Pages

Monday, 23 January 2012

डी के वाइबा;कालेबुङ २३जनवरी:

यहाँको १२ माईल नजिक भएको सडक दुर्घट्नामा ६ जना मानिसहरु घाईते भएका छन् भने २ जनाको अवस्था गम्भिर रहेको कारण सिलगढी रेफर गरिएको छ। जानकारी अनुसार डब्ल्यु बी २५५६ कमाण्डर कालेबुङदेखि गिडाब्लीङ गईरहेको समयमा उक्त दुर्घट्ना भएको हो। उक्त दुर्घटना लकभग ४ बजे बेलुकि भएको हो। उक्त दुर्घट्नामा घाईतेहुनेहरु क्रमैले साईमन जेम्स(४२), चन्दन जेम्स(१५), कुञ्जन लेप्चा(३७), आकाश शेर्पा(१८), फूर्बा छिरिङ भुटिया(६७) अनि छिमिला भुटिया(११) रहेका छन्। घाईतेहरुलाई यहाँको माहकुमा अस्पतालमा उपचारको निम्ति भर्ना गरिएको छ भने छिरिङ भुटिया अनि छिमिला भुटियाको अवस्था चिन्ताजनक रहेको कारण सिलगडी रेफर गरिएको छ। उक्त वाहन कालेबुङबाट बुधबारे गिडाब्लीङ गईरहेको समयमा स्ट्रीङ लक भए पछि सडकमा नै पल्टिए। दुर्घट्नामा वाहनका चालक हिरा राईलाई सामान्य चोट लागेको छ भने तिनलाई प्राथमिक उपचार पछि अस्पतालबाट छुट्टी दिएको छ। चालकले दिएको जानकारी अनुसार वाहन कुदिरहेको समयमा अचानक स्ट्रीङ लक भए पछि उक्त दुर्घटना भएको हो। घाईतेहरुको शरिरको बिभिन्न भाग अनि टाउकोतिर चोटपटक लागेको छ।

Friday, 20 January 2012

two men held in dollar murder case



mukesh sharma 20 jan kalimpong
Two people arrested in the sonam gyatso murder case which occurred on
the 17 midnight the police has arrested today anil sharma alias dallu
of sadu dhara and dawa norbu bhutia alias chapeyof 10th mile kalimpong
after they were thoroughly quizzed by the local police after the
incident . police sources told that both of them has confess that they
were involve in the incident after which they were arrested under art
302 of i.p.c .today both of them was forwarded to kalimpong a.c.j.m
court where the court has sent them to 7 days of police remand .

govt and govt aided school adhoc teacher to be regularise

Mukesh Sharma 20 Jan kalimpong
The follow up of the 13 Jan meeting of Calcutta between the state
education departments and the representative of the hills was
concluded today at the central school service commission office. The
meeting was attended by the chairman of the central school service
commission along the directorate of the school education m.l.a from
kalimpong and kurseong , representative of J.S.T.O from all the
three hill subdivision anad the district inspector of d.g.h.c area
rupa thapa. Informing over the phone about the meeting bijay pradhan
secretary of the janmukti secondary teachers organisation told that in
toady meeting the state representative have decided to regularise 269
adhoc teachers who are presently working in the government high school
and the govt. Aided school in the first phase . The state
representative has directed the district inspector of d.g.h.c area
rupa thapa to submit a report immediately in this context. In the mean
time the adhoc teachers numbering 143 who are working in the
unrecognised school will be regularised in the second phase. The
volunteer teacher issue was also raised in the meeting the papers of
these teachers will be scrutinised and after which they will be
considered phase wisely.

