको पनि अवगत गराए। “लेप्चा बिकाश परिषद सरकारले त्यसै दिएको होईन। यसको निम्ति लेप्चा दाजुभाईहरुले धेरै संघर्ष गरेको छ। कोलकोताको 45 डिग्री घाममा आन्दोलन गर्दा प्रेसिडेन्सियल जेलसम्म बसेका छन हाम्रा दाजुभाईहरु। यत्रो दुख गरेर प्राप्त गरेको लेप्चा बिकाश परिषदको बारे आज पहाडमा राजनीतिकरण भईरहेको हामीलाई लागेको छ। योप अतिनै दुर्भाग्यपूर्ण हो” – दोर्जी टी लेप्चाले अझ भने। बिगतको दिनहरुमा लेप्चा युवाहरु सैनिकमा भर्ना हुँन जाँदा गोर्खा प्रमाण पत्रको अभवले भर्ना हुन नसकेको कारण लेप्चाहरुले आफ्नो सुरक्षाको निम्ति यसरी संघर्ष शुरु गरेको तिनले जनाए। सरकारले एउटा अधिसुचना जारी गरेर लेप्चाहरुलाई गोर्खाहरुको सुचिबाट बाहिर राखेको कारण गोर्खा प्रमाण पत्र पाउँन नसकेको अनि जसको कारण युवाहरु सैनिकमा भर्ना भईसक्दा पनि फर्कनु परेको पिडा रहेको तिनले अझ बताए। यस्तो समस्याले लेप्चाहरु पिरोलिँदा पनि यहाँका राजनैतिक पार्टीहरुले भने त्यस समय आवज नउठाएको बताए। त्यसैको फरस्वरुप लेप्चा बिकाश प्रिषदको निम्ति संघर्ष अघि बडेको अनि आज सरकारले उक्त परिषद गठन गर्न लाग्दा भने लेप्चाहरुलाई आफ्नो अधिकारबाट बञ्चित पार्ने षडयन्त्र भईरहेको तिनले अझ जनाए। “हामी आफ्नो सुरक्षाको निम्ति यसरी संघर्ष गरेर आयौ अनि आज सरकारले सहुलियत दिन लाग्दा राजनीतिकरण भयो। जसको कारण लेप्चाहरु आफ्नो अधिकार खोसिने बुझेर बरु यस्तो हुनु भन्दा आफैलाई समाप्त गरेर लेप्चाहरुको ईतिहास नै मेटि दिन आमरण अंसनमा बसेका हौ” दोजी टी लेप्चाले अझ भने। “यहाँ लेप्चा जाति अहिले फूटबल जस्तै चेप्टिनु परेको छ। केन्द्रमा छुट्टै राज्यको निम्ति प्रक्रिया सरकारले चलाईरहेको समयमा दार्जीलिङ पहाड भने लेप्चा बिकाश परिषदको मुद्दामा अल्झिरहेको छ। के लेप्चा बिकाश परिषदले छुट्टै राज्यको निम्ति बाधा सृजना गरेको छ ?” तिनले प्रश्न गरे। यसैसिलसिलामा लेप्चा जाति राजनैतिक षडयन्त्रमा परेर मर्नु भन्दा आफै मर्न तयार रहेको स्पष्ट पारे। यता लेप्चा युथ संगठनका सल्लाहकार युसुफ सिमिकले लेप्चा बिकाश परिषदले दार्जीलिङका लेप्चाहरुलाई मात्र नभएर बङगालभरी छरिएर बसेका लेप्चाहरुलाई लाभ पुग्ने जनाए। यसले बिरोधाभास सृजना हुने देखेर नै आफुहरुले यसलाई निश्चित सिमा क्षेत्रमा बाँध्न नचाहेको तिनले अझ बताए। आज पहाडमा लेप्चा समुदायले जनसभा डाकेकै दिन गोजमुमो पार्टीले बन्द डाकेको कारण उक्त बन्द लेप्चाहरुकै बिरोधमा डाकेको हुनसक्ने शंका उपार्जन भएको तिनले अझ जनाए। यस सिलसिलामा तिनले यदि मोर्चाले बन्दनै डाक्नु थियो भने पनि आजकै दिन नडाकेको भए कुनै भ्रम सृजना हुने थिएन भनि जनाए। 

