कालेबुङ मनि तामङ;माकपा नेता तारा सुन्दासले पोष्ट अफिसद्रारा दैनिक आर्थिक लेनदेन हुने क्षमता केवल क्षमता छ लाख रुँपिया मात्र रहेकोले ब्यापक असुबिधा उत्तपन्न भएको बताँउदै,पोष्ट अफिसबाट हुने,आर्थिक कारोबार ब्यावस्थाको बिरोध गरेका छन्|यसै सम्बन्धमा तारा सुन्दासले प्रमुख डाकघर दार्जीलिङका अधिक्षकलाई पत्रचार गरेका छन्|मुख्य गरेर कालेबुङको एक,दुई अनि खण्ड दुर्गम क्षेत्रमा पर्ने भएकोले यस खण्डभित्र रहेका ग्रमिण डाकघरहरुलाई अधिक क्षमता प्रदान गर्नु पर्ने माग गरेका छन्|सुन्दासले कालेबुङभित्र ४२वटा ग्रामपञ्च्यात क्षेत्रमा भइरहेका नरेगा कार्यहरु सञ्चालन गर्न डाकघरबाट नै कार्यका लागतहरु लेनदेन गर्नु पर्ने भए पनि मुख्य डाकघरबाट दैनिक छ लाख अनि ग्रामिण डाकघरबाट दैनिक २० हजार रुपिँयाको मात्र लेनदेन गर्न स्कने ब्यवस्था रहेकोले धेरै समस्या उपार्जन गरेको बताएका छन्|यस सम्बन्धमा सुन्दासले कालेबुङ डाकघरका पोष्टमास्टर पारस थापासित पनि भटघाट गरे|यता पोष्टमासटर पारस थापाले सुन्दासले उठाएको कुरा सही रहेको बताँउदै समस्या धेरै रहेको बताए|सुन्दासले बुझाएको ग्यापन शिग्रनै उच्च निकायमा पठाएर समाधानको अपिल गर्ने बताएका छन्|
Friday, 3 February 2012
डाकघरले गरिब जनताको आँसु पुस्न नसकेको माकपाको अभियोग
Thursday, 2 February 2012
गोर्खाल्याण्डको निम्ति राजिनामा दिन तयार छौ डा छेत्री
मनि तामङ;राज्य सरकार र केन्द्र सरकार माझ मतैकय भएको कारण जिटिए गठन हुनुमा ढिल्याई भएको आंशका गोजमुमोले गरेको छ|१८ जुलाई२०११को दिन सिलगडीको पिन्टेल भिलेजमा राज्य, केन्द्र अनि गोजमुमो माझ जिटिए सम्झौता भएको छ महिना बितिसक्दा प
नि समझौता अनुसार कार्यव्यन नहुदा गोजमुमो बिलख बन्दमा परेको छ|यसैलाई लिएर गोजमुमोले पुर्न गोर्खाल्याण्डको आन्दोलन गर्ने चेतावनी सरकारलाई दिरहेको छ|गोजमुमो सुप्रिमो बिमल गुरुङले २७ मार्चको अलटिमेटम दिएको छ भने,बुधबार दार्जीलिङमा बसेको मोर्चाको केन्द्रिय समितीको बैठकमा २२ मार्च सम्म जिटिए हुनु पर्ने निर्णय लिएको छ|यता आगमी १७ अप्रेलको दिन सुकुनामा जनसभा गरेर गोर्खाल्याण्ड आन्दोलनको धोषना गर्ने भाको छ|आज पत्रकारहरुसँगको साक्षातकार गर्दै,मोर्चा प्रवक्ता हर्क बहादुर छेत्रीले राज्य अनि केन्द्र सरकारको कार्यमा असनतुष्टी ब्यक्त गरेका छन्|दुवै सरकारको सक्रियतामानै जिटिए सम्झौता भए पनि उनिहरुलेनै सम्झौता कार्यव्यन गर्न बिलम्ब गर्नुको पछि कुन कारण रहेको सो बुझ्न नसकेको तिनले जनाए|हाईपावर कमिटीले किन छ महिनाको समय माग्यो त्यो पनि मोर्चालाई थाहा नभएको बताए| यो बिलम्ब राज्यकी मुख्य मन्त्री ममता ब्यानरजीलाई अपठ्यारोमा पार्ने परिस्थिती ल्याउनै गरेको हो भन्ने आशंका पनि डा छेत्रीले ब्यक्त गरे|तिनले अझ बोल्दै,यदि एसआरसिको गठन भयो भने मोर्चा चुप लागेर नबस्ने बताउदै,गठन हुदा गोजमुमो अध।यक्षबाट छौकी छोड्ने आदेश आए,बिधायकको पद्बाट राजिनामा दिन पनि तयार रहेको डा छेत्रीले बताए|गोर्खाल्याण्ड टास्क फोर्सले गोर्खाल्याण्ड गठनको निम्ति राज्य पुर्नगठन आयोग नबसे यसको उत्तरदायी जिटिए समर्थक दलनै हुने दिएको वकत्ब्यको पनि डा छेत्रीले खण्डन गर्दै,जिटिएफ पोस्टर फोर्स रहेको अनि उत्तदाहित्वहिन कुरा जिटिएफले नगरे हुने बताए|