Wednesday, 18 January 2012

Mukesh Sharma, 17 Jan, kalimpong.
The advisor to the guardian forum of kalimpong tara sundas has raised
question against the tender issued by the kalimpong college authority
for construction of the college library building estimating value of
40 lakhs . The building committee of the college has issued a notice
inviting quotation tender of rate for supplying of the building and
others materials for the construction of library building under
kalimpong college .The notice was issued on 28/12/2011, Tara said that
in the government rule the tender must be published in a vernacular
and a national daily but the notice has neither been published in the
newspaper nor stuck anywhere in the subdivision governmental offices.
Why the college authority is has not maintained transparency in
publishing the tender? Asked Tara. College is the cream of the society
no such work should be followed advised Tara who has filed an RTI
regarding the estimation of the money used during the construction of
the college new building to the state public information officer
education department .I am waiting for the answer if wrong doing is
discovered I will drag the college authority to the court said sundas

mukesh sharma 18 th jan
Sonam gyasto (31) popularly known as dollar resident of suntalay khoti
10 mile was found brutally murdered in r.c mintri road yesterday
midnight by the police patrolling team. Having many criminal record
sonam body was found laying beside the road near a shop. Police
sources told that sonam was attacked mainly on the forehead and in the
backside of the head by a very sharp weapon. No traces were left by
the culprits the question has started arising as to who attacked sonam
and brutally killed him. The family is saying that they don’t have any
clue as whom to blame. sonam yesterday was in his home till 6 p.m but
after that he did not returned told the grandmother. sonam body was
sent to the sub divisional hospital for post mortem . Police today
quizzed two of the boy in this connection but nothing came out.

