Pages

Monday, 16 April 2012

31 ए राजमार्ग लाप्चे झोडामा सडक दुर्घटना: पाँच जनाको घट्ना स्थलमानै मृत्य पाँचजना गम्भिर घाईते


डी के वाइबा: कालेबुङ 16 अप्रेल: यहाँको राष्ट्रिय राजमार्ग 31 ए चित्रे नजिक लाप्चे झोडामा भएको सडक दुर्घटनामा समाचार लेखेञ्जुल सम्म 5 जनाको घटना स्थलमा नै मृत्यु भएको जानकारी प्राप्त भएको छ। जानकारी अनुसार एस के 01 0578 मेक्स वाहन दार्जीलिङबाट गान्तोकतर्फ गईरहेको समयमा उक्त दुर्घटना भएको हो। उक्त दुर्घटना लकभग बेलुकी साँडे तिन बजेतिर भएको थाह लागेको छ। दुर्घटना हुनुको मुख्य कारण थाह

पाउँन नसकेपनि गन्तब्य पुग्न बडी रफ्तारको साथ चालकले वाहन हाँकिरहेको कारण नै नियन्त्रण हराई पठाँदा उक्त दुर्घटना भएको मानिसहरुले बाताएका छन। चालकले वाहनको नियन्त्रण हराए पछि उक्त वाह
न सिधै टिस्टा नदीमा झरेको जानकारी पाईएको छ। दुर्घटनाको समयमा चालक सहित 10 जना यात्रीहरु सवार रहेको जानकारी प्राप्त भएको छ भने उक्त दुर्घटनामा परेर 5 जनाले ज्यान गुमाएको थाह लागेको छ। वाहन सिधै टिस्टा नदीमा झरेर दुर्घटना भएको राफ्टिंग व्यसायीहरुले देखेपछि पुलिस
लाई तत्काल खबर गरेर उद्धर कार्य शुरु गरेको थाह ला
गेको छ। दुर्घटना पछि रा
फ्टिंग कर्मीहरु अनि पुलिसको सहयोगमा चार जनालाई कालेबुङ मह्कुमा अस्पतालमा उपचारको निम्ति ल्याईयो भने एक जनाको अवस्था एकदमै गम्भिर रहेको उपचारको निम्ति सिलीगडी रेफर गरिएको छ। अन्य घाईतेहरु क्रमैले मंसोग निवासी जयबहादुर राई (46), जलढक्का निवासी अनुराग गुरुङ(19) अनि मल्लि निवासी प्रेमिका राई (42) अनि साईँली तामङको कालेबुङ अस्पतालमा उपचार चलिरहेको छ भने मन्सोग निवासी मञ्जु शेर्पा (34)लाई सिलगडी रेफर गरिएको छ। दुर्घटना परेर घाईते बनेका वाहनका चालक सोनाम याक्सेन भोटियालाई उपचारको निम्ति मल्लि प्राथमिक स्वास्थ्य केन्द्रमा भर्ना गरिएको छ भने तिनको अवस्था खत्रादेखि बाहिर रहेको थाह लागेको छ। दुर्घटनामा परेर घाईते हुनेहरु मध्ये जलढक्का निवासी अनुराग गुरुङ गान्तोक कलेजमा अध्यान गर्ने गरेको थाह लागेको छ भने तिनी गान्तोक गईरहेको समयमा दुर्घटनामा परेर घाईते बनेका छन। दुर्घटनामा परेर ज्यान गुमाउँनेहरुमा क्रमैले उदय प्रधान दर्जीलिङ निवासी अनि तिनकै पत्नि बिनिता प्रधान, मनिका राई सिक्किम निवासी, प्रभात तामङ दार्जीलिङ जलपहाड निवासी अनि मञ्जु शेर्पा रहेको थाना सुत्रबाट जानकारी पाईएको छ। घाईतेहरु मध्ये अधिकाशको टाउकोमा चोट लागेको छ भने छाति तथा ढाँड आदि शरिरको भागहरुमा पनि चोटहरु लागेको छ।

Friday, 13 April 2012

कालेबुङ कृषक कल्याण संगठनको पाँचौ स्थापना दिवस पालन


कालेबुङ कृषक कल्याण संगठनको पाँचौ स्थापना दिवस पालन
पहिलो बैशाखमा चार जना कृषकहरु कृषक गौरव सम्मान पुरस्कारले सम्मानित