Wednesday, 25 January 2012
नयाँ दल गठन गर्नेहरुको कालेबुङमा केहिदिन अघि बैठक
डी के वाइबा: कालेबुङ २५ जनवरी;
दार्जीलिङ पहाडमा केहि महिना अघिदेखि चलेको नयाँ राजनैतिक दल गठन हुने कुराको नक्सा बिस्तारै अघि आँउन थालेको छ। बिशेष सुत्रले दिएको जानकारी अनुसार केहिदिन अघिमात्र उक्त दल गठन गर्ने दौडमा कुदिरहेका मानिसहरुको कालेबुङमा बैठक सम्पन्न भयो। उक्त बैठकमा पूर्व भाजपाका अध्यक्ष दावा शेर्पा, पिपल्स फोरमका महासचिव प्रवीण गुरुङ, युजिआरएफ प्रमुख अजय दहाल लगायत कालेबुङका कातिपय दलका नेताहरुसमेत रहेको सुत्रले बताएको छ। बैठकमा बर्तमान पहाडको राजनैतिक परिस्थितिबारे चर्चा पारिचर्चा अनि नयाँ दल गठनको निम्ति चाल्नु पर्ने सतर्कताबारे कुराकानी भएको सुत्रले बताएको छ। छुट्टै राज्य गोर्खाल्याण्डको नारा लिएर जन्मेको राजनैतिक दल गोजमुमोले गोर्खालयाण्डको मुद्दा छोडेर जीटीएमा सम्झौता गरे पछि अहिले घरि पहाडमा गोर्खाल्याण्डको आन्दोलन चर्काउँने ताकमा कातिपय मोर्चा बिरोधी मानिसहरु लागी परेको छ। उनीहरुको समय समयमा बिभिन्न स्थानहरुमा बैठकहरु समेत भईरहेको छ भने यस बैठकको क्रमलाई अहिलेघरि निकै सक्रियता दिएको सुत्रले बताएको छ। गोर्खाल्याण्डको नारा दिएर गठन हुने दल काहिले जनताको अघि आउँनेहुन् भन्ने कुरा स्पष्ट नभएता पनि यसको मोटामोटि स्वरुप तयार भएको सुत्रले जानकारी दिएको छ। सुत्रले दिएको जानकारी अनुसार अहिले पहाडमा नयाँ राजनैतिक दल गठन हुन नदिन कतिपय शक्तिहरु समेत सक्रिय रहेको छ। उक्त शक्रिय रहेको अदृष्य शक्तिहरु सित बाँचन नयाँ राजनैतिक दल गठन गर्ने होडमा कुदिरहेको मानिसहरुलाई समेत कतिपय ठाँउहरुमा असुबिधा सृजना भईरहेको कारण यसको उदय हुने कुराको अन्तिम निष्कर्ष निस्कन सकिरहेको छैन। जसको कारण नयाँ दल गठन गर्ने मानिसहरुले आफ्ना कुराहरुलाई एकदमै गोप्य राख्न खोजिरहेको थाह लागेको छ। बिशेष नयाँ दल गठन गर्ने होडमा जीएलओ प्रमुख छत्र सुब्बाको नाम केहिदिन अघि अघिल्लो पंक्तिमा रहेको थियो। उक्त कुरालाई ध्यानमा राखेर यदि छत्र सुब्बाले पहाडमा राजनीति शुरु गरे बर्तमान समयमा गोजमुमोलाई खत्राहुने निश्चित बनेको कारण तिनलाई मोर्चाको तर्फबाट रिझाउँने प्रयास भएको समेत सुत्रले जनाएको छ। केहि दिन अघि रेलीको बगरमा मोर्चा प्रमुख बिमल गुरुङ अनि छत्र सुब्बाको भेटले नयाँ दल गठनको होडमा कुदिरहेका मानिसहरुलाई ब्याकफुटमा पारेको समेत सुत्रले जानकारी दिएको छ। हुन त उक्त भेटलाई लिएर दुवै नेताहरुले संयोगवस भेट भएको बताएता पनि भेट मोटा मोटी सुनियोजित रहेको सुत्रले दाबी गरेको छ। सुब्बाले पाहाडमा पुन: राजनीति नगरोस भन्ने चाहना मोर्चाका नेताहरुले राखेका कारण तिनालई सुनियोजित तरिकाले रेलीको बगरमा आयोजित कार्यक्रममा निमन्त्रणा दिएको सुत्रले थप दाबी गरेको छ। यता नयाँ राजनैतिक दल गठन गर्ने होडमा कुदिरहेका नेताहरुले यसबारेमा अहिले छत्रसुब्बा र बिमल गुरूङको भेटलाई निकै गहन तरिकाले हेरेको अनि सुब्बालाई दलमा सामेल गराउँन पर्ने हुन् कि होईनन् भनेर समेत बिचार गरिरहेको सुत्रले बताएको छ।