त्रीपक्षिय सम्झौताको उल्लंघन गरेर सरकारले साम्प्रादायिक दंगा फैलाउँन खोज्दैछ – गोजमुमो 

 कालेबुङ, ९ फरवरी| “जीटीए गठनले दार्जीलिङ पहाड मुस्कुराईरहेको छ” भनेर राजनैतिक डिङ हाँक्ने बङगालकी मुख्यमन्त्री ममता ब्यानर्जीको भाषण केवल भाषण मात्र हुन तर वास्तवविकता भने अर्कै रहेको छ भन्ने कुराको पोल पहाडको बर्तमान स्थितिले उजागर गरेको छ। गोर्खाल्याण्डको आन्दोलनलाई कुटनैतिक चाल चलेर जीटीएको कुर्सीमा बिसाउँन सक्षम बनेकी ममता ब्यानर्जीको निम्ति अहिले पहाडको समस्या घाँटीमा अडकेको हड्डी नै बनेको छ। पहाडमा तृणमूल सरकारले शान्ति स्थापना गर्योस भनि श्रेय लिने मुख्यमन्त्रीलाई अहिले पहाडमा चर्किन्दो गोर्खाल्याण्डको आवज अनि लेप्चा बिकाश परिषदले निम्ताएको राजनैतिक चल खेलले दार्जीलिङ पहाडको समस्या जीटीएले पूर्ण समाधान गर्दैन भन्ने सन्देश पुगेको छ। तिनले लिएका श्रेयहरु आज पहाडमा डाकिएको 12 घण्डा व्यापी बन्दले नै गतिलो झट्का दिएको छ। पहाडमा शान्ति ल्याउँन सक्षम बने भन्दै घरी घरी पहाड चड्ने मुख्यमन्त्री ब्यानर्जीलाई यसपल्ट पहाड भ्रमण भने पटक्कै लाभधायक बन्न सकेन। दार्जीलिङको चौरास्तामा सार्बजनिक कार्यक्रममा जनताले मुखैमा गोर्खाल्याण्डको जिन्दावादको नारा लगाएर गतिलो चुनौति पाएकी ममता ब्यानर्जीले मोर्चालाई राजनैतिक जालमा फसाउँन लेप्चा बिकाश परिषदको गोटी फ्याँके पनि उक्त गोटीले पहाडमा राजनैतिक अस्थिरता सृजना गरेको छ। राज्य सरकारले लेप्चा बिकाश परिषद गठन गर्ने सिलमोहर लगाउँनसाथ अस्थिर बनेको पहाडमा आज गोजमुमो पार्टीले ‘लेप्चा बिकाश परिषद” गठन प्रक्रियाको बिरोध गर्दै डाकेको 12 घण्टाव्यापी बन्दले सम्पूर्ण पहाड प्रभावित बन्यो। बन्दको समर्थनमा मोर्चा समर्थकहरु बिहानै सडकमा ओर्लिएका थिए भने बेलुकी सम्म नै उनीहरुले बन्दलाई सफल पार्न मूल बाटोमानै अड्डा जमाएर बसेका थिए। यस अवधी सम्पूर्ण दोकान पाट, सरकारी तथा गैरसरकारी कार्यलय, ब्याङ्क बन्द रहेको थियो भने वाहनहरुको चलाचल पूर्णरुपले ठप्प रहेको थियो। बन्दको कारण 24 घण्टा सेवामा हुने सबै ब्याङकहरुको एटीएमहरु पनि बन्द राखिएको थियो। बन्दलाई