डी के वाइबा:कालेबुङ 13 अप्रेल: पहिलो बैशाखको छेक पारे
र आज यहाँको रामकृष्ण रंगमञ्चमा कलेबुङ कृषक कल्याण संगठनको पाँचौ स्थापना दिवस पालन गरियो। यसै अवसरमा पहिलो चोटि कृषक गौरव सम्मान पुरस्कारको थालनी पनि गरियो। कार्यक्रम
मा मुख्य अथितिका रुपमा महकुमा अधीकारी एल एन शेर्पा उपस्थित रहेका थिए। यस अवसरमा संगठनका महासचिव बिष्णु छेत्रीले कालेबुङ कृषक कल्याण सङ्गठन कृषकहरूको सङ्गठन होइन भन्दै यो मानसिकता विकास को अवधारणा हो भने। तिनले विचार निर्माणको नयॉं बाटो यस संगठन रहेको दाबी गर्दै जुन बाटोबाट यात्रा सुरु गरेर्र पहाडका कृषकहरूले जीवनको नयॉं फाटक पुग्नेछन्‌ भन्ने संगठनले बिश्वास राखेको बताए। यसै अवसरमा अबोप्रांत पहिलो वैशाखलाई उप्रान्त कृषक गौरव सम्मान दिवसकोरुपमा पालन गर्ने तिनले घोषणा गरे। कार्यक्रमका पहिलो बैशाखको छेक पारेर पहिलो चोटि शुरु गरिएको कृषक गौरव सम्मान पुरस्कारले पहिलो चोटि नै चार जना कृषकहरुलाई सम्मानित गरियो। केवल उद्योगपतिले मात्र चियाखेती गर्नसक्छ भन्ने ऐतिहासिक भ्र्रमलाई तोड्‌ने अनि किनारीकृत कृषकले पनि चियाखेती गरेर दार्जीलिङ ब्राण्डको फाइदा लिन सक्छ भन्ने मान्यता स्थापना गर्न सुकिया पोखरीका लघु चिया उद्योगी जेबी सुब्बा, 16 गाई पालेर अहिले दार्जीलिङ बजारमा देवान डेरीको मालिक बनेका अनि परिश्रम नै भरोसापूर्ण रोजगार हो भन्ने परिभाषा स्थापित गर्ने दार्जीलिङका मिलन देवान, पाखुरे बसेका तर पाखुरे बस्न अभिशाप नरहेर अल्छेपन नै अभिशाप हो भन्ने अवधारणा ग्लाडियस फूलको खेती स्थापित गर्ने अनि लगनशील कृषककोरुपमा रहेका कालेबुङका हर्कबहादुर फागो अनि मौरी पालेर लगनशील कृषककोरुपमा आफूलाई स्थापित गर्ने सामसिङका आशाकुमार राईलाई आज सङ्गठनले कृषक गौरव सम्मानले सम्मानित गर्यो । कार्यक्रमका मुख्य अतिथि एलएन शेर्पा, विशिष्ट तिथि नावार्डका डीडीएम वाल्टर कुजुर, युनाइटेड व्याङ्‌क अफ इण्डिया सिनियर एक्डज्युकेटिभ तपन दे, कालेबुङ कृषक कल्याण सङ्गठनका सल्लाहकार कविता रहमान, आईआरआईका वरिष्ट वैज्ञानिक रविन्द्र कुमार, सीडीअरएसका अपिसर इञ्चार्ज महादेव छेत्री, हिल सोसियल वेलफेयर सोसाइटीका सचिव शोभा छेत्री उपस्थित थिए। मुख्य अतिथि अनि अन्य अतिथिहरूको बाहुलीबाट कृषक गौरव सम्मान प्रापक जेबी सुब्बा, मिलन देवान, हर्कबहादुर फोगो अनि आशाकुमार राईलाई स्मृति चिन्ह, प्रशस्तिपत्र अनि दोसल्ला ओडाएर सम्मान जनाए। यस बाहेक कालेबुङ महकुमा अधिकारी एलएन शेर्पा, व्याङ्‌क अफ इण्डिया, सेभ द हिल्सका अध्यक्ष प्रफुल्ल राव, सङ्गिनी नृत्य टोली बिजनबारी, बाल सुरक्षा अभियान कालेबुङ, सेवास्टिन प्रधान, नरेन्द्र तामाङ केटीभी, माला छेत्री सन्त मेरी खरसाङ, कृषि विज्ञान केन्द्र दार्जीलिङ, जीसी सुब्बालाई पनि आज सम्वर्धना जनायो। उनीहरूलाई पनि प्रसस्तिपत्र अनि स्मृति चिह्न प्रदान गरियो। सङ्गिनी नृत्य टोलीले लोक नृत्य प्रस्तुत गरेको थियो भने यलैबिच मनोज वोगटीको कविता संग्रह पसिनाको चालाको पनि विमोचन गरिएको थियो। कालेबुङ कृषक कल्याण सङ्गठनका महासचिव विष्णु छेत्रीले कार्यक्रमलाई सम्बोधन गर्दै सह्गठनले लिएका कार्ययोजनाबारे अवगत गराए। तिनले बताए अनुसार सङ्गठनले गौ पालकहरूको निम्ति मेञ्चर क्यापिटल स्कीम शीग्र नै शुरि गर्नपर्ने बारे पहल गरिरहेको बताए। यसैबीच तिनले शीग्र नै दार्जीलिङ जिल्लामा वायोडाइभर्सिटी कमिटी गठन गरिने जानकारी पनि दिए। विभिन्न कम्पनीहरूले कृषक लगायतअन्य नागिरकहरूबाट करोडौं लुटिरहेकोले सङ्गठनले यसको रोकथामको निम्ति व्यापक र प्रभावकारी पदक्षेप लिने पनि बताए। छेत्रीले पहाडमा नयॉं खण्डहरूको निर्माण गर्नपर्ने अनि जबसम्म नयॉं खण्ड निर्माण गर्दैन तबसम्म ग्राम पञ्चायत चुनाउ गर्न सङ्गठनले नदिने घोषणा पनि गरे। फूल खेतीको निम्ति दार्जीलिङलाई स्पेशनजोन अन्तरर्गत राखिनुपर्ने सम्बन्धमा सह्गठनले सरकारलाई दवाब दिइरहेको जनाउँदै तिनले सूचना शसक्तिकरण योजना अन्तरर्गत स्थानीय सेटलाइट च्यानलको स्थापना गर्न सक्ने भएकोले दार्जीलिङमा स्थानीय सेटलाइट च्यानल खोल्न सह्गठनले पहल तीब्र गरिरहेको जानकारी पनि दिए।
कालेबुङका कृषकहरुले पहिलो बैशाखको उपहार पाए ‘पसिनाको छाला’