Monday, 23 January 2012
hill administration run by don and mafias-ajay dahal
After a series of murder in the hills United gorkha revolutionary
front president Ajay Dahal said that after some outside forces
established don and mafia to suppress gorkhaland agitation in the
Darjeeling hills law and order , development ,education are been run
behind the scene by these don and mafia . Small drug pedlars and
addicts along with criminal have been boosted after the don has
captured the political chair. without pin pointing any one he told
that nowadays police run after seeing these criminal quite contrary to
old days when criminal run after seeing police or a teacher. During
G.N.L.F time the so called don and mafia was placed in a second phase
but now they are placed in the chair and the running the
administration. Many honourable politicians were murdered in board day
light in the hills but the murders are untraceable who now are
thinking that they are above the law and the constitution. All these
have resulted in the loss of so many political figures that now
Darjeeling hills have no able politician to lead. Local political
interference in the police work has make gang culture to boost up he
alleged. He has make an appeal to the public police, intellectuals and
youth brigade to come in a same platform to stand against the so
called don and mafia and to bring the lost glory of the hills and
maintain a communal harmony .
डी के वाइबा;कालेबुङ २३जनवरी:
यहाँको १२ माईल नजिक भएको सडक दुर्घट्नामा ६ जना मानिसहरु घाईते भएका छन् भने २ जनाको अवस्था गम्भिर रहेको कारण सिलगढी रेफर गरिएको छ। जानकारी अनुसार डब्ल्यु बी २५५६ कमाण्डर कालेबुङदेखि गिडाब्लीङ गईरहेको समयमा उक्त दुर्घट्ना भएको हो। उक्त दुर्घटना लकभग ४ बजे बेलुकि भएको हो। उक्त दुर्घट्नामा घाईतेहुनेहरु क्रमैले साईमन जेम्स(४२), चन्दन जेम्स(१५), कुञ्जन लेप्चा(३७), आकाश शेर्पा(१८), फूर्बा छिरिङ भुटिया(६७) अनि छिमिला भुटिया(११) रहेका छन्। घाईतेहरुलाई यहाँको माहकुमा अस्पतालमा उपचारको निम्ति भर्ना गरिएको छ भने छिरिङ भुटिया अनि छिमिला भुटियाको अवस्था चिन्ताजनक रहेको कारण सिलगडी रेफर गरिएको छ। उक्त वाहन कालेबुङबाट बुधबारे गिडाब्लीङ गईरहेको समयमा स्ट्रीङ लक भए पछि सडकमा नै पल्टिए। दुर्घट्नामा वाहनका चालक हिरा राईलाई सामान्य चोट लागेको छ भने तिनलाई प्राथमिक उपचार पछि अस्पतालबाट छुट्टी दिएको छ। चालकले दिएको जानकारी अनुसार वाहन कुदिरहेको समयमा अचानक स्ट्रीङ लक भए पछि उक्त दुर्घटना भएको हो। घाईतेहरुको शरिरको बिभिन्न भाग अनि टाउकोतिर चोटपटक लागेको छ।