Pages

Thursday, 7 March 2013

छेवाङ भोटिया आक्रमण : कालेबुङ थानाप्रभारी स्थान्तरण, एसपीले गरे बैठक

डी के वाइबा, कालेबुङ 7 मार्च। तृणमूल नेता छेवाङ भोटिया हत्याकाण्डले पहाडमा आम मानिसहरुको सुरक्षा बिषयमा चिन्ह खडा भएको छ। यसै सिलसिलामा पहाडमा गणतन्त्रको हत्या भईरहेको छ भनि अन्य राजनैतिक पार्टीहरुले आरोप लगाउँदै सुरक्षा व्यवस्था कठोर बनाउँनु पर्ने माग गरिरहेको छ। छेवाङ भोटिया हमलाकाण्ड भएको 24 घण्टा बित्न नपाई आज कालेबुङमा थाना प्रभारी प्रसाद प्रधानले आफ्नो पद छोडेर स्थान्तरण हुन पर्यो4।

 जानकारी अनुसार प्रधानको स्थान्तरण आदेश अघि नै आएको भए पनि तिनी कालेबुङ थाना नै प्रभारीको रुपमा बसिरहेका थिए। लकभग दुईवर्ष कालेबुङ थाना प्रभारीको रुपमा रहेका प्रधानको स्थान्तरण कोलकोता नजिक भएको कारण तिनले आफ्नो स्थान्तरण सिलगडीमा गरिदिने बिचारक पत्र उच्च अधिकारीलाई चडाएका थिए। यसै समयमा केहिदिन अघि यहाँको ईष्टमेन रोडमा एकजना महिलाको दिउँसै घभित्र हत्या भएको थियो।

 उक्त हत्याकाण्डको सुराग समेत पत्तो लगाउँन असपल बनिरहेको पुलिस प्रशासनको भूमीका माथि अनेक प्रश्न खडा भईरहेको समयमा तृणमूल नेता छेवाङ भोटिया माथी प्राणघातक हमला भएपछि घटनाको नकारात्मक प्रभाव थाना प्रभारी प्रधानले भोग्न परेको छ।

 भोटिया आक्रणकाको गुत्थि सुल्झाउँन सक्रिय बनेर तिनले रातीनै बिभिन्न स्थानहरुमा छापा मारेर मोठ पाँचजना पक्राउ गरेर केहि राहतको श्वास फेरिरहेको समयमा पुलिस बिभागको उच्च अधिकारीले तिनलाई तत्काल प्रभारीको पदभार छोड्ने टेलिफोनिक निर्देश दिएपछि तिनले आफ्नो पदभार अस्थायी रुपमा सेराप लेप्चालाई सुम्पिएर स्थान्तरण भए।

 यस अवधी कालेबुङ थाना प्रभारीको पदभार गोरुबथान थाना प्रभारी रबिन गुरुङले लिने सुत्रले जानकारी दिएको थियो भने पछि केहि कारणवस उक्त आदेश पनि उच्च अधिकारीले खारेज गरेर सिलगडीबाट प्रविण कुमार दे सरकारलाई सुम्पिएको जानकारी प्राप्त भएको छ। कालेबुङ थाना प्रभारीको पदभार छोडेर स्थान्तरन भएका प्रधान कालेबुङ थानाबाट सोझै बालुरघाट पुलिस थानामा मोबाईल टास्क फोर्समा स्थान्तरण भएका छन।  

यता तृणमूल नेता भोटिया माथी आक्रण भएर शहरमा आतङ सृजना भए पछि आज दार्जीलिङ पुलिस अधिक्षक कुनाल अग्रवालले पनि कालेबुङको दौडाह गर्दै जानकारी लिए। तिनले यसै अवधी यहाँको बिर्ला हाउसमा कालेबुङका अतिरिक्त पुलिस अधिक्षक सोङमित लेप्चा लगायत क्रामाकपा अनि बिभिन्न पार्टीहरुको साझा मञ्च गोर्खाल्याण्ड टास्क फोर्सका प्रतिनिधीहरु संग बैठक गरे। 