डी के वाइबा:कालेबुङ 13 अप्रेल। घाऊका रंगहरु, बिम्ब गोष्ठि अनि गीतको रीस जस्ता तीनवटा कविता संकलन प्रकाशित गरिसकेका युवा कवि मनोज बोगटीको चौथो कविता संकलन पसिनाको छाला आज यहाँको रामकृष्ण रंगमञ्चम बिधिवत लोकार्पण भयो। यस अवसरमा न त कुनै महान साहित्यकारहरु थिए न त कविहरुकै जमघट थियो। तर, थिए कार्यक्रममा कृषकहरु जसलाई कविले यसचोटिको कविता संकलन समर्पित गरेका छन। गाउँघरमा गाई बाँधेर हत्केलामा ठेला फुटाउँदै परिश्रम फलाउँनेहरु बिचै तिनको कविता संकलन बिमोचन भयो। कलेबुङ कृषक कल्याण संगठनको पाँचौ स्थापना दिवसको अवसरमा खचाखक कृषकहरुको भीड रहेको कार्यक्रममा मुख्य अथिति महकुमा अधीकारी एल एन शेर्पा अनि कृषक कल्याण संगठनका महासचिव बिष्णु छेत्रीले पुस्तको बिमोचन गरिसके पछि कार्यक्रमलाई सम्बोधन गर्दै कवि बोगटीले गाई बॉंध्नेहरू जसको निम्ति यी कविताहरू लेखिए उनीहरूलाई नै समर्पित छन्‌ कविता भने। तिनले कृषकहरूको प्रत्येक दुखेसोलाई कविताको मुटु बनाएका छन। खेतमा माटोको ढेलाहरु फुटाएर पसिना बगाउँनेहरुको ब्याथाले कविलाई छोएको छ जसको कारण नै पसिनाको छला सृजना हुन पुगेको तिनले थप बताए। देशको नीति निर्धारण गर्नेहरुको आँखि ओझेलमा परेका कृषकहरुको नाममा किन कविता सम्बोधन भएको छैन भन्दै ति नीतिहरुबाट छोडिएका कृषकहरुकै स्वर नै पसिनाको छला हुन भनि कवि बोगटेले भने जहाँ कृषकहरु एका एक अनुत्तरित बनेर सुनिरहे। कालेबुङ कृषक कल्याण सह्गठनले प्रकाशन गरिदिएका तिनको चौथो कृति सार्वजनिक गर्दै तिनीले नयॉं वर्षको उपहार कृषकहरूलाई पसिनाको छाला भने। सधैँ साहित्यकारहरूको जमघट गरेर आफ्ना कृतिहरूको विमोचन गर्दै आइरहेका चर्चित युवा कवि वोगटीले चौथो संग्रहको विमोचन कुनै प्रशिद्ध साहित्यकारबाट गरेनन्‌। प्रकाशक विष्णु छेत्रीले सही मानसिकताको स्थापनामा कालेबुङ कृषक कल्याण सङ्गठनले गरिरहेको लडाईँमा कविताहरू मनोज वोगटीका कविताहरू सिपाही रहेको बताइरहेका थिए। शक्तिशाली कविताले विचार निर्माणमा जुन भूमिका पालन गर्छ, यस्तो बलियो कार्य अरु केहीले गर्न नसक्ने भन्दै तिनले कृषक सरोकारको कुरालाई कवितामा उल्लेख गर्दै कृषकहरूलाई सम्बोधन गर्ने पहिलो कवि वोगटी नै रहेको बताए। केवल कृषकहरू मात्र निम्त्याइएको कार्यक्रममा कोही साहित्यकारहरूको उपस्थिति थिएन। छेत्रीले कवि बोगटीको कविता कृषकहरुको दबिएको स्वर रहेको बताउँदै पसिना बगाउँनेहरुको स्वर आज कवितामा बिस्फोट भएको दाबी गरे।
राज्य सरकारले मनपरी नीति अप्नाएर दार्जीलिङ पहाडको समस्या अझ जटिल बनाउँदैछ – तारा सुन्दास