Thursday, 12 January 2012

कोलकता महानगरीमा चर्कियो गोर्खाल्याण्डको आवज


डी के वाइबा:कालिमन्यूज,कोलकाता ,12 जनवरी।

कोलकता महानगरीमा क्रामाकपाले सीपिआईएमएल (लिबरेसन) को सहयोगमा गोर्खाल्याण्डको आवज चर्काएर पहाड फर्कि आएका छन। सीपिआईएमए(लिबरेसन)को आयोजनामा कोलकताको धरमतल्लामा देशमा बडीरहेको महंगाई अनि अगणतांत्रीक परिवेशको बिरोधमा जनसभा आयोजना गरिएको थियो। उक्त जनसभाम पहाडका बिपक्षी दल क्रामाकले भाग लिएको थियो। क्रामाकपा महासचिव तारामणी राईले प्रतिनिधित्व गरेको टोलिले कोलक्ताको शहरमा छुट्टै राज्य गोर्खाल्याण्डको नाराबजी लगाए। उक्त आवजमा लिबरेसनका समर्थकहरुले आवज थपिददा कोलकता गोर्खाल्याण्डको नाराले गुंजियो। उक्त जनसभामा क्रामाकपाबाट महासचिव तारामाणि राई अनि कालेबुङ आञ्चलिक समिति सचिव मोहन पोड्यालले सहभागिता जनाएका थिए। विशाल जनसमुद्रको महाजुलूस धरमतलामा थामिएपछि तीन धण्टासम्म राजमार्ग नै ठप्प गरेर जनसभामा परिणत भएको थियो। सीपीआइएमएल राज्य सचिव पार्थ बसुको अध्यक्षतामा सम्पन्न जनसभामा पोलित व्युरो सदस्य कार्तिक काल, अभिजित मजुमदार, बासुदेव वर्मा, क्रामाकपा महासचिव तारामणि राई आदिले जनसभालाई सम्बोधन गरेका थिए भने सीपीआईएमएल राज्य समिति महसचिव दिपङ्‌कर भट्टचार्य प्रमुख वक्तको रूपमा उपस्थित थिए। जनसभालाई सम्बोधन गर्दै सीपिआईएमएल महासचिव दिपंकर भट्टचार्यले गोर्खाहरुको समस्या जीटीएले समाधान ग-यो भनेर राज्यका मुख्य मंत्री ममता ब्यानर्जीले दाबी गरेको कुरो झुटो रहेको बतए। तिनले गोर्खाहरुको राष्ट्रिय राजनैतिक सुरक्षा केवल गोर्खाल्याण्डले मात्र हुने दाबी गर्दै गोर्खाल्याण्डको आन्दोलनलाई साथ दिने बचनबद्धता प्रकट गरे। उनीहरूको चिन्हारी र अस्तित्वको समस्या अझ आलै छ भन्दै त्यसैको निम्ति क्रामाक्पा हामीसँग छ भनि जनाए। हामीले एक अर्कामा सहयोगका हात बढाएर कार्य गरिरहेका छौं। हामी गोर्खाहरूको साथमा छौं। यदि कुनै पनि आन्दोलन गर्नपरे हाम्रो सहभागिता रहनेछ भन्दै प्रत्येक आन्दोलनमा क्रामाक्पालाई सहयोग गर्ने जनाए। आवश्यक परे यस जससभामा जति भेला भएका छन्‌ त्यसको चौगुणा मानिसहरू हामी भेला गरेको हुन्छौं। यसरी नै अभिजित मजुमदारले पनि गोर्खाहरूको छुट्टै राज्य हुनपर्ने कुरामा जोड दिए। यसरी नै तारामाणि राईले भने, बङ्गाल सरकारले अहिले जीटीएले गोर्खाहरूको समस्या समाधान भयो भने झुटो प्रचार गरिरहेको छ। घरी चिया अनि पर्यटन उत्सव त घरी कृषि मेला गरेर जनतालाई अहिले भुल्याउने कार्य भइरहेको छ। दार्जीलिङको एउटा शक्ति भएको पार्टीसँग मिलेर सरकारले पैसाको दुरूपयोग गरिरहेको छ, जबकी बन्द चियाकमानमा लाखौं कृषक अनि मजदुरहरू गॉंस र बाससँग जुझिरहेका छन्‌। मेला र उत्सव गर्ने सरकारले किन बगान खोलाउनमा चासो देखाउँदैन, किन आवाज उठाउँदैन? तिनले प्रश्न तेर्साए। जीटीएले गोर्खाहरूको समस्या समाधान नहुने बताउँदै गोर्खाहरूको निम्ति छुट्टै राज्य हुनपर्ने कुरामा नै तिनले अधिक जोड दिए। तिनले कोलकताको जनसभा बाट जीटीएको बिरोध गर्दै ममता ब्यानर्जीले गोर्खाहरुको समस्या समाधान भयो भन्नु मुर्खता रहेको दाबी गरे। तिनले उक्त जसभमा पनि मोर्चाको आलोचना गर्दै हाल जीटीए पारित गराउँन मोर्चाले बिभिन्न उपायहरु सर्कारस्ंग मिलेर अप्नाएको आरोप लगाए।

छत्रे सुब्बा अनि बिमल गुरुंगको कालेबुंगमा भेट : राजनीतिमा नयाँ मोड आउँने ?



डी के वाइबा: कालिमन्यूज, कालेबुंग 12 दिसम्बर :