उक्त बैठकमा क्रामाकपा पार्टीका कलेबुङ आञ्चलिक समिति अध्यक्ष किशोर प्रधान, प्रवक्ता मोहन पौडयाल भागोप आध्यक्ष रेभरेन डा एनोसदास प्रधान, क्रामाकपा महासचिव तारामणी राई अभागोली महासचिव प्रताप खाती उपस्थित रहेका थिए। उक्त बैठकमा उपस्थित प्रतिनिधीहरुले दार्जीलिङ पहाडमा गणतन्त्र नरहेको दाबी गर्दै पहाडमा गणतन्त्रको स्थापना गर्नुपर्ने माग गरेका छन। यस सिलसिलामा बैठकमा उपस्थित प्रतिनीधीवर्गले पहाडमा शान्तिवहालीको माग गर्दै पुलिस तैनाथ गर्नुपर्ने माग गरेको छ। 


उक्त बैठकबारे कसैले पत्रकार सम्मेलन डाकेर आधिकारीक जानकारी नदिए पनि पुलिस अधिक्षक अग्रवाललाई सबै राजनैतिक पार्टीका नेताहरुले घटनाकाण्डका दोषीलाई यथाशिघ्र पक्राउ गर्नुपर्ने माग गर्दै कानुनी कार्वाही गर्नुपर्ने माग गरेको सुत्रले जानकारी दिएको छ। यस बिषयमा पुलिस अधिक्षकले कार्वाही गर्ने आश्वासन दिएको सुत्रले अझ बताएको छ।यता शहरमा कुनै अशान्ति नहोस भन्ने उदेश्य राखेर प्रशासनले र्यािफका जवानहरु तैनाथ गरेको छ। यस अवसरमा आज उक्त र्यामफका जवानहरुले शहरमा गस्ति लगाउँन शुरु गरेको छ। 

छेवाङ भोटिया हमलाकाण्डका दुई आरोपी पुलिस रिमाण्डमा

डी के वाइबा, कालेबुङ 7 मार्च। तृणमूल नेता छेवाङ भोटिया माथी भएको प्राणघातक हमलाकाण्डले शहरमा सनसनी छाएको छ। कालेबुङ पुलिसले सक्रियता अप्नाउँदै राती छापामारी अभियान चलाएर मोठ पाँचजना आरोपीहरु पक्राऊ गरेर आज न्यायलयमा पेश गरेको थियो। उक्त पाँच आरोपीहरु मध्ये दुईजनालाई पुलिस रिमाण्डमा लिईएको छ। यद्यपी हमलाकाण्डको 24 घण्टा बितिसक्दा समेत पुलिसले प्राथमिकीमा नाम भएका मुख्य आरोपीहरुलाई पक्राऊ गर्न सकेको छैन।

 तृणमूल कङ्ग्रेसले प्राथमिकीमा उल्लेख गरेका युवा मोर्चा नेताहरुलाई पक्राऊ गर्न पुलिसले अभियान तिब्र पारेको छ भने आज राती पुलिसले बिभिन्न स्थानहरुमा छापामारी अभियान चालाएको थाह लागेको छ। हमलाकाण्डका मुख्य आरोपीहरु अझसम्म पुलिसको पञ्जामा नपरे पनि कालेबुङ पुलिसले आफ्नो सक्रियता अप्नाउँदै बिभिन्न स्थानहरुमा छापा मारी अभियान जारी राख्ने कार्य गरेको छ। तृणमूल नेता भोटियालाई प्राणघातक हमला गरेको आरोपमा पुलिसले मनोज सिह, बिजय छेत्री, अनिल छेत्री, दिलीप पाशवान अनि बिकाश रुमटेललाई पक्राउ परेका छन। 

पुलिसले पक्रा गरेका पाँच आरोपीहरुलाई यहाँको न्यायलयमा पेश गरे पछि दुईजनालाई पुलिस रिमाण्डमा राख्ने न्यायलयलाई अर्जी चडाएको थियो। पुलिसले चडाएको अर्जीलाई स्वीकार गर्दै एसीजेएम कोर्टका न्यायधिस राणा दामले दुई आरोपीहरु बिजय छेत्री अनि दिलीप पाशवनलाई तीन दिनको पुलिस रिमाण्डमा राख्ने निर्देश दिएको छ भने अन्य तीनजनालाई भने न्यायिक हिरासतमा पठाएको छ। पक्रा परेका आरोपीहरुहरु बिरुद्ध आईपीसिको धारा 147, 148, 149, 325, 326, 307, 447 अन्तर्गत हत्याको प्रयास, धारिलो हतियारले प्रयोग गरेको आदि बिषयहरुमा मुद्दा दर्ता गरेको छ। पुलिसले घटनाको गुत्थि सुल्झाउँन पक्रा परेका आरोपीहरुलाई सोधपुछ जारी राखेको छ।