सफल पार्न बिहान यहाँक़ो डम्बर चौकमा गोजमुमो बिधायक एंव बिधायक डा हर्कबहादुर छेत्री, सभासदहरु, नगरपार्षदगण लगायत युवा अनि नारी मोर्चा कार्यकर्ताहरु व्यापकरुपले सहभागी बनेका थिए। बन्दलाई सफल पार्न सडकमा निस्केका मोर्चा नेतृत्व अनि समर्थकहरुले यहाँको डम्बर चौकबाट महकुमा अधिकारी कार्यलयसम्म अघोषित जुलुस नै निकाले। उक्त भीडले महकुमा कार्यलय अघि पुगेर बङगाल सरकारको बिरोधमा जोडदार नाराबाजी लगायो। डम्बर चौकबाट महकुमा अधिकारीको कार्यलयमा पुगेर मोर्चा टोलीको पक्षबाट डा. छेत्रीको नेतृत्वमा एक टोलीले महकुमा अधिकारी एलएन शेपामार्फत गोजमुमोको पक्षबाट एलडीसी प्रक्रियाको विरोधमा राज्यपाललाई पत्रचार गरेको छ| सरकारले लेप्चा बिकाश परिषद गठन जीटीएको त्रीपक्षीय सम्झौतालाई उल्लंघन गरेको अनि दार्जीलिङ पहाडमा दिर्घदिनदेखी कायम रहेको भाईचारलाई बिगार्ने प्रयास गरेको आरोप लगाएको छ। पछौटे कल्याण विभाग जीटीएमा हस्तान्तरित विभाग रहेको कारण यस्ता परिषदहरु गठन गर्ने अधिकार समेत जीटीएमा हुँदा हुँदै राज्य सरकारले हस्तक्षेप गरेर सम्झौताको उल्लंघन गरेको डा छेत्रीले आरोप लगाए। पहाडमा १९७४ सालमा एकपल्ट गोर्खा अनि बङ्गाली सम्प्रदायमाझ साप्रायदायिक हिंशा भएको थियो भने त्यही हिंशा पुनः दोरिने भय उनले व्यक्त गरे| ‘सरकारले दिएको काउन्सिलले गोर्खा अनि लेप्चाहरूमाझ साप्रदायिक झगडा बढ्ने सम्भना भइरहेको छ| अहिलेसम्म नभएको यस्ता हिंशा पहाडमा हुनसक्छ| यो परिस्थिति आउभन्दा अघि नै यो परिस्थित मेटाउनुपर्छ भनेर हामीले आज राज्यपाललाई पत्रचार गरेका छौं’-उनले भने। यसैक्रममा तिनले गत १४ दिसम्बरमा नै लेप्चा डेभ्लोपमेन्ट बोर्ड जीटीएमा पास गरेका हौं भनि स्पष्ट पारेका छन| “ हामी उनीहरूको सङ्घर्षमा साथ छौं| हाम्रो विरोध उनीहरूको मागसित होइन, सरकारले गरेको गठन प्रक्रियामा हो” डा छेत्रीले अझ भने। तिनले पश्चिम बङगाल सरकारको कदमले अहिले जुन लेप्चा अनि गोर्खाहरुको साम्प्रदायिक मेललाई बिग्राने कार्य भएको छ यसको निम्ति सामाधान निकाल्न मोर्चा प्रयासरत् छ अनि सरकारे पनि ठोस् कदम चाल्न आवश्यक छभनि बताएका छन।