गोर्खाल्याण्ड आन्दोलनको क्रममा जंगी नेताको रुपमा परिचित रहेका गोर्खा लिबरेसन अर्गनाईजेसन (जीएलाओ) प्रमुख छत्रे सुब्बा अनि गोर्खा जनमुक्ति मोर्चा प्रमुख बिमल गुरुंगको बुधबार रेली मिशनटारमा कृषी अनि पर्यटनको अवसरमा भेट भयो। मिडीया कर्मीहरुले थाह नै नपाई भेट गरे पनि दुई नेताहरुको भेट भएको तस्बिर भने मिडीयाको क्यामेरामा कैद भएको छ। यसबारे दुवै नेताहरुले कुनै मुख नखोले पनि दार्जीलिंगको राजनीतिमा नयाँ मोड आउँने हुन कि भन्ने अनुमान शुरु भएको छ। सुत्रबाट जानकारी पाए अनुसार दुई नेताहरु छोटो समयको निम्ति भेट गरेर गफ गरे। तिनीहरुले कसैले पत्तो नै नपाई कुराकनी गरेको थाह लागेको छ। गोर्खाल्याण माग्ने जंगी नेता अनि बर्तमान पहाडका चर्चित नेता बिमल गुरुंगको यो नै पहिलो भेट रहेको छ। सुब्बा जेलबाट छुटेपछि तिनलाई भेटन थुप्रै नेताहरु तिनकै घरमा आए गए, तर बिमल गुरुंगले भने तिनी स्ंग आज सम्म भेट गरेको थिएन। गुरुंगलाई छत्रे सुब्बा बारे पत्रकारहरुले प्रश्न गर्दा आहिले तिनी थाकेका छन आरम गर्न देऊ भन्ने गरेका थिए। तर अचानक रेलीको बगरमा क़ृषी पर्यटन उत्सवक्जो बहनामा भेट गर्नु निकै रहस्यमय बनेको छ। दुई नेताहरुको भेट यसकारण अझ रहस्यमय बनेको छ कि तिनीहरु दुवैले भेटेको कुरा कसैलाई भनेका छैनन। अनेकौँ कार्यक्रमहरुमा गुरुंग कालेबुंग आउँदै गए तर आजसम्म दुवैको भेट भने हुन सकेको थिएन। तर अचानक रेलीको बगरमा आयोजित कार्यक्रममा छत्रे नेता घुम्न पुग्नु अनि बिमल गुरुंगले पनि भेट गर्नु खुवै चासोको बिषय बनेको छ। थुप्रै मिडीया कर्मीहरु रहेको कार्यक्रममा कसैले पत्तो नपाई भेट हुनु रह्स्य त छँदैछ त्यो भन्दा पनि अझ रहस्य त दुई नेताहरुको गोप्य कुराकानी रहेको छ। गुरुंग अनि अनि सुब्बाको यो पहिलो भेट कुनै औपचारिक भेट नभए पनि एकार्क भेट भएको भने पहिलो पल्ट हो | सुत्रले जानकारी दिए अनुसार दुई नेताहरुले पहिलो भेटमा हाथ मिलाएर आफ्नो परिचयको आदन प्रदान गरे । छोटो समयको निम्ति उनीहरु एकार्कमाझ कुराकानी समेत गरेर निस्किए। तर कुरा के भो भन्ने बारेमा भने कुनै पुष्टि हुन सकेको छैन। दुवै नेताको यो नयाँ भेट घाट रहेको भए पनि कसैलाई सुईँको नदिनु अनि दुवै मौन बस्नु निकै गम्भिर बनेको छ। एकक्षण भेट गरेर आपस्तमा कुराकानी गरेपछि मोर्चा प्रमुख कार्यक्रममा बसे भने छ्त्रे सुब्बा भने कार्यक्रमको मनोरंजन लिँदै किहिबेर सम्म घुमिरहेको सुत्रले अझ बतएको छ। त्यस पछि भने सुब्बा घर फर्किए भने गुरुंग कार्यक्रम सकेर दार्जीलिंग फर्किएको सुत्रले जानकारी दिएका छन।