 यसको साथै यहाँको बिभिन्न स्थानहरुमा आरोपीहरु लुकेको हुनसक्ने अनुमान लगाएर छापामार्ने कार्य गरिरहेको थाह लागेको छ। सुत्रले दिएको जानकारी अनुसार पुलिस बिभागको उक्च पदस्थ अधिकारीबाट आरोपीहरुलाई तत्काल पक्राऊ गरेर कानुनी कार्वाही गर्नुपर्ने निर्देश दिएको कारण पुलिसले आरोपीहरुलाई खोज्ने अभियान तिब्र पारेको थाह लागेको छ। यसै बिषयहरुमा आज दार्जीलिङ जिल्ला पुलिस अधिक्षक कुणाल अग्रवाल कालेबुङ आईपुगेका थिए। तिनले कालेबुङको वर्तमान व्यवस्था के कस्तो रहेको छ भन्ने बिषयमा अतिरिक्त पुलिस अधिक्षक सोङमित लेप्चा संग कुराकानी गरे।

Attack on TMC members, Yuva Morcha activists arrested

KNE;Mukesh Sharma Kalimpong, March 06: Some unknown people barged into the Trinamool Congress (TMC) of the hills’ meeting being held at a local hotel today. The TMC leaders especially Chewang Bhutia (President, Kalimpong Branch) and Bruno Lepcha suffered major injuries during the incident. The injured have been taken to a hospital in Siliguri amid tight security. It has been informed that Chewang Bhutia’s condiction is critical. 

During the meeting 10 members of the TMC District Committee were present. They were, Mahendra Gazmer, Tshering Sherpa, CP Khatiwada, Sanjeev Kabo, Michael Ling Damu, Pema Moktan, Gopal Chettri, Sukh Bahadur Subba including Chewang Bhutia and Bruno Lepcha. The TMC leaders have alleged the Gorkha Janmukti Morcha (GJM) for the act. They said that around 20-30 members of the Yuva Morcha attacked them. 

The TMC leaders mainly stated the names of Barood Thapa, Binay Ghising Prabhat Ghising and Dipesh. “We were attacked with flower pots, rods and wooden planks on our head, face and back”, they said. An FIR was lodged against the attackers by the TMC workers at the Kalimpong Thana. 

Kalimpong ASP, Songmit Lepcha informing about the same said that FIR has been lodged against 20-30 Yuva Morcha activists. However, she refrained from saying the names of the Morcha workers. She said that the investigation of the incident is going on.

Morcha condemns the charges

KNE;Kalimpong, March 06: On the other hand the Gorkha Janmukti Morcha (GJM), kalimpong has condemned the incident. The GJM Sub Divisional Secretary, Kumar Chamling speaking to the reports said clarified that during the time of the incident, the GJM Sub Divisional Committee and its various frontal organizations were busy preparing about their future programmes at the party office. “None of our party members or workers are involved. All the allegations leveled against us are false”, he advocated. However, on the other hand, the Police after around 3 hours past the incident, have arrested 4 Morcha cadres namely, Bijay Chettri, Anil Chettri, Dilip Paswan and Manoj Singh. The North Bengal Development Minister, Gautam Deb condemning the incident has demanded early arrest of the accused. Deb advocated that TMC wants peace and development in the hills. More Police forces have been deployed in Kalimpong soon after the incident occurred.

Justice sought for Late Jamuna Tamang

KNE;Kalimpong, March 06: The locals along with various organizations of East Main Road today carried out a rally demanding the speedy arrest of the murderer(s) of Jamuna Tamang. Still after 48 hours past the incident the murderer(s) have not been arrested. The rally under the leadership of Yuva Morcha gathered at the Police Station demanding justice for the deceased. They demanded that the murderer(s) should be arrested within a week, for which a memorandum was also submitted to the Thana In-charge, Prasad Pradhan. The In-charge informed that investigation is going on. There are no eye witnesses in the case, thus, the Police are now waiting for the detailed report of the post mortem. The area people also assured of help to the Police for solving the case.