लेप्चाहरुको आमरण अन्शन तेस्रो दिन पुरा : गोजमुमो अनि भागोपले अन्शनकारीहरुलाई भेट गरे

कालेबुङ 9 फरवरी। लेप्चा समुदायका मानिसहरुले शुरु गरेको आमरण अन्शनको आज तेस्रो दिन पनि जारी रह्यो। लेप्चा राईट मुभमेन्टको आयोजनामा शुरु भएको अन्शनको तेस्रो दिन हजार आज भन्दा धेर लेप्चा समुदायका मानिसहरुले भाग लिएका छन। अन्शन शुरु भएको तेस्रो दिन गोर्खा जनमुक्ति मोर्चाले लेप्चा बिकाश परिषद गठन गरेको राज्य सरकारको नीतिको बिरोध गर्दै 12 घण्टा व्यापी पहाड बन्द डाकेको कारण कुनै झडप हुने सम्भावनालाई मध्यनजर राखेर प्रशासनले सुरक्षा व्यवस्था कठोर बनाएको थियो। गोजमुमो पार्टीले 12 घण्टाव्यापी बन्द डाकेपछि बिचल्नीमा परेका लेप्चा समुदायका मानिसहरु आज बिभिन्न स्थानहरुबाट पैदाल यात्रा गरेर नै अन्शन परिसरमा आईपुगेका थिए। यता लेप्चा समुदायले शुरु गरेको अन्शनको तेस्रो दिन प्रशानको पक्षबाट महकुमा अधिकारी एल एन शेर्पाले अन्शन स्थलको परिदर्शन गरेर ताजा परिस्थितिबारे जानकारी लिए। यस अवधी महकुमा अधिकारी शेर्पाले लेप्चा समुदायका मानिसहरुसंग आमरण अन्शन फिर्ता गरिदिने आग्रह गरे। महकुमा अधिकारी शेर्पाले गत तिनदिनदेखि यहाँको थानाडाँडा परिसर अनि टाउनहल परिसरमा बसेको आमरण अन्शन फिर्ता लिने आग्रह गरे पनि लेप्चा समुदायका मानिसहरुले भने उक्त आग्रहलाई मानेनन। जसको कारण अन्शन अझ केही दिन जारी रहने सम्भावना प्रबल बनेको छ। महकुमा अधिकारी एल एन शेर्पाले लेप्चा राईट मुभमेन्ट अनि ईल्टाका अधिकारीवर्गसंग समस्याको समाधान गर्न टेबलमा बसेर बैठक गर्ने सुझाव समेत दिए अनि यस सम्बन्धमा बर्तमान पहाडमा लेप्चा बिकाश परिषद गठन गर्ने क्याबिनेटले प्रस्ताव पारित गरेपछि सृष्टि भएको परिस्थिति लेप्चा समुदायका मानिसहरुले नबनाएको कारण यस सम्बन्धमा समस्या सृजना गर्नेहरुले नै समस्या समाधान गर्न आवश्यक रहेको प्रतिउत्तर दिए। यसै सिलसिलामा आन्शनको तेस्रो दिन आज गोर्खा जनमुक्ति मोर्चाले पहाड बन्द राखेको समयमा नै गोजमुमो प्रवक्ता एंव कालेबुङका बिधायक डा हर्कबहादुर छेत्रीले अन्शनकारीहरु संग भेट गरेर कुराकानी गरे। यस अवसरमा तिनले अंश्नकारीहरुलाई खदा लगाएर तिनीहरुको मनोबल बृद्धि गरे। डा छेत्रीले लेप्चा समुदायका मानिसहरुसंग अन्शन परिशरमा भेट गरेर गोजमुमो पार्टीले लेप्चा बिकाश परिषद गठनको बिरोध नगरेर राज्य सरकारले जीटीएको त्रीपक्षिय सम्झौतालाई उल्लंघन गरेको बताउँदै सोहि राज्य सरकारको नीतिको बिरोध गरेको जानकारी गराए। राज्य सरकारले त्रीपक्षिय सम्झौतालाई उल्लंघन गरेर लेप्चा बिकाश परिषद गठन गरेर पहाडमा बिभाजन गरेर भाईचारालाई बिगार्ने प्रयास गरेको बताउँदै यसको जिम्मेवारी पनि राज्य सरकारनै रहेको बताएका छन। लेप्चा समुदायका मानिसहरुको गोजमुमो पार्टीको आन्दोलनलाई बिगत देखिनै सहयोग गर्दै आएको कारण आफुहरुले पनि लेप्चाहरुको समस्यालाई समाधान गर्ने जिम्मेवारी रहेको बताए। “यो लेप्चा बिकाश परिषदको बिरोध गरेको होईन। तर यहाँ राज्य सरकारले सम्झौताको उल्लंघन गरेकोमा आपत्ति जनाएको हो। हामी तपाईँहरुको साथमा छौ। गोजमुमो पार्टीले लेप्चाहरुको मुद्दलाई पूर्ण सहयोग गर्नेछ” डा छेत्रीले भने। अर्कोतिर आज उक्त आमरण अन्शन परिशरको भारतीय गोर्खा परिसंघका राष्ट्रिय अध्यक्ष रेभरेन डा एनोसदास प्रधानको नेतृत्वमा रहेको टोलीले पनि भेट गरेर अन्शनकारीहरुको मनोबल बडाए। भारतीय गोर्खा परिसंघ लेप्चा जातिको भाषा, संकृतिको बिकाशको निम्ति गठन हुने भनिएको लेप्चा बिकाश परिषदको समर्थनमा रहेको बताउँदै उक्तकुरालाई लिएर राजनैति गरिनु दुर्भाग्यपूर्ण रहेको बताए। “सर्वभारतभरी छरिएर बसेका गोर्खहरुलो पक्षमा हामी लेप्चा समुदायका मानिसहरुलाई साथमा रहेको बताउँछौ। भारतमा अल्पसंख्यकहरुको हितमा हुने कार्यको हामी स्वागत गर्छौ। यो राम्रो कार्य हुँदैछ। यहा कुनै पछौटे जातिको सुरक्षाको निम्ति गरिएको मागको बिरोधमा कुनै पनि राजनैतिक पार्टीले राजनीतिकरण गर्छ भने त्यो दुर्भाग्यपूर्ण मात्र नभएर जघन्य अपराधा हो। यसको भागोपले घोर बिरोध गर्दछ” रेभरेन एनोसदास प्रधानले भने। यस अवसरमा तिनले आगमी दिनहरुमा छुट्टै राज्य गोर्खाल्याण्डको आन्दोलनलाई प्राप्त गर्न लेप्चा समुदायका मानिसहरुबाट बिगतका दिनहरुमा झै भविष्यमा पनि सह्योग हुन आवश्यक रहेको बताए।