डी के वाइबा: कालेबुङ 13 अप्रेल:दार्जीलिङ पहाडमा राज्य सरकारको बिभिन्न बिभागहरुमा अवकास प्राप्त कर्मचारीहरुलाई बिभागले पुन: नियुक्ति गर्न थालेको प्रक्रियामा मार्क्सवादी कम्युनिष्ट पार्टी (माकपा) ले जोड्दार बिरोध जनाएको छ। माकपा नेता तारा सुन्दासले दार्जीलिङ पहाडमा रहेको बिभागहरुमा बेरोजगार युवाहरुलाई नियुक्ति गरेर बेकारी समस्याको समाधान गर्नुको साटो उल्टा अवकास प्राप्त कर्मचारीहरुलाई नै नियुक्ति गर्नु कुनै पनि हालतमा न्याय संगत नरहेको दाबी गर्दै यसको प्रतिवाद गर्न प्रत्येक शिक्षित बेरोजगारहरु अघि आफँनुपर्ने आह्वन गरे। तिनले राज्यको अन्य जिल्लाहरुमा बिभागले रिक्त स्थानहरुमा लगातार रुपना नयाँ उम्मेद्वारहरुको नियुक्ति गरिरहेको दाबी गर्दै अन्य थानहरुमा नियुक्ति हुँदा दार्जीलिङ पहाडको तीनवटा महकुमा क्षेत्रमा किन नियुक्ति हुँदैन भनि प्रश्न गरे। बिभागले अवकास प्राप्त कर्मचारीहरुलाई पुन: नियुक्ति गर्दा यहाँको बेरोजगार समस्या दिनोदिन थप जटिल बन्ने दाबी गर्दै बिभागले यस प्रक्रियालाई यथाशिघ्र बन्द गरेर नयाँ उम्मेद्वारहरुको नियुक्ति गरी समस्याको समाधान गर्नु पर्ने माग गरे। माकपा नेता सुन्दासले दार्जीलिङ, कालेबुङ अनि खर्साङमा रहेको रोजगार केन्द्रहरुमा मोठ 82 हजार 2 सय 59 जना शिक्षित बेकारी युवाहरुले आफ्नो नाम दर्ता गरेको बताउँदै यी बेकारी युवाहरुलाई रोजगार दिनुको साटो अवकाश प्राप्त कर्मचारीहरुलाई नियुक्ति गर्दा समस्या समाधान हुनुको साटो थप जटिल हुने दाबी गर्दै भबिष्यमा बड्दो बेरोजगारहरुले कुनै आन्दोलन गरे सरकारले थेग्न गाह्रो हुने चेतावनी दिए। केहि महिना अघि मात्र पञ्चायत बिभागमा अवकास प्राप्त कर्मचारीहरुलाई नियुक्ति गर्ने बिभागले सूचना जारी गरे पछि अहिले बन बिभाग, बिद्युत बिभाग आदि सरकारी बिभागहरुमा लगातार अवकास प्राप्त कर्मचारीहरुको नियुक्ति गर्ने सूचनहारु प्रकाशित भईरहेको समयमा बेरोजगारहरु आन्दोलनको निम्ति तयार हुनुपर्ने तिनले आह्वान गरे। राज्य सरकारले दार्जीलिङ पहाडको समस्या समाधान गर्नुको साटो उल्टा दिनो दिन जडिल बनाईरहेको दाबी गर्दै यस्तो नितिको माकपाले सधै बिरोध गर्ने जनाए। तिनले राज्य सरकारले मनपरी नीति अप्नाएर दार्जीलिङ पहाडका मानिसहरुलाई रोजगारदेखि बञ्चित राख्न नपाउँने बताउँदै यदि नियुक्ति गर्छ भने राज्य भरी नै समान रुपले गर्नुपर्ने माग गरे।
छ महिने सिलाई बुनाई प्रशिक्षण शिविरको समापन