Gampopa Empowerment by17th Gyalwa Karmapa

Gangtok, March 06: His Holiness the 17th Gyalwa Karmapa Trinley Thaye Dorje shall be bestowing Gampopa Empowerment at Karmapa International Buddhist Institute in New Delhi on March 10th, 2013 responding to the request of the monks and students. This shall be followed by Manjushri Empowerment on March 12th, 2013 and Vajra Pani Empowerment on March 13th, 2013. Lastly there will be an elaborate dharma teaching on March 15th, 2013.

Wednesday, 6 March 2013

“पहाडमा गणतन्त्र छैन” भनेको आधा घण्टाबित्न नपाई तृणमूल नेतामाथी हमला

डी के वाइबा, कालेबुङ 6 फरवरी। कालेबुङका तृणमूल क़ङ्गेस अध्यक्ष छेवाङ भोटिया माथी आज प्राण घातक हमला भयो। समाचार लेखुञ्जेलसम्म तिनको अवस्था सोचनीय रहेको थाह लागेको छ। भोटिया अज्ञात व्यक्तिहरुको हमलाको शिकार हुन अघि पत्रकार सम्मेलनमा बोल्दै पहाडमा गणतन्त्र छैन भनि दाबी गर्दै थिए। यहाँको एउटा नीजि होटल परिसरमा आज तृणमूल नेता छेवाङ भोटिया अनि अन्य तृणमूल कङ्ग्रेस नेताहरुको अनौपचारिक भेटघाट कार्य रहेको थियो।

 उक्त अनौपचारिक भेटघाट कार्यमा तृणमूल कङग्रेसका नेताहरु छेवाङ भोटिया लगायत महेन्द्र गजमेर, छिरिङ शेर्पा, ब्रुनो लेप्चा, सञ्जिप काबो, माईकल लिङ्दामो, पेमा मोक्तान, गोपाल छेत्री, सुकबहादुर सुब्बा, सी पी खतिवडा उपस्थित रहेका थिए। तिनीहरुले भेटघाट गरेर दलीय कार्यबारे छलफल गरिरहेका थिए। पार्टीका आगमी कार्यक्रम कसरी गर्नपर्ने तथा दार्जीलिङ पहाडमा तृणमूल कङ्ग्रेस बिस्तारको निम्ति कसरी रणनीति अप्नाउँनुपर्ने भन्ने बिषयमा नै चर्चा परिचर्चा गरिरहेका थिए।

 पार्टीगत चर्चा गरेपछि तृणमूल कङ्ग्रेसका कालेबुङ महकुमा समिति अध्यक्ष छेवाङ भोटियाले पत्रकार सम्मेलन गरेर दलीय कार्यबारे चर्चा परिचर्चा गरेको जानकारी दिए। तिनले यस अवसरमा पहाडमा गोजमुमो पार्टीले गणतन्त्रको हनन गरिरहेको समेत आरोप लगाए। “दार्जीलिङ पहाडमा गणतन्त्र छैन। यहाँ मोर्चाले गणतन्त्रको हनन गरेको छ। पहाडमा शान्ति तथा गणतन्त्रको स्थापना नै हिल तृणमूलको पहिलो उदेश्य हो। 

हामी छुट्टै राज्य गोर्खाल्याण्ड चाहन्छौ तर यसभन्दा पहिला पहाडमा गणतन्त्रको स्थापना हुनपर्छ भन्ने हिल तृणमूलको पहिलो मुद्दा रहेको छ” – छेवाङ भोटियाले पत्रकार सम्मेलनमा बोल्दै भने। तिनले यसै अवधी गोजमुमो पार्टीले जीटीएको सत्तामा बसेर व्यापक भ्रष्टचार गरिरहेको आरोप लगाउँदै साधारण जनताको सहुलियतमाथी मनमानी गरिरहेको आरोप लगाए। “गोजमुमो पार्टीले जीटीको सत्तामा बसेर मनमानी गरिरहेको छ। यहाँ व्यापक भ्रष्टचार भईरहेको छ। 