Gurung seeks Didi apology

TT;;VIVEK CHHETRI;;Darjeeling, Feb. 9: Gorkha Janmukti Morcha president Bimal Gurung today demanded a public apology from Mamata Banerjee “for having hurt the hill people”, the comments coming on a day the party held the first dawn-to-dusk strike in Darjeeling since the change of guard at Writers’. “Mamata Banerjee must publicly apologise for having hurt the people of the hills,” Gurung said at Chawkbazar in Darjeeling town. On January 29, the chief minister had said during a government programmes in the hills that “Darjeeling is a part of us”, a comment whose timing and choice of venue had come in for criticism. No untoward incident was reported during the strike. 

 The immediate trigger for the Morcha chief’s comments seemed to be north Bengal development minister Gautam Deb’s presence in the hills during the strike. “He has come to Darjeeling to foil our bandh…. Time has come to wave black flags at him,” Gurung said. Dismissing chances of talks with the government, Gurung said: “The government is hurting us every day. Our relation with the state government has been strained and it will not mend easily. In such a situation, we will not talk to the state government. 

We will continue our struggle for Gorkhaland.” Deb did not step out of the government guesthouse, Richmond Hill, during the strike. In the evening, he went to Kalimpong to meet Lepchas fasting for peace. “I have come to express solidarity with the Lepchas,” he said. Deb iterated his willingness for talks. “We are ready to talk to anyone. All issues can be resolved by sitting across the table. We want peace in the hills.

 Let there be development,” Deb said. The Morcha had called the strike to protest the government’s decision to form a Lepcha development board under the backward classes welfare department. The Morcha saw in Deb’s visit an effort to “create a divide” between the Gorkhas and the Lepchas. Gurung today renewed his appeal to the Lepchas to call off their fast. 

Friday, 8 February 2013

पाँचसय भन्दा अधिक लेप्चा समुदायका मानिसहरुले आमरण भोक हडतालमा भाग लिए

कालेबुङ 8 फरवरी। पहाडमा लेप्चा समुदायका मानिसहरुले शान्ति चाहन्छ भनि लेप्चा राईट मुभमेन्टको आयोजना शुरु भएको आमरण भोक हडताल आज दोस्रो दिन पनि जारी रह्यो। 50 जनाको टोलीले यहाँको थानाडाँडा स्थित त्रिकोण पार्कमा शुरु गरेको आमरण भोक हडतालमा बस्नेहरुको संख्या आज दोस्रोदिन बृद्धि भएर पाँचसय भन्द अधिक भएको छ। आज आमरण भोक हडतालको दोस्रो दिन जिल्लाभरीका लेप्चा समुदायका मानिसहरु सरिक भएका छन।