डी के वाइबा: कालेबुङ 13 अप्रेल:नारीहरु पैसा कमाउँनको निम्ति कुनै ठूलो शहरमा जान पर्दैन भन्ने उदाहरण दिईसकेकी डिजाईनर बबिता घतानीले अहिले घरी आफु मात्र स्वनिर्भर बन्नुको साथै आफुसितै अरुलाई पनि स्वनिर्भर बन्ने प्रेरणा दिन सिलाई बुनाईको प्रशिक्षण प्रदान गर्दै आईरहेकी छिन। यसै सिलसिलामा यहाँको दश माईल स्थित फेन्सि बुटिकमा तिनको सक्रियतामा चलिरहेको छ महिने सिलाई बुनाईको प्रशिक्षण शिबिर आज समापन भयो। कालेबुङ खण्ड दुईको चाईल्ड डेभलोमेन्ट प्रोजेक्ट अन्तर्गत तिनले फेन्सि बुटिकमा मोठ 15 जना नारीहरुलाई सिलाई बुनाईको छ मनिने प्रशिक्षण प्रदान गरिरहेकी थिईन जुन प्रशिक्षण शिबिरको आज समापन भयो। यस अवसरमा खण्ड दुईका चाईल्ड डेभलोभमेन्ट प्रोजेक्ट अफिसर एस पी नाम्चु बिशेष रुपले उपस्थित रहेकी थिईन भने हिल सोसियल वेलफेयर सोसाईटिकी युडेन भोटिया आदिको पनि उपस्थिति रहेको थियो। बिभिन्न दुर्गम क्षेत्रहरुका नारीहरुले छ महिने सिलाई बुनाईको प्रशिक्षण समाप्त गरेपछि आज उअनिहरुलाई प्रमाण पत्र बितरण गरियो। यस अवसरमा बोल्दै प्रशिक्षक बबिता घतानीले आज परिवेशमा प्रत्येक नारीहरु स्वनिर्भर बन्ने प्रयास गर्नु आवश्यक रहेको बताईन। तिनले सिलाई बुनाई पुरुषहरुले गर्ने गरेता पनि यस क्षेत्रमा नारीहरु पनि कम छैनन भन्ने उदाहरण दिदै यसै कार्यलाई नारीहरुले पेशागत रुपमा अप्नाउँन सके आफ्नो आर्थीक अवस्था समेत बलियो बन्ने तथा पुरुषहरुको दबाउमा नारीहरु बस्न नपर्ने समेत जनाईन। सुरुका दिनहरुमा आफुले यस पेशालाई अप्नाउँदा समाजका कतिपय मानिसहरुले तिरस्कारको भावनाले हेर्ने गरेको बताउँदै आज अनेकौ परिकारका पोषाकहरु बनाउँन ती मानिसहरु आफु कहाँ नै आईरहेको बताउँदै प्रशिक्षण लिने नारीहरुले पनि समाजमा आफु बलियो भएर बस्नको निम्ति सिलाई बुनाईको पेशा खुबै लाभदायक रहेको जनाईन। यता चाईल्ड डेभलभमेन्ट प्रोजेक्ट अफिसर एस पी नाम्चुले पनि कार्यक्रमलाई सम्बोधन गर्दै सरकारले नारीहरुलाई स्वनिर्भर बन्नको निम्ति दिएको सहुलियतहरुलाई सही प्रकारले प्रयोग गरेर आफ्नो भविष्य राम्रो बनाउँन सक्ने बताईन। तिनले प्रशिक्षण लिएका नारीहरुली आफुले सिकेका कार्यहरुलाई सही प्रकारले प्रयोग गर्ने सल्लाह दिदै यस पेशालाई आफुले राम्रो सञालन गरे आर्थीक अवस्था समेत बलियो हुने जनाए। यसै सिलसिलामा हिल सोसियल वेलफेयर सोसाईटीकी युडेन भोटियाले अहिले गरी नारीहरुलाई बिभिन्न प्रलोभन देखाएर तस्करहरुले नारकीय जीवनमा धकेलिरहेको घटना बारम्बार प्रकासमा आईरहेको जनाउँदै यदि नारीहरु यस्तो प्रशिक्षण लिई गाउँ घरैमा बसेर काम गरे धेरै लाभ पुग्ने बताए। आफुले बिगत केहि वर्ष यता तस्करीहरुको शिकार बनेका नारीहरुलाई उद्धार गरेर ल्याउँदा धेर जसो नारीहरु पैसा कमाउँने लोभमा फसेर नै नारकीय जीवन भोग्न बाध्य बनेको कुरा थाह पाएको बताउँदै पैसा कमाउँनको निम्ति ठूलो शहरमा जानु भन्दा बरु यस्तो पेशा अप्नाए उचित हुने सल्लाह दिए। तिनले सिलाई बुनाईका प्रशिक्षण लिएका नारीहरुले आफ्नो ईलिमलाई सही प्रयोग गर्ने सुझाव दिदै प्रत्येक नारीहरु स्वनिर्भर बन्नको निम्ति यस्तो प्रशिक्षणहरु लिई काम गर्नु पर्ने थप बताईन। यता छ महिने सिलाई बुनाईको प्रशिक्षण लिएकी एकजना प्रशिक्षणार्थी मिना राईले प्रशिक्षणको अवधी आफुले धेरै सृजनात्मक कुराहरु सिक्न पाएको बताउँदै यस प्रशिक्षणले आफुहरुलाई स्वनिर्भर बन्नुमा सहयोग पुग्ने आशा व्यक्त गरिन। तिनले आफ्नो गाउँ दुर्गम क्षेत्रको रहेको अनि आफ्ना गाउँका मानिसहरुले वर्षमा दुईचोटि गाडी देख्न पाउँन समेत मुस्किल रह्को दयनिय व्यथा सुनाउँदै यस प्रशिक्षण लिएर लाभ पुगेको बताईन।