प्राथमिक शिक्षकको नियुक्तिमा पनि भ्रष्टचार गोजमुमोले गरेको छ” छेवाङ भोटियाले भने। तिनले पहाडमा तृणमूल कङ्ग्रेसको बिस्तार गरेर पहाडमा गणतन्त्र स्थापना गरी यहाँको बेरोजगार समस्या समाधान गर्दै आर्थिक बिकाश गर्ने योजना रहेको बताए। तृणमूल नेता छेवाङ भोटियाले पत्रकार सम्मेलन गरेर पहाडमा गणतन्त्र छैन भनि दाबी गरेको आधा घण्टा बित्न नपाई तिनीमाथी प्राणघातक हमला भयो। पत्रकार सम्मेलन सकेर पत्रकारहरु जब बाहिरिए ठिक त्यसै समय उक्त हमला भयो। 

भोटिया माथी हमला भएको खबर थाह पाउँन साथ पत्रकारहरु घटना स्थलमा पुग्दा भोटियालाई रगतपच्छे अवस्थामा पुलिसले उद्धार गरेर अस्पलात लान वाहनमा राखिरहेका थिए। उक्त घटना समबन्धी तृणमूल कङ्ग्रेसले गोजमुमो पार्टीको भातृ संगठन युवा मोर्चा नेताहरु माथि प्राथमीकि दर्ता गरेको छ। युवा मोर्चा नेताहरु बिरुद्ध तृणमूल कङ्ग्रेसले थानामा प्राथमिकी दर्ता गरे पनि समाचार लेखुञ्जेलसम्म भने प्राथमिकीमा नाम भएका नेताहरुलाई भने पुलिसले पक्राऊ गरेको छैन।

तृणमूल नेता छेवाङ भोटियालाई गोजमुमो पार्टीले प्राणघातक हमला गरेको हो – मह्नेद्र गजमेर

भोटियामाथीको हमलामा गोजमुमो पार्टीको हात छैन - मोर्चा 

 डी के वाइबा, कालेबुङ 6 फरवरी। तृणमूल कङ्ग्रेस नेता छेवाङ भोटिया माथि आज यहाँको एउटा नीजि होटलमा पार्टी कार्यकर्ताहरु कुराकानी गरिरहेको समयमा अज्ञात व्यक्तिहरुले प्राणघातक हमला गर्दा गम्भिर घाईते भएका छन। यसका साथै अर्का तृणमूल नेता ब्रुनो लेप्चालाई पनि चोट लागेको छ। उक्त घटना दिउँसो लकभग 1:20 बजे भएको हो। उक्त घटना पछि कालेबुङ शहरमा एकाएक सनसनी मच्चियो।

तृणमूल कङ्ग्रेस अध्यक्ष छेवाङ भोटियाको अवस्था सोचनिय रहेको कारण तिनलाई यहाँको महकुमा अस्पतालमा प्राथमिक उपचार गरेर सिलग़डी रेफर गरिएको छ भने अर्का घाईते ब्रुनो लेप्चालाई प्राथमिक उपचार गरेर छुट्टी दिएको छ। घाईते भोटियाको टाउको अनि अनुहारमा गहिरो चोट लागेको छ भने तिनलाई घटना स्थलबाट पुलिसले लत पत रगतले भिजेको अवस्थामा उद्धार गरेर अस्पातला पुर्यालएको थियो।

 उक्त घटनाबारे जानकारी दिदै तृणमूल नेता महेन्द्र गजमेरले आज आफुहरु कुनै सभा गर्न भेट नगरेर समान्य कुराकानी गर्न भेटघाटगर्दा गोजमुमो पार्टीको युवा संगठनका नेताहरुले हमला गरेको आरोप लगाए। उक्त हमलाकाण्ड पछि घटना स्थलको जायजा लिन अतिरिक्त पुलिस अधिक्षक सोङमित लेप्चा, थाना प्रभारी प्रसाद प्रधान दलबल सहित घटना स्थलमा पुगेका थिए। “हामी बसेर एकार्कमाझ कुराकानी गरिरहेका थियौ।