स्मरण रहोस छ्त्रे सुब्बा सन 1980 को दशकमा चलेको हिँसात्मक गोर्खाल्याण्ड आन्दोलनमा गोरामुमो प्रमुख सुबास घिसिंगका निकटतम सहयोगि बनेर लडेका थिए। यता बिमल गुरुंग पनि उक्त आन्दोलनमा खुबै सक्रियता साथ लडेका थिए। दुवै नेता तत्कालीन आन्दोलनमा लडेका भए पनि समयको गतिशिलतामा बिछोड बने। अस्सीको दशकमा जंगी नेताको रुपमा चिनिने छ्त्रे सुब्बा सुवास घिसिंगले दागोपापमा सम्झौता गरेपछि छुटिएर गोर्खा लिबरेसन अर्गनाईजेसन (जीएलओ) गठन गरि आन्दोलनमा ओर्लिए। समयको आरोह र अवरोहमा तिनी चर्चामा आउँदै बिलाउँदै गए। यस्तै चर्चामा आउँदै हराउँदै गर्ने छत्रे सुब्बा 11 नोभेम्बर 2000 सालमा तिनकटेरे घटना पछि पुन चर्चामा आए। जलढका थाना अंतर्गत पर्ने तिनकटेरे जंगलमा सुब्बाले जंगीहरुलाई शस्त्र तालीम दिएको हल्ला भए पछि तिंबको चर्चा चल्यो। त्यसै समय पुलिसले धावा बोल्दा एकजना होमगार्डको मृत्यु भए पछि त झन तिनको चर्चाले शिखर नै छोयो। उक्त चर्चा सेलाउँन नपाई दागोपाप पार्षदहरुलाई राजीनामा दिनुपर्ने सुब्बाद्वरा हस्ताक्षरित धम्किपूर्ण पत्रहरु प्राप्त हुन थालेपछि झनै पहाडमा सन सनी मच्चियो। यसै समय सुब्बा भुमिगत बने । त्यस समय तिनी भुमिगत बने पछि चारै तिर चर्चा भईरहेको थियो अनि सोहि समयमा 10 फरवरी 2001 को दिन सातघुम्तिमा गोरामुमो प्रमुख सुवास घिसिंगमाति प्राणघातक हमला भयो अनि सबैले तिनै छत्रे सुब्बामाथि आरोप थोपे। अंतमा 24 मार्च 2001 को दिन भुमिगत बसेका छत्रे सुब्बलाई मिरिक थाना अंतर्गत भातर नेपाल सिमानाबाट पक्राउ गरियो । घिसिंग हम्लाकाण्ड पछि पुलिसको हातमा परेका सुब्बा लकभग 11 वर्ष जेलबसे पछि केहि महिना अघिमात्र आरोप मुक्त भएर घर आएका छन। तिनी घर आए पछि राजनीति गर्न हालै बिचार मंतब्य पोखेको केहि महिना बिते पछि दार्जीलिंग पहाडको राज्नीतिलाई गहन अध्यन गरेको बतएका थिए। यस्तैमा पुन दार्जीलिंग पहाड छुट्टै राज्य गोर्खाल्याण्डको आन्दोलन चर्काउँन नयाँ राजनैतिक दल गठन हुने हल्ला भयो जुन ह्ल्लाहरुमा सुब्बाको नाम अघिल्लो पंक्तिमा रहेको छ। तर यस्तै समयमा जीएलओ प्रमुख सुब्बा अनि गोजमुमो प्रमुख बिमल गुरुंगको भेट निकै रह्स्य बनेको छ। दुई बिपरीत ध्रुवका नेताहरुको अचानक भेटले अनेकौ अनुतरित प्रश्न खडा गरिदिएको छ जसको उत्तर भविष्यकै गर्भमा लुकेको छ ।

Wednesday, 4 January 2012

KALIMPONG NEWS: Subba charges framed....Rs 155 crore for faultless...

KALIMPONG NEWS: Subba charges framed....Rs 155 crore for faultless...: Subba charges framed TT, Guwahati, Jan. 3: A local court today framed charges against former Congress MP from Assam, Mani Kumar Subba, for a...

KALIMPONG NEWS: Subba charges framed....Rs 155 crore for faultless...

KALIMPONG NEWS: Subba charges framed....Rs 155 crore for faultless...: Subba charges framed TT, Guwahati, Jan. 3: A local court today framed charges against former Congress MP from Assam, Mani Kumar Subba, for a..

KALIMPONG NEWS: Subba charges framed....Rs 155 crore for faultless...

KALIMPONG NEWS: Subba charges framed....Rs 155 crore for faultless...: Subba charges framed TT, Guwahati, Jan. 3: A local court today framed charges against former Congress MP from Assam, Mani Kumar Subba, for a..