यस वर्ष पहिलो बैशाखको रौनकता कालेबुङमा छाएन

यस वर्ष पहिलो बैशाखको रौनकता कालेबुङमा छाएन


डी के वाइबा: कालेबुङ 13 अप्रेल: प्रत्येक वर्ष पहिलो बैशाखको दिन निस्कने शोभायात्राको रौनकता यस वर्ष कालेबुङमा छाउँन सकेन। मानिसहरु बजारमा बिहानै देखि पहिलो बैशाख र नेपाली नयाँ वर्षको एकार्कलाई शुभकामना दिईरहेका थिए। कसैले शोभायात्रा कतिबेला निस्कने हो भनि सोधिरहेका पनि थिए। बिगत बर्षहरुमा झै यस वर्ष पनि पहिलो बैशाखमा कालेबुङको सडकहरुमा नाचौला भन्नेहरु जातिय पोषाकमा सजिएर निस्केकाहरु अन्तमा खिन्न मन बनाएर घर फर्किए। मानौ पहिलो बैशाखको शोभायात्रा आयोजना गर्ने मानिसहरुलाई भने पहिलो बैशाख आएको कुनै जानकारी समेत नभएको सरह थियो कालेबुङको वातवरण। न त नौमति बाजाहरु बज्यो न त मादल र डम्फु नै बज्यो कालेबुङमा यस वर्षको पहिलो बैशाखमा। पहिलो बैशाखको दिन जातिय बाजा गाजाहरु बजाउँदै प्रत्येक वर्ष जातिय पोषाकमा सजिएका मानिसहरु कालेबुङको मेन रोडहुँदै शोभायात्रामा निस्कन्थे अनि साँस्कृतिक कार्यक्रममा भाग लिने गर्थे तर, यस बर्ष भने न त शोभायात्रा भयो न त कतै साँस्कृतिक कार्यक्रमहरु नै भयो। प्रत्येक वर्ष शोभायात्राको आयोजना गर्ने गोर्खा साँस्कृतिक सस्थानले भने यहाँको गोर्खा शक्ति थानमा केवल औपचारिकता पालन गर्नकै निम्ति मात्र पुजा अर्चना पालन गरेर पहिलो बैशाख पालन गर्योम। सिमितका सदस्यहरुले शक्ति थानमा माँ देविको पुजा गरेर सबै मानिसहरुको कल्याणको निम्ति प्रार्थाना गरे पछि सबै आ आफ्नो घरतिर लागे भने कुनै सास्कृतिक कार्यक्रम समेत भएन। यस अवसरमा गोर्खा साँस्कृतिक सस्थानका सचिव ज्योति कार्कीले समयको अभावको कारण मानिसहरु यसरी पहिलो बैशाख पालन गर्न नआएको हुनसक्ने बताउँदै व्यस्त मानिसहरुलाई आफ्नो सस्कृतिबारे सोच्ने फुर्सद समेत नभएको बताईन। बिगत दिनहरुमा सस्थाले जातिय सस्कृतिको जोगाडको निम्ति थुप्रै कार्यक्रमहरु गरिसकेको अनि उक्त कार्यक्रमहरुकै माध्यम मानिसहरुलाई आफ्नो जातिय सस्कृतिबारे अवगत गराउँन सक्षम बनेको दाबी गर्दै अब मानिसहरु आफ्नो सस्कृति बिषयमा जागरुक बनिसकेको दाबी गरिन।

Thursday, 12 April 2012

जीटीएको मुद्दा : गोटाफो भर्सेस गोजमुमोको वाक युद्ध तिब्र

जीटीएको मुद्दा : गोटाफो भर्सेस गोजमुमोको वाक युद्ध तिब्र

डी के वाइबा: कालेबुङ 12 अप्रेल: जीटीएको सम्झौता पत्रमा दुई दर्जन भूल रहेको दाबी गर्ने गोर्खाल्याण्ड टास्क फोर्स अनि गोजमुमो पार्टी माझ वाक युद्ध दिनोदिन तिब्र बन्दै गईरहेको छ। टास्क फोर्सले जीटीएको सम्झौता पत्रमा दुई दर्जन भन्दा धेर भूल रहेको दाबी गरिसके पछि मोर्चाले टास्क फोर्सलाई समय छँदा नै किन गल्ति देखाएन भनि प्रश्न गरेको थियो। यसको साथै मोर्चाले जीटीएको सम्झौता पत्रमा कुनै भूल नरहेको दाबी गर्दै उक्त भूल देखाउँने काम केवल राजनैतिक अस्तित्व बटुल्ने काम मात्र रहेको उल्टै आरोप लगाउँनुको साथै यदि भूलहरु छ भने सार्बजनिक गर्नु भनि चुनौति नै दिएको थियो। यता मोर्चाको चुनौति पाएका टास्क फोर्सले पुन गोजमुमो पार्टीलाई सोझो जवाद दिएको छ। टास्क फोर्सका समन्वयक आर मोक्तानले आज यहाँको भागोप कार्यलयमा आयोजित पत्रकार सम्मेलनमा मोर्चाले समय छँदा जीटीएमा रहेको भूलहरु किन देखाएन भनि गरेको प्रश्नको जवाब दिदै समय छँदा मोर्चाले जीटीएको खेस्रा लुकाएर राखेको दाबी गरे। “जीटीएको सम्झौता पत्रमा के कति राम्रा कुराहरु छन अथवा के कति भूलहरु छन भन्ने कुराको छान बिन गर्ने हामीले कुनै मौका पाएनौँ। किन भने गत 18 जुलाई 2011 को दिन सम्झौता हुन भन्दा पहिला मोर्चाले जीटीएको खेर्सा सार्बजनिक गरेको थिएन। सम्झौता हुन अघि खेस्रा सार्बजनिक नभए पछि भईसकेका भूलहरु कसरी भूल गर्न अघि नै देखाउँनु ?” – तिनले प्रश्न गरे। मोर्चाले जीटीएमा भएका भूलहरु पहिल्यै देखाउँनु पर्थ्यो भन्ने चाह राखेको थियो भने उक्त खेर्सा अन्य दलहरुलाई पनि देखाउँनुपर्ने थियो भन्दै यसरी समयमा भूल देखाएन भनेर आरोप लगाउँनु मरेको मान्छेलाई बाँच्ने सुईलगाउँनु बराबर रहेको मोक्तानले थप बताए। यसै सिलसिलामा तिनले टास्क फोर्सले दाबी गरेको जीटीएको खेस्रामा रहेको भूल समय आए पछि सार्बजनिक गर्ने दाबी गर्दै आफुहरु बिना तथ्य नबोलेको दाबी गरे। तिनले बिगत दिनमा मोर्चाले सरकारसित गरेको त्रिपक्षिय वार्ताहरुमा के कस्ता कुराहरु भयो भन्ने समेत सार्बजनिक नगरेको कारण नै यसरी जीटीएमा समेत अनेकौ भूलहरु हुन पुगेको तिनले दाबी गरे। अहिले आएर आफ्नो भूल ढाकछोप गर्न कै निम्ति मोर्चाले अनेकौ बहनाहरु बनाईरहेको बताउँदै टास्क फोर्सलाई बिभिन्न आरोपहरु लगाउँने काम पनि आफ्नो भूल लुकाउँने प्रयास रहेको तिनले आरोप लगाएका छन।