 यसै समय युवा मोर्चाका नेता बारुद थापा, बिनय घिसिङ लगायत थुप्रै युवाहरु अचानक आएर हमला गर्न शुरु गरे” – महेन्द्र गजमेरले दुईनेतहारुको नाम लिएर नै भने। आफु केहिदिन अघि सिकिस्त बिरामी भएको अनि हिज मात्र अस्पतालबाट छुट्टी पाएर घर गएको तिनले जानकारी गराउँदै आफु बिरामी हुँदा साथीहरु कोलकोतामा गएको अनि उक्त बिषयबारे आज भेटेर गफ गर्न भेटघाट गरेको तिनले जानकारी गराए। “हाम्रो कुनै सभा थिएन।

 कोलकोताबाट फर्किएका साथीहरुले भेट गरेर गफ गरौ भनेर सल्लाह हुँदा आज भेटघाट थियो” गजमेरले अझ भने। उक्त भेटघाटकै क्रममा पत्रकारहरुसंग कुराकानी समेत गरेको जानकारी गराउँदै पत्रकारहरुसंग कुराकानी सकेर पत्रकारहरु फर्किनसाथ गोजयुमो नेताहरुले आएर हमला गरेको तिनले दाबी गरे। “तिमीहरु के को सभा गर्दैछौ भनेर हामीलाई युवामोर्चाका कार्यकर्ताहरुले सोध्यो।

 हामीले सभा गरेको होईन भन्दा नभन्दा तिनीहरुले पहिला छेवाङ भोटियालाई गमलाले हिर्काए अनि तिनी भूईँमा लडेपछि हतियार र फलामको रडले जथाभावी हिर्काएर रगतपच्छे बनायो” महेन्द्र गजमेरले सिधै भने। तिनले उक्त हमला सुनियोजित रहेको आरोप लगाउँदै युवा मोर्चाले दादागिरी देखाएर पहाडमा अशान्ति फैलाईरहेको आरोप लगाएका छन। गोर्खा जनमुक्ति मोर्चाले दार्जीलिङ पहाडमा गाँन्धीवादी आन्दोलन गरेको भनि बारम्बार भन्ने गरेको कुरालाई आजको घटनापछि तृणमूल कङ्ग्रेसले कटा शब्दमा प्रतिक्रिया जनाएको छ। 

मोर्चाको उक्त भनाईलाई उद्धृत गर्दै “गाँन्धीवादी आन्दोलन गर्नेहरुले के यसरी नै प्राणघातक हमला गर्छ ?” तृणमूल नेता महेन्द्र गजमेरले प्रश्न राखे। उक्त घटना पछि तृणमूल कङ्ग्रेसको पक्षमा महेन्द्र गजमेरले कालेबुङ थानामा प्राथमिकी दर्ता गरेको छ। उक्त हमला काण्डको पछि गोजयुमो नेताहरु संलग्न रहेको आरोप लगाउँदै तृणमूल कङ्ग्रेसले दर्ता गरेको प्राथमिकीमा युवा मोर्चा कालेबुङ महकुमा समितिका अध्यक्ष बारुद थापा, सचिव बिनय घिसिङ, प्रभात घिसिङ आदिको नाउँ सामेल रहेको छ।

 तृणमूल नेता छेवाङ भोटिया माथि भएको प्राणघातक हमला बिषयमा गोजमुमो पार्टीले प्रतिक्रिया व्यक्त गर्दै उक्त हमला काण्डमा मोर्चाको कुनै हात नरहेको स्पष्टिकरण दिएको छ। गोजमुमो कालेबुङ महकुमा समितिका सचिव कुमार चामलिङले पत्रकार सम्मेलन डाकेर उक्त हमलाकाण्डमा गोजमुमो पार्टी कार्यकर्ताहरुको हात रहेको तृणमूल कङ्ग्रेसको आरोपलाई सरासर गलत रहेको बताउँदै खण्डन गरे।

 “आज गोजमुमो पार्टीको सम्पूर्ण भातृसंगठनहरुलाई लिएर यहाँको पार्टी कार्यलयमा सांगठनिक सभा थियो। उक्त सभामा भएका व्यक्तिहरुले तृणमूल कङ्ग्रेस नेतालाई हमला गर्योग भनि आरोप लगाउँनु सरासर गलत कार्य हो। हामी यसको बिरोध गर्दछौ” कुमार चामलिङले भने। यसै सिलसिलामा युवा मोर्चा नेताहरुको नाउँमा भएको प्राथमिकी दर्ता बिषयमा युवा मोर्चाका प्रर्यवेक्षक तथा सभासद निमा तामङले उक्त घटना युवा मोर्चाले कहिल्यै नगर्ने दाबी गरे।