 उक्त आमरण भोक हडतालमा बस्नेहरुको संख्या बृद्धि भएपछि त्रिकोण पार्कमा स्थानको अभावले टाउनहल परिसरमा पनि भोक हडतालमा लेप्चा समुदायका मानिसहरु बसेका छन। आगमी दिनहरुको भोक हडतालमा बस्नेहरुको संख्या अझ बृद्धि हुने सम्भावना बडेको छ। लेप्चा जातिको बिकासको निम्ति पश्चिम बङगाल सरकारले लेप्चा बिकाश परिषद गठन गरेपछि दार्जीलिङ पहाडको राजनैतिक वातवरण अचानक अन्योल बनेको छ।

 बिशेष पहाडमा सत्तासिन पार्टी गोजमुमोले लेप्चा बिकास परिषद गठन गरेर जीटीएको उल्लंघन गरेको आरोप लगाउँदै पहाड बन्दको घोषणा गरे पछि लेप्चा समुदायका मानिसहरुले असुरक्षित महुश गरेका छन। आफ्नो भाषा, साहित्य तथा संस्कृतिको बिकासको निम्ति सरकारले गठन गरेको लेप्चा बिकास परिषदको एकाएक राजनीतिकरण भएको कारण लेप्चा समुदायका मानिसहरु असुरक्षित भएको बताउँदै लेप्चा समुदायले केवल शान्ति चाहन्छ भन्दै आमरण भोक हडताल बसेर मर्न समेत तयार रहेर सडकमा उत्रिएका छन। 

लेप्चा राईट मुभमेन्टको आयोजनामा शुरु भएको उक्त आमरण भोक हडतालको आज दोस्रो दिन उक्त भोक हडताल परिसरमा ईण्डिजिनियस लेप्चा ट्राईबल एसोसिएसनका अदाधिकारीवर्गको बिशेष उपस्थिति रहेको थियो। यस अवसरमा उक्त भोक हडतालमा आज अखिल भारतीय गोर्खालिग पार्टीका महासचिव प्रताप खाती, गोर्खाल्याण्ड टास्क फोर्सका अध्यक्ष सुखमान मोक्तान, महासचिव मुनिश तामङ, असमबाट गोर्खा बिकाश परिषदका कार्यकारी प्रमुख अरुण उपाध्याय आदिले भेटघाट गरेर लेप्चा समुदायका मानिसहरुको मनोबल बृद्धि गरे।


 उक्त आमरण भोक हडतालको आज दोस्रो दिन लेप्चा राईट मुभमेन्टका संयोजक भूपेन्द्र लेप्चाले सरकारले लेप्चा बिकाश परिषद गठन गर्ने प्रस्ताव पारित गरेपछि पहाडमा एक्कासि अशान्ति बृद्धि हुँदा लेप्चा समुदायका मानिसहरुलाई आघात पुगेको कारण यस्तो अशान्तिमय वतावरणमा बाँच्न भन्दा आफैलाई बलिदान दिन उचित ठानेर आमरण भोक हडतालमा बसेको जनाए। “हामी अशान्ति चाहँदैनौ। यहाँ लेप्चाहरुले जातिको सर्वाङ्गीन बिकाशको निम्ति गठ्न गर्ने भनिएको लेप्चा बिकाश परिषदको कुराले अशान्ति सृजना हुँदा हामी आफ्नो भूमी आफैलाई बलिदान दिन निस्केका हौ” भूपेन्द्र लेप्चाले भने।

गोजमुमोले लेप्चा बिकाश परिषदको बिरोध गरेको छैन तर मिडियाले कुरा बङ्गाउँदैछन – गोजमुमो

कालेबुङ 8 फरवरी। राज्य सरकारले लेप्चा बिकाश परिषद गठ्न गरेर ठिक गरेर भन्ने गोजमुमो पार्टीले भाका फेरेर लेप्चा बिकाश परिषद स्वागतयोग्य रहेको बताएको छ। आज यहाँको गोजमुमो पार्टी कार्यलयमा गोजमुमो स्टडी फोरमका सदस्य डा आर बी भुजेलले एक पत्रकार सम्मेलन डाकेर आहुहरु लेप्चा बिकाश परिषदको बिरोधमा नरहेको स्पष्टिकरण दिए। तिनले पत्रकारहरुसंग कुराकानी गर्दै मोर्चाले डाकेको 12 घण्टाव्यापी पहाड बन्द लेप्चा बिकाश परिषद गठनको बिरोधमा होईन भनि थप स्पष्टिकरण दिएका छन।