12 वर्ष पछि तीनकटहरे गोलिकाण्ड चर्चामा : आरोपि आकस गुरुङ बिरुद्ध पक्राउ वारेण्ट जारी

12 वर्ष पछि तीनकटहरे गोलिकाण्ड चर्चामा : आरोपि आकस गुरुङ बिरुद्ध पक्राउ वारेण्ट जारी

डी के वाइबा: कालेबुङ 12 अप्रेल: बाह्र बर्ष पछि पुन: तीन कटहरे घट्नाकाण्डका आरोपिहरु न्यायको निम्ति न्यालय धाउँन परिरहेको छ। आरोपिहरुलाई अदालतले अघिल्लो सुनवाईमा आज पुन: हाजिर हुने निर्देश दिएको कारण आज मोठ 13 जना आरोपिहरुले अदालतमा आफ्नो उपस्थिति दिए भने अघिल्लो सुनवाईमा अनुपस्थित रहेका आरोपि आकस गुरुङ पुन: हाजिर नहुँदा तिनको नाममा नन बेलेबल वारेण्ट जारी गरेको छ। जमातमा छुटेका आरोपिहरुले सुनवाईको अवधी अदालतमा आफ्नो हाजिरी दिनुपर्ने भए पनि तिनी लगातार रुपले हाजिर नबने पछि आज अदालतले तिनको बिरुद्ध पक्राउको वारेण्ट जारी गरेको सुत्रले जानकारी दिएको छ। तीन कटहरे जंगलमा पुलिस अनि सशस्त्र हतियार धारी मानिसहरु माझ भएको भिड्न्तमा एकजना होम गार्ड अनि एकजना जंगीको घट्नास्थलमा नै मृत्यु भएको थियो। उक्त घट्नाकाण्ड त्यतिबेला भएको थियो जतिबेला कतिपय जंगीहरुले जंगलमा सशस्त्र तालिम लिईरहेको थाह पाएर पुलिसले धावा बोलेको थियो। 11 नोभेम्बर 2000 को दिन जलढका थान क्षेत्र अन्तर्गत पर्ने तीनकटहरे जंगलमा उक्त सशस्त्र तालिम कसले अनि कुन उद्देश्यले गरिरहेको थियो भन्ने कुराको कसैले सुईको समेत नपाए पनि घटनालाई जीएलओ नेता छत्रसुब्बा सित जोडिएर हेर्ने काम भएपछि पुन: छत्रे सुब्बा चर्चामा आएको थियो। त्यसपछि सन 2007 मा पुलिसले दर्ता गरेको चार्जसिटमा छ्त्र सुब्बा, अधिवक्ता अमर लामा, गोजमुमो नेता नोर्देन लामा, छत्र सुब्बासितै जेल बसेर छुटेका बिजय छेत्री, एन टी मोक्तान लगायत 19 जनाको नाम आरोपिको रुपमा दर्ता गतरिएको छ। जसमध्ये 5 जनालाई अदालतले अगावै भगौडे घोषित गरेको थियो भने उक्त भगौडे घोषणा गरेकाहरु मध्ये राजेन राईले गत 27 मार्चको दिन यहाँको अदालतमा आत्मसमर्पण गरेका छन। गत 30 मार्चको दिन भएको सुनवाई कार्यमा 14 जना आरोपिहरुले आफ्नो उपस्थिति दिनु पर्ने भएको थियो तर, आरोपि आकस गुरुङ हाजिर नहुँदा कुनै सुनवाई भएको थिएन जसको कारण अदालतले आज पुन: हाजिर हुने निर्देश जारी गरेको थियो। अदालतले दिएको आदेश अनुरुप अघिल्लो सुनवाईमा हजिर बनेका 13 जना आरोपिहरुले आज आफ्नो उपस्थिति अदालतमा दिए पनि पुन: आकस गुरुङ हाजिर नरहेपछि तिनको बिरुद्ध पक्राउ वारेण्ट जारी गर्नुको साथै आगमी 26 अप्रेलको दिन पुन हाजिर हुनु पर्ने आदेश जारी गरेको छ। यता अदालतमा आफ्नो हाजिरी दिन आएका घट्नाका आरोपि अमर लामाले पत्रकारहरुसित छोटो कुराकानीमा एकजना आरोपिले अदालमा आफ्नो हाजिरी नदिएको कारण तिनको बिरुद्ध वारेण्ट जारी भए पछि उक्त मुद्दा अब निकै लम्बिन सक्ने संकेत दिएका छन। तिनले मुद्दा निकै लम्बिए पनि आफु निर्दोश साबित हुने कुरामा आशावादी रहेको बताए। तीन कटहरे जंगल कहाँ छ भन्ने कुरा समेत आफुलाई थाह नभएको बताउँदै उक्त घटना सित आफ्नो नाम जोडिएकोमा आश्चर्य प्रकट गरे। यता अदालतमा आफ्ना हाजिरी दिन आएका छ्त्र सुब्बा, गोजमुमो नेता नोर्देन लामा, छत्र सुब्बा सितै जेल बसेर छुटेका बिजय छेत्री, गोजमुमो पार्टीमा केहिदिन अघिमात्र सामेल बनेका पुर्व बिधायक एन टी मोक्तान आदिले भने कुनै प्रतिक्रिया नदिई आ आफ्नो बाटो लागे।