Mamata Dooars trip in mid-March

TT; March. 6: Mamata Banerjee is expected to visit the Dooars for three days in mid-March to attend government programmes. “The chief minister will visit the Dooars from March 12 to 14. She will attend one or more government programmes in the region.

 We have inspected some of the sites today and will soon finalise one or more locations in consultation with the Jalpaiguri district administration and the state government,” said Gautam Deb, the north Bengal development minister.

 Mamata had visited the Dooars on December 28 last year and had distributed benefits such as secured land tenures to the poor. During her visit this month she is expected to hand over land rights to rural people and make announcements for development in the Dooars.

 According to political observers, Trinamul, which lacks an organisational and trade union base in the Dooars, is trying to increase its support base by implementing government schemes.

 “The visit is significant as Trinamul leaders have realised that it is tough for them to woo Morcha supporters to vote in their favour or forge an alliance with the hill party in the Terai and Dooars. Also, the Congress is trying to obtain the Morcha’s support.

 Trinamul is focusing on the Dooars now and trying to win the support of tribals,” said a source. Today, Deb, along with the party’s Jalpaiguri district president Chandan Bhowmik, went to Malbazar and held talks with the subdivisional officer. 

 The duo then visited three sites under the subdivision where the government events can be held during the chief minister’s visit. According to government sources, Mamata will felicitate winners of an archery competition organised by the Jalpaiguri district police at Nagrakata during her visit. 

 With the rural polls round the corner, the chief minister’s visit has led to speculations in political circles, which has further intensified as both the Akhil Bharatiya Adivasi Vikas Parishad and the JMM led by John Barla have welcomed the trip. 

 “We had submitted a memorandum to the chief minister last month and we expect that she would come with some new projects and plans for the Dooars,” said Barla.

Morcha ups ante for Gorkhas

 Bimal Gurung, 
TT; VIVEK CHHETRI Darjeeling, March 6: The Gorkha Janmukti Morcha today appealed to the President to raise an army regiment exclusively made up of Gorkha recruits from India and empower the GTA Sabha to issue Gorkha certificates to all members of the community from across the country. A three-member Morcha delegation that met Pranab Mukherjee in New Delhi raised the demands.

 The team comprised Morcha president Bimal Gurung, general secretary Roshan Giri and Darjeeling MLA Trilok Dewan. The demands are an indication that the Morcha wants to make the GTA a powerful body vis-à-vis the Gorkhas of India and boost its image as a party concerned about the interests of the entire community in the country.

Pranab Mukherjee
 “Apart from reiterating the demands made before Union home minister Sushil Kumar Shinde yesterday, we requested the President to set up a separate Gorkha regiment that comprises recruits from only India. We have also told the President that the GTA should be given the power to issue Gorkha certificates to all the Gorkhas residing in India,” Giri said over the phone from Delhi. The British had set up 10 Gorkha regiments but after Independence, they took with them four units.

 The Indian Army were left with 1, 3, 4, 5, 8 and 9 Gorkha Regiments. The Indian government raised another unit (the 11 Gorkha Regiment) in the 1950s. But all the Indian Gorkha regiments recruited members of the community from Nepal as well as India. In fact, 70 per cent of the recruits to the Gorkha regiments at the moment are Nepal nationals.

 The rest of the personnel are Gorkhas from India — from the Darjeeling hills, Northeast and Uttarakhand. The Morcha now wants a new regiment dedicated solely to the Gorkhas from India. The need for the Gorkha certificates is also related to the recruitment of the Gorkhas into the army as well as paramilitary and police forces.

 This is because the Gorkhas are given relaxation in terms of height, weight and chest measurements during recruitment drives. To avail themselves of the relaxation, the Gorkhas must produce documents that certify that they are members of the community living in India. At the moment, the Gorkha certificates are issued by the subdivisional officer and the GTA has no role.