 “यहाँ कतिपय भूल बुझाबुझ भएको छ। यहाँ मिडिया तथा क्षेत्रीय सञ्चार माध्यमहरुको कारण यस्तो भूल सृजना भएको हो। यो कुनै व्यवस्थाको बिरोधमा डाकिएको बन्द होईन। यो बन्द बङगाल सरकारको नीतिको बिरोधमा डाकिएको बन्द हो” – डा भूजेलले स्पष्टिकरण दिदै भने। तिनले यहाँ गोर्खा जातिलाई एकार्कमा बिभाजन ल्याउँने षडयन्त्र भईरहेको आरोप लगाउँदै गोजमुमो पार्टीले लेप्चाहरुको कहिल्यै बिरोध गर्दैन भने। 

“लेप्चाहरुको निम्ति गठन हुने लेप्चा बिकाश परिषदको हामी बिरोध गर्दैनौ। यस गठन हुन लागेको लेप्चा बिकास परिषदलाई गोजमुमोले पूर्ण समर्थन गर्छ अनि त्यसैको फलस्वरुप जीटीएमा लेप्चा बिकाश बोर्डको प्रस्ताव हामीले पारित गरिसकेका छौ” डा भूजेलले अझ भने। तिनले बङगाल सरकारले जीटीए गठन भए पछि यस भित्र पर्ने बिषयहरुमा राज्य सरकारले कुनै निर्णय लिन अघि जीटीएको अधिनस्थ कार्य हुनपर्ने स्पष्ट अघिबाटै अडान राखेको हुँदा हुँदै पनि राज्य सरकारले जीटीएको नियमको उल्लंघन गरेको तिनले आरोप लगाए।

 राज्य सरकारले जीटीए भित्र पर्ने बिषयलाई पनि आफुखुशी गरेर पहाडका एकमुष्ठ जातिमाझ बिभाजन ल्याउँन खोजेको आरोप लगाउँदै उक्त षडयन्त्रबाट सबै जोगिन पर्ने तिनले आह्वान गरे। अर्कोतिर सोही पत्रकार सम्मेलनमा गोजमुमो सांगठनिक सचिव सामुएल गुरुङले मुख्य मन्त्री ममता ब्यानर्जी दार्जीलिङ आएको समयमा यहाँका जनताले छुट्टै राज्य गोर्खाल्याण्डको माग चर्काएको कारण तिनले राजनैतिक दाऊपेच अप्नाएर लेप्चा बिकाश परिषद गठनको घोषणा गरेको दाबी गरे। 

पहाडको एकता अनि भाईचारालाई तिनले भंग गर्ने ठूलो राजनैतिक षडयंत्र अप्नाएको कारण सबै सचेत बन्नु पर्ने पनि तिनले आह्वान गरे। “दार्जीलिङका जनताले गोर्खाल्याण्डको नाराबाजी लगाउँदा रिसाएकी ममता ब्यानर्जीले गोर्खाहरुमा फूट ल्याउँन यो राजनैतिक हतियार फ्याँकेका हुन” सामुएल गुरुङले भने। यस अवसरमा तिनी पनि डा आर बी भुजेल झै पत्रकारहरुलाई आरोप लगाउँन पछि परेनन।

 तिनले दार्जीलिङमा गोजमुमो अध्यक्ष बिमल गुरुङले केहीदिन अघि लेप्चा बिकाश परिषदको बिरुद्धमा सर्वोच्च न्यायलयमा मुद्दा दर्ता गर्ने दिएको चेतीवनीलाई आँखा चिम्लेर बिर्सन्दै पत्रकार तथा समाचार माध्यमहरुले “गोजमुमोले लेप्चा बिकाश परिषदको बिरोध गर्योर” भन्ने लेखेर बयानलाई बङगाउँने कार्य गरिरहेको आरोप मिडियाकर्मीहरु प्रति थोपे।