Tuesday, 10 April 2012

KALIMPONG NEWS: Terai & Dooars hit in JAC shut down- Darjeeling an...

KALIMPONG NEWS: Terai & Dooars hit in JAC shut down- Darjeeling an...: uni,Siliguri | Tuesday, Apr 10 2012 : Normal life was disrupted in Terai and Dooars in West Bengal's commercially-important northern distric...

Sunday, 8 April 2012

जिटिएको खेस्रामा दुई दर्जनभन्दा बडि भुल—आर मोक्तान


कालेबुङ:मणि तामङ: १८ जुलाई २०११-को दिन सिलगडिको पिन्टेल भिलेजमा राज्य सरकार केन्द्र सरकार अनि गोर्खा जनमुक्ती मोर्चा माझ त्रिपक्षिय सम्झौता भएको जिटिएको खेस्रामा दुई दर्जन भन्दा बडि भुल भएको आज जिटएफका संयोजक आर मोक्तानले दाबी गरेका छन्|मोर्चाले राम्रोसँग खेस्रा नपडी हस्ताक्षर गरेको कारणनै अहिले घडी तराई-डुवर्सको निम्ति मोर्चाले टाउको दुखाउनु परिरहेको तिनले बताँए| मोर्चाले जुन भुल गरेको छ त्यसको एक एक वटा भुल बताँउन सक्छु यसलाई मोर्चाले राम्रोसँग अध्यन नगरि हस्ताक्षार गरेको छ र यो भुल हामीले गरेको होईनौ यो उनिहरुको भुल हो तिनले भने|तराई-डुवर्सको एक इन्च भुभाग पनि नछोड्ने उनिहरुले भने पनि अहिले तराई र डुवर्सको भुभाग मोर्चाको निम्ति हेडेक भहिरहेको तिनले दाबी गरे|त्यसको निम्ति मोर्चाले क्वाडिनेसन कमिटी बनाए पनि त्यो उनिहरुको दाहित्व हो यसमा जिटिएफले टाउको नदुखाउने मोक्तानले भने|गोर्खाल्याडको निम्ति भए हामी गर्ने थियौ तर जिटिएको निम्ति सरि तनले भने|

एकातिर मोर्चा जिटिएको माध्यमबाटनै गोर्खाल्याण्ड सम्म पुग्ने बताई रहेको कुराको पनि खण्डन गर्दै मोक्तानले दागोपापको अर्को नामनै जिटिए भनि तिले दाबी गरे|यदि पाहाडमा बिकास गर्नु हो भने हिल कांउसिल डेभलोपमेन्टले पनि बिकास गर्ने थियो तर बिकासको निम्तिनै जिटिएचै किन तिनले प्रशन गरे|दिल्ली र कोलकता मिलेर गोजामुमोलाई हावा मिठाई खुवाएको तिनले आरोप पनि लगाएका छन्|यसलाई हामी स्वीकार गर्दैनौ हाम्रो मुद्धा र लक्ष्य गोर्खाल्याड हो तिनले भने|